जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • एनआईसी एशिया बैंकका अध्यक्ष ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित

एनआईसी एशिया बैंकका अध्यक्ष ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित

एनआइपी एशिया बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’द्वारा विभूषित हुने भएका छन् । संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपतिद्धारा विभूषित हुने भएका हुन ।

अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याएको हुनाले अग्रवाललाई सरकारले  विभूषित गर्ने भएको हो ।

अग्रवाल बैंकको अध्यक्षका साथै हाल विशाल गु्रपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउँदै आएका छन । उनीले ख्न् फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएका छन ।

12470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?