जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

नबिल बैंकले अब मोवाइलबाटै ऋण दिने, कसरी लिन सकिन्छ ?

निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने छ ।

कसरी पाइन्छ ऋण ?
यो एक नवीनतम डिजिटल सुविधा हो । यो सेवा बैंकले एफवान सफ्ट इंटरनेशनल प्रालिको सहकार्यमा ल्याएको हो । नबिल स्मार्टबैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराउने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो सुबिधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने छ । कन्ट्याक लेस डिजिटल ल्यान्डिङ एक्सपेरियन्स ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्माटबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सकिने बैंकले जनाएको छ । इन्ँस्ट्यान्ड लोन बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्दछ ।

बिना धितो ऋण ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने साथै सुक्ष्म ऋण यस योजना अन्तर्गत रु एक लाखसम्म ऋणको सुविधा लिन सकिने बैंकले बताएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्छ ।

सीईओ शाहले भने, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो ।’ हाल बैंकका १ सय १९ शाखा तथा १ सय ८४ ओटा एटिएम सञ्जालमार्फत सेवा दिँदै आएको छ । नयाँ बैंकिङ पद्दतीलाई अनुशरण गर्ने र नेपाली डिजिटल बैंकिङ क्षेत्र रहँदै आएको बैंक हो ।

गरिमा विकास बैंकको शाखा संञ्जाल १०० पुग्यो

गरिमा विकास बैंकले असोज ४ गते काठमाण्डौ उपत्यका भित्र विभिन्न स्थानमा एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

विकास बैंकले काठमाण्डौ उपत्यका भित्र सतुंगल, कुलेश्वर र मैतिदेवी गरी एकैदिन ३ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले ३ दिन अघि मात्र आश्विन १ गते देशका विभिन्न स्थानमा एकैदिन ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । आजैदेखी विकास बैंकको शाखाहरुको संख्या १०० पुगेको छ ।

यस संगै विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १६ वटा शाखा सहित देशभर सम्पुर्ण प्रदेशमा १०० शाखा, ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरेको छ । विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौंमा रहेको छ  ।

मेगा बैंकको १८ लाख कित्ता बढी शेयर लिलाममा

मेगा बैंकले १८ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । बैंकले हकप्रदमा अवितरित १८ लाख ४० हजार ७  सय ३९ दशमलव ६३ कित्ता शेयर लिलाम गर्ने लागेको हो ।

बैंकले २०७४ भदौ २७ देखि कार्तिक १४ गतेसम्म हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ति शेयर लिलाम गर्न लागेको हो । बैंकले लिलाम गर्न लागेको शेयर मध्ये ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता संस्थापक समुहको छ भने बाँकि ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता साधारण शेयर छ ।

बैंकले यी शेयर आगामी असोज ११ देखि असोज १८ गतेसम्म लिलाम गर्न लागेको हो । आवेदन दिँदा न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयरको न्युनतम मूल्य प्रति कित्ता १ सय तोकिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ । शेयर लिलाम प्रक्रियाको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

डिशहोमको डवल धमाका अफर

डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ अफर ल्याएको छ । यस अफरलाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको हो ।

यस अफरमा डिलरदाई मार्फत फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्दा हरेक हप्ताको लक्कीड्रमा भाग लिने सकिने छ भने २ बर्षे रिचार्जमा उक्त लक्कीड्रमा डबल मौका प्राप्त गर्न सक्नु हुनेछ । हप्तामा २ जना भाग्यशाली बिजेताले प्रति व्यक्ति एक-एक लाख नगद उपहार यस अफरमार्फत जित्न सक्नेछ ।

उक्त लक्कीड्रको बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको सिएएस आइडीको आधारमा गरिने छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस च्यानल नम्बर १०० र रमाईलो टिभीमा लक्कीड्रको प्रत्यक्ष प्रशारण हुनेछ ।

अनलाइन मार्फत ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने छ । फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछ ।

सिद्धार्थ बैंकको तिनचुलीमा पनि नयाँ शाखा

सिद्धार्थ बैंकले काठमाडौंस्थित तिनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले तिनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम, भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

अहिले कोरोनाभाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै शाखाहरुबाट बैंकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरिरहेको छ ।

सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढी व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरि जारी गरिएको (ग्ल्इ) क्रेडिट कार्ड जस्ता सेवामार्फत् बैंकले उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा शाखा सुर्खेतको बीरेन्द्रनगरमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको बीरेन्द्रनगर नगरपालिका वडा नं।–६ स्थित शाखा कार्यालय बिरेन्द्रनगर सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं शाखा कार्यालयको आईतबार समुदघाट्न गरेका हुन् ।

उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले रावाबैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने बताए । उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे ।

बैकको कर्णाली प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख डा। शालीकराम पोख्रेलले शाखाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा शाखा कार्यालय बिरेन्द्रनगरका प्रबन्धक जयप्रसाद बरालले स्वागत मन्तब्य व्यक्त गरेका थिए । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

संविधान दिवसमा प्रधानमन्त्रीको संदेश: ‘भइहाल्छ नि’ भन्ने सुविधा हामीलाई छैन (पूर्णपाठ)

छैटौं संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन  जस्तोको त्यस्तै

सम्माननीय राष्ट्रपतिज्यू,

सम्माननीय उपराष्ट्रपतिज्यू,

सम्माननीय प्रधानन्यायाधीशज्यू,

प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू,

राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू,

माननीय मन्त्रीगण,

संघिय संसदका संसदीय समितिका माननीय सभापतीहरु,

संवैधानिक निकायका पदाधिकारीहरु,

विशिष्ट अतिथिहरु,

कर्मचारी तथा सञ्चारकर्मी मित्रहरु,

संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाईरहनु भएका समस्त दिदीबहिनी तथा दाजुभाइहरु,

स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु !

– आज हामी छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवस मनाउन यहाँ उपस्थित भएका छौं । सात दशक लामो संघर्ष र बलिदान एवं संविधान निर्माणको सन्दर्भमा बहस, विवाद र सहमतिको छ बर्ष लामो शृङ्खला पार गरी पाँच बर्ष अघि आजकै दिन हामीले संविधानसभाबाट नेपालको संविधान जारी गरेका थियौं । यस ऐतिहासिक दिनको अवसरमा सर्वप्रथम म, नेपाल सरकार तथा आफ्नो तर्फबाट मुलुक भित्र र मुलुक बाहिर रहनु भएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । आन्दोलनको क्रममा सहादत वरण गर्नुहुने सम्पूर्ण ज्ञात÷अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । जननिर्वाचित संविधानसभाद्वारा जनता आफैंले लेखेको संविधान जारी गराउने बिन्दुसम्म नेपाली राजनीतिक आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । आन्दोलनको क्रममा बेपत्ता पारिएर, बेघरवार भएर, शारीरिक, मानसिक एवं पारिवारिक रुपमा क्षति ब्यहोरेर योगदान गर्नुहुने सम्पूर्ण देशबासीप्रति हार्दिक आदरभाव व्यक्त गर्दछु ।

– हामीले विगत तीन बर्ष यता यस राष्ट्रिय दिवसलाई विभिन्न तरिकाले मनाउँदै आएका छौं । संविधान जारी भएपछि निर्वाचित सरकार सञ्चालनको पहिलो बर्ष हामीले औपचारिक कार्यक्रम ग¥यौं । जनआकांक्षाका कुरा ग¥यौं र त्यसलाई अघि बढाउन आधार तयार ग¥यौं ।

– गत बर्षदेखि यस राष्ट्रिय दिवसलाई औपचारिक सरकारी समारोहबाट घर÷घरमा चर्चा हुने राष्ट्रिय चाडका रुपमा मनाउने प्रयास ग¥यौं । जनआकांक्षा पूरा गर्न गरिएका कामको समीक्षा र त्यसको प्रगतिबारे चर्चा ग¥यौं ।

– यो बर्ष हामी हाम्रो सामाजिक जीवनलाई अस्तब्यस्त पार्ने र देखिनेगरी उचाई लिन लागेको हाम्रो अर्थतन्त्र र विकासको अभियानलाई गम्भीर धक्का दिने महामारी र त्यसको प्रभावका बारेमा विमर्श गर्दैछौं । महामारीले तोकिदिएको सीमाभित्र रहेर यस राष्ट्रिय दिवसको उत्सव मनाउँदै छौं । महामारीबाट भएको धनजनको क्षतिप्रति दुःख र समवेदना जनाउँदै छौं ।

– कोभिड–१९ को महामारी रोकथामको लागि पहिलो पटक लकडाउन गरिएदेखि अहिलेसम्मै जनजीवन सामान्य हुन सकेको छैन । यसअवधिमा मुलुकभित्र रहनुभएका ६० हजार भन्दा बढी दिदीबहिनी तथा दाजुभाइहरु यस महामारीबाट संक्रमित भइसक्नु भएको छ । ४३ हजार भन्दा बढी संक्रमित यस अवधिमा निको भएपनि देशभित्र झण्डै चार सय र देशबाहिर विभिन्न मुलुकमा कार्यरत सयौंको संख्यामा नेपालीहरुको ज्यान यस महामारीले लिइसकेको छ । संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस महामारीबाट यति धेरै नेपालीहरुको जीवन गुमेकोमा दुःख व्यक्त गर्दछु । आफन्तको वियोगमा पीडाबोध गरिरहनु भएका स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा गहिरो समवेदना प्रकट गर्दछु ।

– मानव जातिले प्राकृतिक विपत्ति भोग्दै आएको छ र हामी नेपालीले पनि हरेक बर्ष भोग्दै आएका छौं । महामारीका अतिरिक्त भूकम्प, बाढी पहिरो, हावाहुरी र आगलागीजस्ता हामीले सामना गर्दै आएका प्राकृतिक विपत्तिहरु हुन् । यसपटक अतिबृष्टिका कारण देशका विभिन्न भागमा आएको बाढी÷पहिरोबाट धेरैको ज्यान गएको छ भने दर्जनौं नेपालीले त सिंगो परिवार नै गुमाउनु परेको छ । केही बस्तीहरु सखाप भएका छन्, कैयौं परिवार घरबारबिहीन हुन पुगेका छन् । महामारीबाट ज्यान गुमाउने जत्तिकै संख्यामा यी प्राकृतिक विपत्तिमा पनि नेपालीहरुको ज्यान गएको छ । यस विपत्तिबाट जीवन गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

– प्रकृतिको नियम हो, कस्तै महामारी र विपत्तिमा पनि समय रोकिंदैन । ऋृतु फेरिन्छन् । जतिसुकै पीडा वा छटपटी रहे पनि मानिसहरु जीवनलाई निरन्तरता दिन्छन् । गौरवगाथा गाउने दिन गाउँछन््, स्मरण गर्नुपर्नेहरुलाई श्रद्धापूर्वक सम्झिन्छन् । प्रतिबद्धतालाई निरन्तरता दिन्छन्, बाँकी रहेको जिम्मेवारी पूरा गर्ने प्रण गर्छन् । महामारी र विपत्तिबीच हामी यिनै शोक र संकल्पहरुबीच यसबर्षको राष्ट्रिय दिवसको उत्सवमा सरिक भइरहेका छौं ।

दिदीबहिनी तथा दाजुभाइहरु,

– कोभिड–१९ एक्कासी आएको विपत्ति थियो । यस महामारीसँग सामना गर्न विश्वका कुनैपनि मुलुक तयारी अवस्थामा थिएनन् । हामी पनि थिएनौं । शुरुका दिनमा यसको प्रभाव र प्रवृत्तिका बारेमा अनुसन्धानमा संलग्न विज्ञहरुसमेत अलमलमा थिए । अफवाह थिए, आशंका र आतङ्क थिए । कोही लकडाउनको पक्षमा थिए, कोही विपक्षमा । कसरी सर्छ, कसरी फैलिन्छ, कसरी रोकथाम हुन्छ, कहिलेसम्म यसको कहर कायम रहन्छजस्ता विषयमा अडकलबाजीहरु धेरै थिए । यहाँसम्म कि कोरोना महामारी हो कि व्याधी भन्नेमा समेत बहस भएका थिए ।

– हामीले गत सालको चैत ११ गते पहिलो पटक लकडाउन ग¥यौं, छिमेकी मुलुक भारतमा भन्दा एक दिन अघि । त्यस बखत हामीकहाँ संक्रमितहरुका २ वटा मात्र केस पहिचान भएका थिए । छिमेकी चीनमा यो महामारी नियन्त्रणमा आइसकेको थियो, छिमेकी भारतमा संक्रमितको संख्या ३ अङ्कमा सीमित थियो । त्यतिबेला विश्वस्तरमा नै मास्कसहित आवश्यक स्वास्थ्य सामग्रीको अभाव थियो । अभाव मात्रै होइन, हाहाकार नै थियो । अहिले विश्वकै स्वास्थ्य सामग्रीको प्रमुख स्रोत मुलुक मानिएको चीनमा समेत शुरुका दिनमा सर्जिकल मास्कको समेत अभाव थियो । हुने वा कम हुने छिमेकीहरुले जे जति छ, त्यति सर्जिकल मास्क ऐक्यबद्धता स्वरुप पठाई रहेका थिए ।

– आपतमा अत्तालिने र समयक्रममा बिर्सने मानवीय स्वभावलाई ध्यानमा राखी म त्यतिबेलाको अवस्था स्मरण गर्न यी बिषयमा चर्चा गरिरहेको छु । त्यतिबेला हामीमध्ये केही अलिक आत्तिएका थियौं, थोरै केही हुन्न भन्नेमा पनि थियौं । समग्रमा जनताको सुझबुझपूर्ण सहयोगमा कोरानालाई तह लगाउन सकिनेमा हामी विश्वस्त थियौं । हामीले लकडाउन ग¥यौं । सर्वपक्षीय सल्लाह ग¥यौं, सल्लाहमै रोकथाम, नियन्त्रण र उपचारको लागि क्षमताले भएसम्मका उपायहरु अपनायौं । हामीले ‘जनताको जीवन रक्षा पहिला’ भन्ने नीति अगाडि सा¥यौं । उपलब्ध नयाँ तथ्यका आधारमा जनतालाई सचेत पार्ने हरसंभव प्रयास ग¥यौं । यस अवधिमा प्रधानमन्त्रीको हैसियतमा मैले पटकपटक औपचारिक सम्बोधन गरें । मृगौला प्रत्यारोपणको लागि अपरेसन थियटरमा जानुअघि र अस्पातालबाट डिस्चार्ज भएलगत्तै पनि सम्बोधन गरें । यी सबै सम्बोधनमार्पmत गरिएका काम र गर्ने कामका बारेमा आम देशबासीसँग सम्वाद गरें । सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने र समय समयमा हात धुने मात्रै होइन, आप्mनो आन्तरिक रोग प्रतिरोधी क्षमता बृद्धि गरी सिङ्गो मुलुकलाई ‘निरोगी नेपाल अभियान’मा संलग्न हुनुपर्नेमा जोड दिएँ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, सबै प्रकृतिका कामदार÷कर्मचारीहरु, तीनवटै तहमा कार्यरत जनप्रतिनिधिहरु, विज्ञहरु, राजनीतिक दल तथा आम नागरिकहरुको महामारी नियन्त्रण, रोकथाम र उपचारको यस राष्ट्रिय अभियानमा सक्रिय संलग्नता रह्यो, जुन खुशीको कुरा हो ।

दिदी–बहिनी दाजुभाइहरु,

– पर्याप्तता भन्ने सापेक्षित कुरा हो । सरकारले महामारीलाई चुनौतिका रुपमा मात्रै होइन, अवसरको रुपमा समेत उपयोग गर्नेगरी चालू आर्थिक बर्षको बजेटमार्फत मुलुकभर स्वास्थ्य पूर्वाधार खडा गर्ने योजना कार्यान्वयनमा ल्याएको छ । डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको संक्षिप्त समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका तस्बिर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छन् । कोभिड–१९ को संक्रमण नेपालमा देखिनु पूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्था बीचमा आकाश जमिनको फरक छ ।

– २०७६ माघ ९ गते कोभिड–१९ को पहिलो केस पहिचान हुँदा पिसिआर परीक्षण देशभित्रको प्रयोगशालामा संभव नभएकाले त्यसको नमूना विदेश पठाउनु परेको थियो । हाल देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ आरटी–पिसिआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा छन् । परीक्षणको दैनिक क्षमता २३ हजार ५०० भन्दा माथि छ ।

– शुरुको समयमा प्रतिपरीक्षण लागत रु ८ हजार ५ सय थियो । हाल निजी र सरकारी दुबै प्रकृतिका प्रयोगशालाहरुमा २ हजार रुपैंयामा परीक्षण हुन थालेको छ । सिङ्गो जनसंख्याको कम्तिमा २ प्रतिशतमा पिसिआर परीक्षण गर्ने हाम्रो अनुमानित प्रतिबद्धता पूरा भएको छ र त्यो अहिले कम हुने देखिएको छ । प्रतिदशलाखमा पिसिआर परीक्षण ३० हजार नाघेको छ ।

– पहिले आइसियू बेड क्षमता १ हजार ५५१ थियो, अहिले २ हजार ६०० पु¥याइएको छ ।

– पहिले भेन्टिलेटर संख्या ७७० थियो, अहिले ९०० पु¥याइएको छ ।

– पहिले जिल्ला अस्पताल रहेका स्थानीय तहमा मात्रै अस्पताल सेवा उपलब्ध थिए, अहिले बाँकी ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल निर्माणको व्यवस्था गरिएको छ । प्रदेश सरकार र अस्पतालहरुलाई आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री, मानवीय तथा वित्तीय स्रोतको व्यवस्था गरिएको छ ।

– स्वास्थ्य मन्त्रालयअन्तर्गत १०० जना पोष्ट ग्रेजुयट चिकित्सक परिचालन गर्ने तयारी पूरा भएको छ । २५ हब अस्पताल र २० शिक्षण अस्पतालहरुमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा तुरुन्तै परिचालन गर्न सकिने टीमहरु तयारी अवस्थामा राखिएको छ ।

– बहुसंख्यक नेपालीहरुलाई कोभिड–१९ का लक्षण तथा हात धुने, भिडभाडबाट टाढा रहने, मास्क प्रयोग गर्नेजस्ता रोकथामका उपायहरुबारे जानकारी छ । मोवाइल रिङ्ग टोन, टोल फ्री हटलाइन फोन, वेवपोर्टल, रेडियो, टिभी, सामाजिक सञ्जाल तथा पत्रपत्रिकाका अतिरिक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक ब्रिफिङबाट स्वास्थ्य जनचेतना तथा जोखिम बारेको सूचना प्रवाह गरिएको छ ।

– केस व्यवस्थापनका लागि आवश्यक पिपिई सहितका सामग्रीहरु उपलब्ध छन् । मास्क, सेनिटाइजर लगायत आधारभूत स्वास्थ्य उपकरणको उपलब्धता छ ।

– पहिले परम्परागत औषधि आदिका बारेमा द्विविधा थियो, अहिले हाम्रा जडिबुटी र परम्परागत वस्तुहरुको प्रयोगबाट आपूm निको भएको भनेर कतिपय संक्रमितहरुका अनुभव पनि सुन्न थालिएको छ ।

दिदी–बहिनी दाजुभाइहरु,

– गत बर्ष आजकै दिन मैले सरकार सञ्चालनको १८ महिनामा भएका उपलब्धिको संक्षिप्त विवरण राखेको थिएँ । यदि कोरोना महामारी हुँदैनथ्यो भने आज गत बर्ष कबुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुने थियो । केही राष्ट्रिय गौरवका आयोजनाहरु उद्घाटन हुने थिए । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन शुरु भएको हुने थियो । मेलम्चीको पानी आउन थालेको हुने थियो । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो ।

– विगत तीन बर्षदेखि हाम्रो अर्थतन्त्रले उच्च आर्थिक बृद्धिदरको लय समातेको थियो । मानव विकास सूचकांक, व्यवसाय गर्ने सहज वातावरण, भोकमरीको अवस्था, शान्ति–सुब्यवस्था तथा कानूनी शासन, भ्रष्टाचार निवारण, पर्यटकीय प्रतिस्पर्धा, लैंगिक समानता, विद्यालय शिक्षा, बालबालिका र स्वास्थ्यजस्ता विश्वव्यापी १४ विभिन्न सूचकांकमा नेपालले उल्लेख्य सुधार गरेको पनि थियो । तर दुःखको कुरा अहिले कोभिड–१९ का कारणले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको छ, तर हामी यस प्रतिकूल अवस्थाको छिट्टै अन्त्य गर्ने छौं र परिस्थितिलाई अनुकूल बनाउने छौं ।

– सरकारले कोभिड–१९ बाट प्रभावित उद्योग÷व्यवसायलाई सहज सञ्चालनको वातावरण बनाउन बजेट र मौद्रिक नीतिमार्फत आर्थिक पुनरुत्थानका प्रस्तावहरु अघि सारेको छ । कर सहुलियत देखि बैक ब्याज एवं विद्युत महसूल छुट र श्रमिकको सामाजिक सुरक्षा कोषमा सरकारका तर्फबाट रकम योगदान गर्नेसम्मका कामहरु भएका छन् । अर्थतन्त्रलाई पुनरुत्थान गर्न कृषि, उर्जा, पर्यटन तथा घरेलु, साना एवम् मझौला उद्योग समेतलाई समेट्नेगरी पुनरकर्जा कोषको व्यवस्था गरिएको छ । यसबाट २ खर्बभन्दा बढी लगानी परिचालन हुनेछ ।

– झण्डै ६ महिना अवरुद्ध आर्थिक क्रियाकलापका बाबजूद आर्थिक बृद्धिदर बाहेकका परिसूचकहरु सकारात्मक छन्, यो हाम्रा लागि सुखद पक्ष हो ।

– कोभिडको महामारी पछि विश्वका धेरै मुलुकमा आर्थिक बृद्धिदर नकारात्मक हंँुदा पनि हाम्रो आर्थिक बृद्धिदर सकारात्मक नै रहेको छ ।

– कोभिडका कारण राजस्व र खर्चको अवस्थामा असर परेपनि समग्र सरकारी वित्त स्थिति सन्तुलनमा नै छ । राजस्व प्रणालीमा दूरगामी महत्व राख्ने सुधार भएका छन् ।

– मूल्य वृद्धि नियन्त्रणमा नै छ । सरकारले बन्दाबन्दी र निषेध आदेशको अवस्थामा पनि जनताका दैनिक आवश्यकताका वस्तुहरुको आपूर्ति निरन्तर गराई रहेको छ । इन्धन, खाद्यवस्तु, तरकारी, फलफूल, औषधी लगायतका अत्यावश्यक उपभोगका वस्तुहरुको आपूर्तिमा कमी हुन दिएको छैन । हाल सरकारी र निजी क्षेत्रमा खाद्य पदार्थको मौज्दात पर्याप्त छ ।

– वैदेशिक व्यापार घाटा सुधारोन्मुख छ । वर्तमान बन्दाबन्दीको अवस्थामा पनि विप्रेषण आप्रवाहमा निरन्तरता छ । यस अवधिमा मासिक औसतभन्दा बढी नै विप्रेषण आप्रवाह भएको छ । जेठ, असार र साउन–पछिल्ला यी तीन महिनामा करिब २८७ अर्ब रुपैँया विप्रेषण आप्रवाह भएको छ ।

–    गत वर्षभरिमा शोधनान्तर स्थिति रू. २८२ अर्बले वचतमा रहेको छ । कूल विदेशी बिनिमय सञ्चिति रू. १ हजार ४०१ अर्ब पुगेको छ ।

– कोभिडले ल्याएको विश्वव्यापी आर्थिक संकटका बावजूद पनि दातृ निकायको सहयोग बढिरहेको छ । यस अवधिमा १६८ अर्ब रुपैँया बजेटरी सहायतासहित कूल ५ खर्ब रुपैँया बराबरको विकास सहायता प्रतिबद्धता प्राप्त भएको छ । यस २ वर्षको अवधिमा रू.२ खर्बभन्दा बढीको बाह्य लगानी स्वीकृत भइसकेको छ भने रू. १४ खर्बभन्दा बढीको लगानी प्रतिबद्धता पनि प्राप्त भएको छ ।

– बैकिङ्ग तथा वित्तीय क्षेत्रमा स्थायित्व कायम छ । बैक सेवामा उल्लेख्य विस्तार भएको छ । निजी क्षेत्रका लगानीका लागि बैकिङ्ग क्षेत्रमा करिब रु. २०० अर्ब थप तरलता उपलब्ध छ । बैकिङ्ग क्षेत्रमा रहेको पर्याप्त तरलताको कारण ब्याजदर कम हुँदै अर्थतन्त्र चलायमान रहन सहज भएकोे छ । उद्योग÷व्यवसायहरु निर्बाधरुपमा सञ्चालनमा  आउँदा सिर्जना हुने कर्जा मागलाई सम्बोधन गर्न बैंकहरु सक्षम छन् । बीमा तथा पुँजीबजारको दायरामा उल्लेख्य विस्तार भएको छ ।

– लकडाउनमा पनि विकास निर्माणलाई यथासक्य निरन्तरता दिइएको छ । यस अवधिमा १७८ किमी सडकलाई कालोपत्रे गरिएको छ । ८९ मोटरेवल पुल निर्माण भएका छन् । भूकम्पबाट भत्किएका ५३ हजारभन्दा बढी निजी आवास पुनर्निर्माण भएका छन् ।

दाजुभाइ तथा दिदीबहिनीहरु,

– यसबर्षको जेठ २४ गते हाम्रो संसदले सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सन्दर्भमा सर्वसम्मत निर्णय गरेको छ । हाम्रो निशान छाप संशोधनमार्फत संविधानले सर्वस्वीकार्यता हासिल गरेको छ । सिङ्गो राष्ट्र एक भएको त्यस दिनलाई इतिहासमा बिरलै हुने अविस्मरणीय दिनका रुपमा स्मरण गरिनेछ । म संघीय संसदका सम्पूर्ण माननीय सदस्यहरुलाई धन्यवाद भन्न चाहन्छु । सम्पूर्ण देशबासी दाजुभाइ दिदीबहिनीहरुलाई बधाई ज्ञापन गर्दै त्यस ऐतिहासिक क्षणको म गर्वका साथ स्मरण गर्न चाहन्छु ।

– मैले सरकारको नेतृत्व सम्हालेदेखि नै कसैकसैले म, यो सरकार र सत्तारुढ दलको लोकतन्त्रप्रतिको निष्ठाका बारेमा गरिने आशंका वा भ्रम सिर्जना गर्ने प्रयासबाट विस्मित हुने गरको छु । मैले भन्दै आएको छु– लोकतन्त्रमा असहमत स्वरहरुले स्थान पाउँछन्, पाउनु पर्छ । तर हल्लाबाट प्रभावित हुने र जता हावा बग्छ त्यतै बरालिने परिपाटी लोकतन्त्र होइन । लोकतन्त्र, निरङकुशतन्त्रको विकल्प हो र यो  विधिको शासन हो । यो मर्यादित र अनुशासित प्रणाली हो ।

– स्वतन्त्र प्रेस लोकतन्त्रको अभिव्यक्ति हो । यसले लोकतन्त्रलाई सुदृढ बनाउँछ, लोकतान्त्रिक संस्कार, व्यवहार र अभ्यासलाई बलियो बनाउँछ । हाम्रा आम सञ्चारका माध्यमहरुले पनि ‘तथ्यको आधारमा सत्य पस्किने र समाजलाई सुसूचित गर्ने’ दायित्व बहन गरी आपूmलाई ‘व्यावसायिक पत्रकारिता’को तहमा उठी जनताको सही सूचना प्राप्त गर्ने हकको रक्षा गर्न प्रतिवद्ध र सफल हुनु पर्दछ भन्ने म ठान्दछु । हिजो नियन्त्रित र कमजोर अवस्थामा पनि अग्रगामी आन्दोलनमा योगदान पु¥याउने सञ्चार माध्यम र वौद्धिक जगतले आज बाटो अल्मलिन मिल्दैन । अझ स्पष्ट र सुदृढ योगदानको अपेक्षा नेपाली जनताले गरेको मैले पाएको छु ।

– संकटको बेला, अझ मानिसको मन दुःखेको बेला हल्लाहरुले जनमतलाई प्रदूषित गर्ने जोखिम हुन्छ । विगत एक बर्षयता हाम्रो लोकतन्त्र, गणतन्त्र र संघीयताका बारेमा कहिले मन्द त कहिले प्रष्ट सुनिनेगरी प्रश्न उठेको मैले सुनेको छु । मैले विगतका सम्बोधनमा पनि भनेको थिएँ– जब राष्ट्रले निर्णय लिन्छ, त्यहाँ अलमल होइन, प्रतिबद्धता हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले लिएको ऐतिहासिक निर्णय हो । अब यसलाई इमान्दारीपूर्वक सवल बनाउन लाग्नु हामी सबै नेपालीको कर्तब्य हो ।

–  यस बीचमा नेपालको राजनीतिमा अस्थिरता ल्याउने योजनाबद्ध प्रयासहरु पनि तीब्रताका साथ भए । ती प्रयासलाई परास्त गरेर हामी नेपालीले फेरि स्थिरता र स्थायित्वलाई सुनिश्चित गरेका छौं ।

– पोहोर साल यो संविधान र व्यवस्थाको मात्रै होइन, राष्ट्रिय अखण्डताकै विकल्प खोज्छु भन्ने शक्ति निःशर्त राजनीतिक मूलधारमा समावेश भयो । मैले गत बर्ष पनि संविधानका कुनै धारा र दफाहरुले कहीँकतै हाम्रो अधिकार ओझेल पारे भन्ने बुझाइमा कोही भए औचित्य र आवश्यकताको आधारमा समयक्रममा सच्याइन्छ भनेकै थिएँ । गैरसंवैधानिक गतिविधि त्यागी राष्ट्रिय मूलधारमा समावेश हुन र हाम्रो संविधानले दिएको अधिकार उपयोग गर्न आव्हान गरेको थिएँ । निकट विगतमा सर्वसम्मतिले गरिएको संविधान संशोधनबाट त्यसको पुष्टि भएको छ । छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा म फेरि दोहो¥याउन चाहन्छु– “हाम्रो संविधान सबै अट्ने गतिशील दस्तावेज हो । यसैलाई मियो मानी सबै दल÷समूहहरु राष्ट्रिय मूलधारमा सामेल भई सिर्जनशील र रचनात्मक ढंगले क्रियाशील होऔं ।” आशंका वा अस्पष्टताहरु छन् भने संवादको माध्यमबाट तिनलाई हटाउन सरकार सदैव तयार रहेको कुरा म पुनः स्पष्ट गर्न चाहन्छु ।

दाजुभाइ तथा दिदीबहिनीहरु,

– एउटा विषयमा म आज पनि थोरै चर्चा गर्न चाहन्छु । दुई बर्षअघि यसै समारोहलाई सम्बोधन गर्दै मैले भनेको थिएँ– विकासका सन्दर्भमा देखिएको एक प्रकारको अलमल “भइहाल्छ नि” भन्दै सुस्तरी चल्ने वा “गरिहाल्लान् नि” भन्दै चल्दै नचल्नेहरु र जनआकांक्षा अनुरुप ‘शीघ्र विकासको लागि तीब्र गतिमा दौडिन खोज्ने’हरु बीचको बेमेल हो । यो बेमेल अन्त्य गर्न बाँकी नै छ । तसर्थः फेरि एकपटक जोड दिन चाहन्छु– ‘भइहाल्छ नि’ वा ‘गरिहाल्लान् नि’ भन्ने सुविधा हामीलाई छैन । हामीले प्रतिवद्धतालाई परिणतिमा बदल्नै पर्दछ । सरकारमा हाम्रो उपस्थिति ‘तीब्र गति र शीघ्र विकास’को जनआकांक्षा पूरा गर्नका लागि हो । त्यस कुरालाई हामीले हेक्कामा राखेका छौं ।

– हामी सबैलाई थाहा छ, समग्र प्रणाली परिवर्तनको अभियानमा हाम्रो कर्मचारीतन्त्र र राज्यका सम्पूर्ण संयन्त्रहरु बाधक बनेनन् । प्रश्न उठ्छ– यति ठूलो परिवर्तनमा सहयोगी मात्रै होइन, सहभागी हुने कर्मचारीतन्त्रलाई ‘तीब्र गतिमा, शीघ्र विकास’को बाहक बन्न कुनचाँहि तत्वले अवरोध खडा गरिरहेको छ ? के त्यो तत्व भइरहेको विकास र प्रगतिलाई समेत अस्वीकार गर्ने अस्वस्थ राजनीति नै हो त ? या यति ठूलो परिवर्तनको नेतृत्व गर्नसक्ने राजनीतिक नेतृत्व मण्डल उपलब्धिको व्यवस्थापन गर्न र प्रणाली विकासमा नेता हुन नसकिरहेको कारणले हो ? भएन, हुँदै भएन भन्ने ‘मान्यता’ जबरजस्त प्रचारित छ, यसलाई तर्कले होइन ब्यवहार र उपलब्धिबाट हामीले जवाफ दिन सक्नु पर्दछ ।

– विकासको गतिमा सार्वजनिक खरीद ऐनजस्ता विद्यमान कानूनी प्रबन्धहरु पनि अलिक अमिल्दा छन्, समय घर्काइदिने खालका छन् । अझै पनि कतिपय कानूनी प्रबन्ध अधुरा एवं अस्पष्ट रहनाले पूर्वाधार विकासको कामलाई नराम्रो गरी अल्झाएको छ । अब यसमा यथोचित परिवर्तन गरिन्छ ।

– हामी सबैलाई यो पनि थाहा छ, विकासका योजना, त्यसका लागि आवश्यक स्रोत र त्यसको उपलब्धताको बीचमा ठूलो खाडल छ । केही दशकअघि आजका विकसित मुलुकहरुको हालत पनि हाम्रैजस्तो थियो । उनीहरुले विकासका लागि आवश्यक स्रोत र साधन प्राप्तिको लागि उपलब्ध हुने कुनै पनि संभावनालाई उम्किन दिएनन् । ‘रङ्ग होइन परिणाम’मा उनीहरुले जोड दिए ।

– सोचौं, हामीचाँहि किन ‘मुसा मार्ने’ बिरालो ‘कालो वा सेतै’ खोजिरहेका छौं ? अब हामी सबै प्रकारका संकीर्णता र आग्रह पूर्वाग्रह छोडौं र विकास र उन्नतिको बाटोमा एकताबद्ध भई अघि बढौं ।

– सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शर्त हो । अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतिपूर्ण रहेको छ । मैले पटकपटक भन्दै आएको छु– ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।’ भ्रष्टाचार बिरुद्धको सरकारको यस अभियानमा हाम्रा नियामक निकायहरुले यस अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक बर्षमा ७९२ केसहरुमा मुद्दा चलाएको छ । राजश्व अनुसन्धान विभागले १ हजार २७ जनाबिरुद्ध ३१ अर्ब ५ करोड भन्दा बढीको विगो दावीसहित राजश्व चुहावट, विदेशी मुद्रा अपचलन तथा अवैध हुण्डी कारोबारमा मुद्दा चलाएको छ ।

– लोकतन्त्र प्राप्तिको सात दशकभन्दा लामो संघर्षमा हामीले सामन्ती प्रतिक्रियावादी राज्य सत्ताका बिरुद्ध नेपाली जनतालाई परिचालित ग¥यौं । ढाल्नु पर्ने र फाल्नु पर्ने सत्ताको रुपमा हामीले बिरोधको निशाना बनाएको राज्य ब्यवस्था, संविधानसभाद्वारा संविधान जारी भएसँगै समाप्त भयो । हामी अहिले जनताद्वारा, जनताको लागि जननिर्वाचित प्रतिनिधिबाट लेखिएको संविधानले सिर्जना गरेको नयाँ राज्यव्यवस्था सञ्चालन गरिरहेका छौं । प्रश्न उठ्छ– आफैंले, आप्mना लागि बनाएको यो ‘राज्य प्रणाली’मा खाल्डा÷खुल्डी भए सम्याउन सकिन्छ । तर यसलाई सुदृढ गर्नुको साटो विगतको निरङ्कुश प्रणालीलाई झैं यसका बिरुद्ध जानीनजानी माहोल खडा गर्नु कुनै पनि हालतमा उचित हुनै सक्दैन ।

दिदीबहिनी तथा दाजुभाइहरु,

– मलाई विश्वास छ, महामारीको जोखिम कम हुनासाथ हाम्रो अर्थतन्त्र पुरानै लयमा फर्किने छ । अर्थतन्त्रका अन्य सूचक दुरुस्त रहेको यस अवस्थामा पर्यटन लगायतका सेवा क्षेत्र सञ्चालन हुनासाथ आर्थिक बृद्धिले अपेक्षा गरेकै दरमा प्रगति गर्नेछ । यो महामारी अस्थायी परिघटना मात्रै हो । यसको अन्त्यसँगै मुलुक ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा हुने दिशामा अघि बढ्ने छ ।

छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा फेरि एकपटक सबैमा हार्दिक शुभकामना ।

धन्यवाद ।

व्यवसायी शंकरलाल अग्रवाललाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बिभुषण

सरकारले बिभिन्न क्षेत्रमा योगदान पुर्याएका मानिसहरुलाई संबिधान दिवसको दिन विभुषण गरेको छ । यही क्रममा व्यवसायीक क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै व्यवसायी शंकरलाल अग्रवाललाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ले विभुषित गरेको छ ।

शंकर ग्रुपले गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै आफ्नो सबै व्यवसायबाट १८ अर्ब रुपैयाँ सरकारलाई राजस्व तिरेको थियो ।
सन् १९६० मा रावत मल गोल्यानले स्थापना गरेको व्यवसाय नै अहिलेको शंकर ग्रुपको सुरुवातको पहिलो खुड्किलो थियो । यहीबाट यस समूहको व्यवसायीक यात्रा निरन्तर अगाडि बढ्दै आएको हो ।

उनै रावतका कान्छा छोरा शंकरलाल अग्रवालले आफ्नो बुबाले सुरु गरेको उद्योगमा नयाँ इट्टा थप्दै लगे । उनले १९७९ मा शंकर ग्रुपको आधारशिला राखेका थिए । उनै शंकरलाल अग्रवाललाई आज नेपाल सरकारले जनसेवी अवार्ड प्रदान गरेको छ ।

शंकरलाल अग्रवालले स्थापना गरेका उद्योगको सूची हरेक वर्ष वढ्दै गएको छ । माइनिङ, सिमेन्ट, स्टील, सेन्थेथिक, कपडा, एफएमसिजी, बीमा, क्यापिटल मार्केट, रियलस्टेट, होटल लगायतका क्षेत्रमा यो समूहले लगानी गरेको छ भने ट्रेडिङ व्यवसायमा पनि कम्पनीले धेरै ब्राण्डको बस्तु तथा सेवा बिक्री गर्दै आएको छ ।

ट्रेडिङमा इलेक्ट्रोनिक्सदेखि अटोमोवाइलसम्मका क्षेत्रमा लगानी गर्दै आएको कम्पनीले नेपालमा नै टीभीएस ब्राण्डको मोटरसाइकल एसेम्बल यूनिट समेत स्थापना गरिसकेको छ ।

विगत ४५ वर्षमा शंकरलाल अग्रवालको नेतृत्वमा कम्पनीले ठूलो फड्को मारेको छ । यही समूहकै उत्कृष्ट कम्पनी जगदम्बा स्टील नेपालको सबैभन्दा ठूलो स्टील उत्पादक रहेको छ । यही कम्पनीमा मात्रै २५०० जनाले रोजगारी पाइरहेका छन् । जगदम्बा स्टील सरकारलाई सबैभन्दा धेरै राजस्व तिर्ने उत्पादन मूलक उद्योग समेत हो । जगदम्बा ग्रुप र जगदम्बा होल्डिङ शंकर ग्रुप अन्तर्गतका कम्पनीहरु हुन् ।

अहिले उनले नेतृत्व गरिरहेको सबै कम्पनीमा १० हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । पछिल्ला वर्षहरुमा यो समूह ठूला करदाताको सूचीमा टप ५ भित्र पर्दै आएको छ ।

उनको योगदानलाई कदर गर्दै सरकारले ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभुषित गरेको छ !

एनआईसी एशिया बैंकका अध्यक्ष ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित

एनआइपी एशिया बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’द्वारा विभूषित हुने भएका छन् । संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपतिद्धारा विभूषित हुने भएका हुन ।

अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याएको हुनाले अग्रवाललाई सरकारले  विभूषित गर्ने भएको हो ।

अग्रवाल बैंकको अध्यक्षका साथै हाल विशाल गु्रपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका छन । उनीले ख्न् फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएका छन ।

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ मा हुने

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ मा हुने भएको छ । महासंघको शुक्रबार बसेको पदाधिकारी बैठकले मंसिर ११ र १२ मा साधारणसभा तथा निर्वाचन गर्ने निर्णय गरेको छ ।

महासंघले कोभिड १९ बाट बच्ने सुरक्षा उपाय अपनाएर काठमाडौंमा निर्वाचन गर्ने निर्णय गरेको छ । काठमाडौंमा निर्वाचन सम्भव नभएमा प्रदेश अनुसार महासंघको निर्वाचन हुने छ ।

जसमा जिल्ला नगर तर्फका भोट प्रदेशको राजधानीमा दिने व्यवस्था मिलाइने छ । एशोसियट र वस्तुगत तर्फ काठमाडौंमा भोट दिने व्यवस्था मिलाइने छ ।

महासंघको निर्वाचन चैतमा हुनुपर्ने थियो । सरकारले गरेको लकडाउनको कारण निर्वाचन सरेको थियो । महासंघले साउनमा निर्वाचनको मिति तोकेपनि सरकारले अनुमति नदिएपछि निर्वाचन हुन सकेन ।

महासंघको साधारणसभाबाट विधान अनुसार बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्ने छन् ।

संविधान दिवस : मानपदवी, अलंकार र पदक ५९४ जनालाई (नामावलीसहित)

सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।

सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।

यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन । सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिँदै छ ।

यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र दुई जना सन्चारकर्मीसमेत छन् ।

संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।

कोभिड–१९ महामारीका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महानुभावलाई समेत समेट्नुपर्ने भएकाले ५९४ जनाको नामावली विभूषण, अलंकार र पदक पाउनेहरुको सूचीमा छ ।

रेल आउँदा खुसीयाली

जनकपुरधाम-जयनगर रेल शुक्रबार जनकपुरधाम आइपुगेको छ। नेपालको एक मात्र जनकपुर-जयनगर रेल सेवा बन्द भएको झण्डै छ वर्षपछि विधिवत सञ्चालका लागि रेल जनकपुरधाम आइपुगेको हो।

रेल्वे विभाग नेपालले जनकपुर-जयनगर रेल्वे सेवा सञ्चालनका लागि इन्जिन र बोगी भारतको मद्रासबाट बनाएर हाजिपुर-जयनगर हुँदै जनकपुरधाम सम्म ल्याइएको हो। लामो समयको प्रतिक्षापछि बहुप्रतिक्षित कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल ल्याइएको साईट इन्जिनियर विनोद ओझाले जानकारी दिए।

नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएका दुवै रेल सेट जनकपुर आइपुगेका छन्।

कुर्था-जनकपुरधाम-जयनगरसम्म रेल सञ्चालनका लागि १ अर्बको लागतमा भारतको मद्रासस्थित इन्टिग्रल कोक्स नामक कम्पनीसँग सम्झौता गरेको थियो। एक पटकमा १३ सय यात्रु अटाउने क्षमता रहेको रेल हेर्न हजारौं सर्वसाधारणहरुको विभिन्न स्नेशनमा भीड लागेको थियो।  रेल आइपुग्दा खुशी भएका स्थानीय तस्बिर खिच्न तछाडमछाड गरिरहेका थिए।

भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म ३४ किलोमिटरमा गत वर्षको मंसिर महिना पहिलो सातामै लिक परीक्षण भएको थियो । नेपालकै झन्डा अंकित रेल आएपछि जनकपुरमा स्थानीयले खुशीयाली मनाएका छन् ।