जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बिध ल्याबमा अब दुई हजार रुपैयाँमै पीसीआर टेस्ट

बिध ल्याबमा अब दुई हजार रुपैयाँमै पीसीआर टेस्ट

कोरोना संक्रमितको संख्या बढिरहँदा पीसीआर टेस्ट गर्दा लाग्ने शुल्क घटेको छ । अब नेपालमा दुई हजार रुपैयाँमै पीसीआर टेष्ट हुनेछ ।

ललितपुरमा रहेको बिध ल्याबले व्यक्तिगत खर्चमा पीसीआर गर्दा अहिले लाग्ने शुल्कमा आधा घटाएर दुई हजार रुपैयाँमै पीसीआर टेस्ट गर्न सुरु गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा किटको मूल्यमा भारी गिरावट आएसँगै नेपालमा पनि पीसीआर टेस्टको शुल्क घटाइएको कम्पनीका सञ्चालक भीम भण्डारीले जानकारी दिए ।

उनकाअनुसार अन्तर्राष्ट्रिय बजारमा एउटा पीसीआर टेस्ट किटको मूल्य १६०० रुपैयाँ पर्छ । त्यतिबेला सरकारले पीसीआर टेस्टमा ५५ सय रुपैयाँसम्म उठाउन पाउने व्यवस्था गर्दा बिधले ४ हजार रूपैयाँ मात्र लिएको थियो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा पीसीआर टेस्ट किटको मूल्य ८ सय रूपैयाँमा झरेको छ । ल्याबमा अहिले ड्यान जिन कम्पनीको पीसीआर टेस्ट किटको प्रयोग गर्ने गरिएको छ ।

पीपीई लगायत स्वास्थ्य सामग्रीको खर्च समेत कम भएकाले आइतबारदेखि गरी पीसीआर टेस्टको शुल्क २ हजार रुपैयाँ कायम गरिएको भण्डारीले जानकारी दिए ।

एउटै पीसीआर टेस्टमा धेरै नाफा राख्नुभन्दा थोरै नाफा राखेर धेरै टेस्ट गर्नु संस्था र राज्यका लागि फाइदाजनक हुने भएकाले नयाँ शुल्क लागू गरिएको भण्डारीले बताए ।

उनले अनलाइनखबरसँग भने ‘एउटा कम्पनीले १०० जनाको परीक्षणका गराउँदा ४ लाख लाग्नेमा अब त्यही पैसाले २०० जनाको परीक्षण गर्न सकिने भयो । यस्तो अवस्थामा संस्थागत पीसीआर परीक्षणको संख्या पनि बढ्न जान्छ, जुन कोरोना रोकथामका लागि सहयोगी बन्न सक्छ ।’

असार १३ गतेदेखि पीसीआर टेस्ट सुरु गरेको ल्याबले भदौ २७ गतेसम्म प्रतिपीसीआर ४ हजार  रुपैयाँ शुल्क तोकेको थियो । यो समयमा साढे १० हजार पीसीआर टेस्ट भएको छ ।

अब ल्याबले शुल्क २ हजारमा झारेको छ । विदेशबाट आएकाहरूलाई तोकिएको मूल्यमा पनि १०० रुपैयाँ छुट दिने भएको छ । यो समय धेरै नाफाका लागि भन्दा पनि संस्थाको इमेज बनाउने समय समेत भएकोले राष्ट्रिय अर्थतन्त्रको अवस्थालाई हेरेर यस्तो शुल्क घटाउने निर्णय गरिएको पनि उनले बताए ।

8605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका