जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • साधारणसभा र लाभांश स्वीकृतिका लागि राष्ट्र बैंकको कार्यविधि: पाँच वर्षपछि गरियो संशोधन

साधारणसभा र लाभांश स्वीकृतिका लागि राष्ट्र बैंकको कार्यविधि: पाँच वर्षपछि गरियो संशोधन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशित गर्न सहमति तथा लाभांश स्वीकृति गर्ने कार्यविधि संशोधन गरेको छ। २०७२ सालको कार्यविधिलाई मंगलबार संशोधन गरिएको हो।

राष्ट्र बैंकले साधारणसभा र लाभांशका बारेमा बैंक तथा वित्तीय संस्थाहरुलाई दिँदै आएको निर्देशनहरुलाई यसमा समेटिएको छ। ‘निर्देशनमै भएका कुराहरु हुन् यसमा, निर्देशनलाई कार्यविधिले ओभररुल गर्न सक्दैन’ बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीले भने, ‘भएकै ब्यवस्थाहरुलाई अद्यावधिक गरिएको मात्र हो।’

यसअघिको कार्यविधिमा भूकम्पका कुराहरु समेटिएका थिए। यसपाली त्यसलाई हटाएर अद्यावधिक गरिएको छ। खासमा यो राष्ट्र बैंकको आन्तरिक प्रयोजनका लागि जारी गरिएको हो।

पाँच पृष्ठ लामो कार्यविधिमा कस्तो अवस्थामा साधारणसभा गर्न दिने वा नदिने, लाभांश वितरणमा के कस्ता सीमा लगाउने बारे उल्लेख गरिएको छ।

6665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका