जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • व्यवसायी शंकरलाल अग्रवाललाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बिभुषण

व्यवसायी शंकरलाल अग्रवाललाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बिभुषण

सरकारले बिभिन्न क्षेत्रमा योगदान पुर्याएका मानिसहरुलाई संबिधान दिवसको दिन विभुषण गरेको छ । यही क्रममा व्यवसायीक क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै व्यवसायी शंकरलाल अग्रवाललाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ले विभुषित गरेको छ ।

शंकर ग्रुपले गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै आफ्नो सबै व्यवसायबाट १८ अर्ब रुपैयाँ सरकारलाई राजस्व तिरेको थियो ।
सन् १९६० मा रावत मल गोल्यानले स्थापना गरेको व्यवसाय नै अहिलेको शंकर ग्रुपको सुरुवातको पहिलो खुड्किलो थियो । यहीबाट यस समूहको व्यवसायीक यात्रा निरन्तर अगाडि बढ्दै आएको हो ।

उनै रावतका कान्छा छोरा शंकरलाल अग्रवालले आफ्नो बुबाले सुरु गरेको उद्योगमा नयाँ इट्टा थप्दै लगे । उनले १९७९ मा शंकर ग्रुपको आधारशिला राखेका थिए । उनै शंकरलाल अग्रवाललाई आज नेपाल सरकारले जनसेवी अवार्ड प्रदान गरेको छ ।

शंकरलाल अग्रवालले स्थापना गरेका उद्योगको सूची हरेक वर्ष वढ्दै गएको छ । माइनिङ, सिमेन्ट, स्टील, सेन्थेथिक, कपडा, एफएमसिजी, बीमा, क्यापिटल मार्केट, रियलस्टेट, होटल लगायतका क्षेत्रमा यो समूहले लगानी गरेको छ भने ट्रेडिङ व्यवसायमा पनि कम्पनीले धेरै ब्राण्डको बस्तु तथा सेवा बिक्री गर्दै आएको छ ।

ट्रेडिङमा इलेक्ट्रोनिक्सदेखि अटोमोवाइलसम्मका क्षेत्रमा लगानी गर्दै आएको कम्पनीले नेपालमा नै टीभीएस ब्राण्डको मोटरसाइकल एसेम्बल यूनिट समेत स्थापना गरिसकेको छ ।

विगत ४५ वर्षमा शंकरलाल अग्रवालको नेतृत्वमा कम्पनीले ठूलो फड्को मारेको छ । यही समूहकै उत्कृष्ट कम्पनी जगदम्बा स्टील नेपालको सबैभन्दा ठूलो स्टील उत्पादक रहेको छ । यही कम्पनीमा मात्रै २५०० जनाले रोजगारी पाइरहेका छन् । जगदम्बा स्टील सरकारलाई सबैभन्दा धेरै राजस्व तिर्ने उत्पादन मूलक उद्योग समेत हो । जगदम्बा ग्रुप र जगदम्बा होल्डिङ शंकर ग्रुप अन्तर्गतका कम्पनीहरु हुन् ।

अहिले उनले नेतृत्व गरिरहेको सबै कम्पनीमा १० हजारभन्दा बढीले रोजगारी पाइरहेका छन् । पछिल्ला वर्षहरुमा यो समूह ठूला करदाताको सूचीमा टप ५ भित्र पर्दै आएको छ ।

उनको योगदानलाई कदर गर्दै सरकारले ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभुषित गरेको छ !

6790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका