जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सिद्धार्थ बैंकको तिनचुलीमा पनि नयाँ शाखा

सिद्धार्थ बैंकको तिनचुलीमा पनि नयाँ शाखा

सिद्धार्थ बैंकले काठमाडौंस्थित तिनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले तिनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम, भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

अहिले कोरोनाभाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै शाखाहरुबाट बैंकिङ्ग सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरिरहेको छ ।

सजिलो बैंकिङ्ग सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढी व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरि जारी गरिएको (ग्ल्इ) क्रेडिट कार्ड जस्ता सेवामार्फत् बैंकले उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

10635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका