जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सनराइज बैंकको ग्रिनपिन सेवा

सनराइज बैंकको ग्रिनपिन सेवा

सनराइज बैंकले सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्ड मार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिनपिन सेवा शुरु गरेको छ ।

यस सेवाको सुरु सँगै अब उप्रान्त बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ । ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सन्राइज बैंककोे एटीएममा हाल्ने बितिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिनपिन प्राप्त गर्नेछन् । सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुदाँ यो सुबिधा पहिलेभन्दा अझै सुरक्षित हुने बैकको विश्वास छ ।

साथै, कागजिपिन मेलरमा भर पर्नु नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पुनःपिन कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले सनराइज बैंकका कुनै पनि शाखा मार्फत निवेदन दिए पश्चात तत्कालै कागज बिहिन ग्रिन पिन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

11545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका