जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

सुन तोलाको ८ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ कायम

एक साता लगातार घटेको सुनको मूल्य बिहीबार थोरै बढेको छ । बिहीबार सुन अघिल्लो दिनको भन्दा तोलामा ८ सय रुपैयाँले बढेको हो।

बिहीबार सुन तोलाको ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ । बुधबार तोलाको १० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय १० रुपैयाँ भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन चाँदीको मूल्य बढेको छ । बिहीबार बिहान सुन प्रतिऔंस १९४२.८४ डलरमा कारोबार भएको छ । चाँदी प्रतिऔंस २७.२० डलर भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
बुधबार सुन प्रतिऔंस १९२४.०१ र चाँदी २६.३१ डलरमा कारोबार भएको थियो ।

सञ्चार क्षेत्रमा कोरोनाले पारेको असरको अध्ययन गर्न समिति गठन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

गत साउन २६ को सञ्चार मन्त्रीस्तरीय निर्णयानुसार गठित सो समितिमा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख चिरञ्जीवी खनाल, सूचना तथा प्रसारण विभागका महानिर्देशक किरणराज शर्मा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, मिडिया सोसाइटीका अध्यक्ष शुभशङ्कर कँडेल, नेपाल विज्ञापन सङ्घका अध्यक्ष रवीन्द्रकुमार रिजाल, ब्रोडकाष्टिङ एसोसिएशन अफ नेपालका अध्यक्ष चन्द्र न्यौपाने, सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडा र सदस्यसचिवमा मन्त्रालयका उपसचिव सङ्गीता ओझा रहनुभएको छ ।

उपसचिव ओझाका अनुसार समितिले श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार सञ्चार प्रतिष्ठानहरुको श्रमजीवी पत्रकारको अवस्था र उनीहरुको जीवनवृत्तिबारेको चुनौती, कोभिड १९ ले सञ्चार गृहमा पारेको प्रभाव, कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सञ्चार गृहले दिएको योगदान आदिबारे अध्ययन गरी प्रतिवेदन दिनेछ ।

समितिका संयोजक वरिष्ठ पत्रकार अर्यालले आफूहरुले सञ्चार क्षेत्रमा कोरोना सङ्टकपछि कतिपय सञ्चार गृहबाट श्रमजीवी पत्रकारले सेवाबाट निष्कासन भोगेको, नियमित तलव नपाएको लगायत उत्पन्न समग्र परिस्थितिका बारेमा अध्ययन गरेर सरकारले आमसञ्चार क्षेत्रका लागि गर्नुपर्ने कामबारे सुझाव दिने बताउनुभयो ।

यूनाइटेड इन्स्योरेन्स (नेपाल) कम्पनी लिमिटेडले सर्वोच्च अदालतको आदेश मानेनः एभरेष्ट पेपर मिल्सले बीमा कम्पनी घेराउ गर्ने ?

सुन्दा पनि डरलाग्ने काम एउटा स्थापित बीमा कम्पनीले गर्दछ भन्ने कुरा पत्याउन गाह्रो होला । तर, यो सत्य हो अर्बपति उद्योगपति विनोद चौधरीको ठूलो शेयर रहेको यूनाइटेड इन्स्योरेन्स (नेपाल) लिमिटेड कम्पनीले सर्वोच्च अदालतको फैसलालाई समेत बेवास्ता गरेको भेटिएको छ ।

कुरा हो पुरानो तर सर्वोच्च अदालतको फैसला भने केही दिन अगाडी मात्रै भएको हो । सर्बोच्च अदालतले घनुषामा रहेको एभरेष्ट पेपर मिल्समा तत्कालीन माओवादी जनयुद्धमा कुकर बम बिस्फोट गराएर गरिएको आगजनीको घटनाको बीमा दाबी भुक्तानी गर्न यूनाइटेड इन्स्योरेन्स (नेपाल) कम्पनीको नाममा आदेश दिएको खुलेको छ ।

तर, कम्पनीले सीइओ नभएको, तत्कालीन बीमा समितिले नदिन पत्राचार नै गरेको भन्दै एभरेष्ट पेपर मिल्सले पाउने दाबी भुक्तानी रकम ५ करोड दिन अटेर गरेको भेटिएको छ ।

सो ५ करोड तत्कालै एभरेष्ट पेपर मिल्सलाई बीमा रकम दिन सर्वोच्च अदालतका न्यायाधिस विश्म्भर प्रसाद श्रेष्ठ र हरि प्रसाद फुयाँलको संयुक्त इजालसले फैसला गरि आदेश नै दिए पनि अदालतको आदेश यूनाइटेड इन्स्योरेन्स (नेपाल) कम्पनलिे पालना नगरेपछि पीडित पक्षले कम्पनीनै घेराउ गर्ने योजना बनाएको पंक्तिकारसंग बताए ।
कथा हेरो के भएको थियो र कसरी बीमा गरिएको थियो त ?

करिब तीन वर्षदेखि चल्दै आएको सो मुद्दामा केही दिन अगाडी फैसला गर्दै सर्वोच्च अदालतले एभरेष्ट पेपर मिल्सको पक्षमा फैसला सुनाएको हो । सर्वोच्च अदालतको फैसलापछि युनाईटेड इन्स्योरेन्सले दुई करोड भन्दा बढि क्षति बापतको भुक्तानी गर्नुपर्ने रकममा ब्याज जोडेर भुक्तानी गर्दा करिब पाँच करोड पुग्ने देखिन्छ ।

तर, युनाईटेड इन्स्योरेन्सले भने तत्काल भुक्तानी नदिने बरु सर्वोच्च अदालतमा पुनरावेदन गर्ने यूनाईटेड इन्स्योरेन्स (नेपाल) कम्पनीका का.मु सीइओ रमेश कुमार भट्टराईले आर्थिक बजार न्यूजडटकमसंग बताए । द्वन्दकालमा माओवादीबाट भएको क्षतिको भुक्तानीको लागि आतंकवाद सम्बन्धी बीमा पुल बनाएर सोही पुलमार्फत भुक्तानी गर्ने गरिएको बिगतमा देखिन्छ ।
यथार्थ के हो ?

एभरेष्ट पेपर मिल्सले युनाईटेड इन्स्योरेन्समा कागज उत्पादन गर्ने मेशिन र गोदाम समेतको बीमा गराएको थियो । २०६० साल भदौं ७ गते तत्कालिन विद्रोही माओवादीले एभरेष्ट पेपर मिल्ससँग चन्दा माग्दा दिएन । चन्दा नदिएपछि माओवादीले उक्त उद्योगमा प्रेसर कुकर बम विस्फोट गराए र आगजनी समेत गराए । सो उद्योगमा करिब ११ करोड रुपैयाँ क्षति पुगेको कम्पनीले दावी गर्यो । कम्पनीले मेशिन, गोदाम र तयारी मालबस्तुमा क्षति पुगेको भन्दै ११ करोडको दावी अघि सार्यो ।

तर, बीमा कम्पनीले खटाएको सर्भेयरले तयारी मालबस्तुको बीमा दावी भुक्तानी गर्न नमिल्ने भन्दै उक्त दावीलाई स्वीकार गरेन । सर्भेयरले कच्चा पदार्थ राख्ने गोदाममा तयारी मालबस्तु राख्नुको कारण माग्दै गोदाममा तयारी मालबस्तु राख्ने कार्य बीमा कम्पनीसँगको सम्झौता विपरित भएको भन्दै लिखित प्रतिवेदन दिँदै तयारी मालबस्तुमा पुगेको क्षति बाहेकको मात्रै भुक्तानी गर्न सिफारिस गर्यो । युनाईटेड इन्स्योरेन्सले सोही प्रतिवेदन आतंकवाद बीमा पुलमा पठायो । बीमा पुलले चार करोड ५० लाख मात्रै भुक्तानी गर्यो ।

तर, एभरेष्ट पेपर मिल्सले उक्त दावी भुक्तानीलाई अन्याय भन्दै बीमा समितिमा उजुरी गर्यो । बीमा समिलिको इजलासले सर्भेयरको प्रतिवेदनलाई जायज ठहर गर्दै दावी भुक्तानी तिर्नु नपर्ने ठहर गर्यो । त्यसपछि कम्पनी पुनरावेदन अदालतमा पाटनको शरणमा पर्यो ।

पुनरावेदन पाटनमा मुद्दा चल्दै गर्दा तत्कालिन युनाईटेड इन्स्योरेन्सका उच्च अधिकारी र एभरेष्ट पेपर मिल्सका सञ्चालकका बीचमा छलफल भई बीमा दावी भुक्तानी बापत दुई करोड रुपैयाँ तिर्नुपर्ने निर्णय गरी माईन्यूट तयार पारियो । सो माईन्यूटमा केहीले हस्ताक्षर गरे, केहीले गरेनन् ।

सो माईन्यूट प्रमाणको रुपमा पुनरावेदन अदालत पाटनमा पेश गरियो । सोही बुँदामा टेकेर पुनरावेदन अदालत पाटनले एभरेष्ट पेपरमिल्स्को पक्षमा फैसला गर्यो । सो फैसलाको विरुद्धमा युनाईटेड इन्स्योरेन्स (नेपाल) कम्पनी लिमिटेड आफैले करिब तीन वर्ष पहिले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

सोही मुद्दामाथि फैसला गर्दै सर्वोच्च अदालतले अघिल्लो अदालत पुनरावेदन अदालत पाटनले गरेको फैसला सदर हुने ठहर गरेको देखिन्छ ।

जे भएपनि सर्वोच्च अदालतको आदेश यूनाइटेड इन्स्योरेन्सले मान्ने पर्दछ । कानुनी राज्य भन्दा माथ िकोही हुन सक्दैन बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईज्यू । सचेत भया ।

नयाँ ११ बीमा कम्पनीको आइपीओ अन्यौलमाः कोरोना महामारीका कारण पूँजी बृद्धिमा चुनौती ?

कोरोना महामारीबीच अजोड इन्स्योरेन्स, रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर बजारमा आयो र २ गुना बढि आवेदन पनि प¥यो । तर, यो बीचमा नेपाल धितोपत्र बोर्डले अन्य बीमा कम्पनीहरुलाई कोरोना महामारीबीच आईपीओ नल्याउन भन्दै तत्काललाई बन्द गरेको छ । यससंगै चुक्ता पूँजी पू¥याउनु पर्ने बाध्यतामा रहेका ११ जीवन र निजीवन बीमा कम्पनीहरुको शेयर अन्यौलमा फसेको देखिन्छ ।

पछिल्लो समय लाइसेन्स पाएका यी ११ कम्पनीहरुले बीमा बजारलाई आक्रमक र बीमा जनचेतना बढाउन ठूलो भूमिका खेलेको बेला बीमा समितिले दिएको सीमा समय भित्र (आईपीओ) साधारण शेयर बजारमा नपठाउने भएपछि बीमा समितिले कस्तो निर्देशन दिने हो । त्यो भने हेर्न बाँकी नै छ ।

विभिन्न बैंक र व्यवसायीक समूहको लगानीमा आएका ९ वटा बीमा कम्पनीहरुबीच व्यापार खोसाखोस देखि अभिकर्तासम्म खोसाखोसले बजारमा अत्याधिक प्रतिस्पर्धा देखिएको छ । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीमा त अभिकर्ता बन्न नै सोर्सफोर्स चाहिने गरेको भुक्तभोगीहरुको ठम्याई छ ।

उक्त कम्पनीको पछिल्लो प्रगति भने लोभलाग्दो छ । यस्तै महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले त डबल फिर्ता देखि बाल बच्चा हेरचाह जस्ता लोकप्रिय प्रोडक्ट बजारमा ल्याएर प्रतिस्पर्धा गरिरहेको देखिन्छ ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीमा दक्ष र अनुभवी व्यवस्थापक टिमले कम्पनी हाँकेका कारण कम्पनीको प्रगति लोभलाग्दो छ । यहि कम्पनीका मार्केटिङ्ग चीप अहिले आईएमई लाईफको सीइओ समेत बन्न पुगेका छन् भन्दा फरक पर्दैन ।

पछिल्लो समय आईएमई ग्रुपको लगानी रहेको आईएमई लाईफ इन्स्योरेन्स कम्पनीलाई भने बीमा समितिले वित्तिय विवरणमा गडबड भएको र प्रक्रिया नपु¥याएको भन्दै साधारण शेयर निस्काशनमा समेत रोक लगाएको देखिन्छ ।
सानिमा लाईफ र सनलाईफ इन्स्योरेन्स कम्पनी खासै प्रगति गरेका कम्पनी मानिदैनन् । यी कम्पनीहरुले लुकेर र छलेर व्यापार गरेको भुक्तभोगीहरुको ठम्याई छ ।

पछिल्लो समय आएको ज्योति लाईफ इन्स्योरेन्सको त अध्यक्ष नै जुवा खालबाट पक्राउ परेपछि यस कम्पनीको नकारात्मक सन्देश बजारमा पुगेको देखिन्छ । अर्को प्रभु र रिलायबल लाईफ इन्स्योरेन्स कम्पनी आफैमा राम्रा समूह र व्यवसायीहरुबाट लगानी भएका कम्पनी भएकाले राम्रै बजार लिएको देखिन्छ ।

पछिल्लो समय जीवन बीमाका लेख बढेसंगै बीमा बजारपनि ह्वात्तै बढेको देखिन्छ । बीमा समितिमा अध्यक्ष चिरनजीवी चापागाई आएपछि जीवन र निजीवन बीमा कम्पनीहरुको पूँजी बृद्धि देखि नेतृत्व चयनसम्मका केही कडा निर्देशनले बीमा कम्पनीहरुको कर्पोरेट सुशासन बलियो बन्दै गएको बीमा कम्पनीका एक सीइओले पंक्तिकारसंग बताए । पछिल्लो समय दाबी भुक्तानीमा जीवन बीमा कम्पनीहरु कठोर भएपछि बीमा समितिमा उजुरीको चाङ पुगेको भने देखिन्छ । यो राम्रो पक्ष भने होइन ।

नयाँ बीमा कम्पनीहरुको करिब ७ अर्ब रुपैयाँ बराबरको साधारण सेयर जारी हुन बाँकी रहेको छ । बीमा समितिको प्रावधान अनुसार निर्जीवन बीमा कम्पनीहरुको पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुले भने २ अर्ब रुपैयाँ पु¥याउनु पर्ने बाध्यता छ । बीमा कम्पनीहरुले ३० प्रतिशत सेयर सर्वसाधारणको लागी छुटाउँनु पर्ने देखिन्छ ।

नेपालमा अहिले ४० वटा बीमा कम्पनीहरु सञ्चालित छन् । जसमध्ये १० वटा नयाँ जीवन कम्पनी र ३ वटा नयाँ निर्जीवन बीमा कम्पनी बजार छन् । युनियन, ज्योति, आईएमई, रिलायन्स, रिलायवल, सिटिजन, सानिमा, प्रभु , सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनी हुन् भने सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्स निर्जीवन बीमा कम्पनी बजारमा नयाँ आएका हुन् ।

नयाँ बीमा कम्पनी मध्ये अजोड इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले हालै सर्वसाधारणलाई शेयर जारी गरिसकेका छन् भने बाँकी ११ वटा नयाँ बीमा कम्पनीहरुले ६ अर्ब २५ करोड ५० लाखको आइपिओ जारी गर्न बाँकी रहेको देखिन्छ ।

जसमा सिटिजन लाइफले ७५ करोड ,जनरल इन्स्योरेन्सले ३० करोड, आईएमई लाइफले ६० करोड, ज्योति लाइफले ६६ करोड, महालक्ष्मी लाइफले ६० करोड, प्रभु लाइफले ६० करोड , रिलायवल नेपाल लाइफले ६० करोड, सानिमा जनरल इन्स्योरेन्सले ३० करोड, सानिमा लाइफले ६० करोड, सन नेपाल लाइफले ६० करोड र युनियन लाइफले ६४ करोड ५० लाख रुपैंयाको आइपिओ जारी गर्नु पर्ने अवस्था छ । तर, कोरोना महामारी फैलिएकोले यी कम्पनीहरुको आईपिओ अन्यौलमा पुगेको छ र पुँजी बृद्धिमा झड्का लागेको देखिन्छ ।

आईपिओ जारी भएपछि जीबन बीमा कम्पनिहरु सानिमा , प्रभु , रिलायवल, आईएमई ,महालक्ष्मी र सन् नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब पुग्नेछ ।

त्यसैगरी सिटिजन लाईफ इन्स्योरेन्सको २ अर्ब ५० करोड, ज्योति लाईफको २ अर्ब २० करोड , युनियन लाईफ इन्स्योरेन्सको २ अर्ब १५ करोड रुपैयाँ पूँजी पुग्नेछ भने निर्जिबन बीमा कम्पनी सानिमा जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको चुक्ता पूंजी १ अर्ब पुग्ने देखिन्छ । पूँजी बृद्धिसंगै ब्यापार र अन्य सूचकमा राम्रो देखिने भएकाले यी बीमा कम्पनीहरु आईपिओ बजारमा लैजान आतुर देखिएका छन् भन्दा अब फरक पर्दैन ।

एन आई सी एशिया बैंकले ‘क्युआर रिफर एण्ड अर्न’ अफर

एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न योजनाहरू ल्याउने क्रममा नयाँ क्युआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने े ‘क्युआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ ।

यस बैंकका क्युआर मर्चेन्ट तथा ग्राहक महानुभावहरूले २०७७ भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागी जनाउन सक्ुने बैंकले जनाएको छ । यस योजनामा बैंकसँग रहेका क्युआर मर्चेन्ट एवं ग्राहकहरूले उक्त २ महिनाको अवधीमा नयाँ क्युआर मर्चेन्ट रिफर गरी उक्त नयाँ क्युआर मर्चेन्टले यस योजना अवधिमा बैंकमा चालु खाता खोलेर क्युआर मा आबद्ध भएमा रिफर गर्ने क्युआर मर्चेन्ट एवं ग्राहक महानुभावहरूलाई बैंकले प्रति रिफर मर्चेन्ट रू. ७५० खुद रकम प्रदान गर्नेछ ।

साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी त्तच् मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १० जनालाई थप जनही रू. ५० हजार रकम प्रदान गरिने समेत व्यवस्था गरिएको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै क्युआर पेमेन्टबाट भुक्तानी गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकलाई क्यासलेस इकोनोमी बनाउन सहयोग पु¥याउन यस योजनालाई बैंकले अगाडी बढाएको जनाएको छ ।

डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै उक्त बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न हालसम्म देशभर १५ हजार भन्दा बढी क्युआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।

यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

यस बाहेक बैंकले हाल प्रत्येक हप्ता ‘ह्याप्पी आवर’ योजना सफलतापूर्वक सञ्चालन गरिरहेको छ । जसमार्फत प्रत्येक शुक्रबार बेलुकी ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म ग्राहकहरूले मोबाइल बैंकिङ्गमार्फत कारोबार गर्दा थप ५ प्रतिशत रकम फिर्ता प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी ‘सुपर सिक्स योजना’ मार्फत ग्राहक महानुभापहरूले भाद्र २७ गतेसम्म मोबाइल बैंकिङ्गबाट हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा रू. ५०० सम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछ ।

बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

निषेधाज्ञा जारी रहँदा पनि २ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार

अन्य क्षेत्र ठप्प हुँदा सबै लगानीकर्ता सेयर बजारतिर केन्द्रति हुँद कारोबार रकम दिनदिनै बढेको छ।

बुधबार पनि सेयर बजार २१.१० अंक बढेर बन्द भएको छ। १ हजार ४ सय ४५ विन्दुबाट कारोबार सुचारु भएदेखि बढेको सुचक अन्त्यसम्म बढेर १ हजार ४ सय ६२ अङ्कसम्म पुगेको छ।

पहिलो घण्टामै ५५ करोड २ लाख बढीको सेयर कारोबार भएको थियो । दोस्रो घण्टामा १ अर्व १४ करोडको कारोबार भएको थियो। त्यसैगरी, तेस्रो घण्टामा १ अर्व ८६ करोडको कारोबार भइसकेको थियो भने चौथो घण्टा तथा बन्द हुँदा २ अर्व ६५ करोड ६१ लाखको सेयर कारोबार भएको छ।

पछिल्लो एक घण्टामा ८० करोड रकमको सेयर कारोबार रकम भएको छ।

कारोबार भएको तीन घण्टासम्म बैंकका सेयरभन्दा बीमा र लघुवित्तका सेयरमा लगानीकर्ता बढी आकर्षित थिए। तर अन्तिम एक घण्टामा लगानीकर्ता बैंकका सेयरतर्फ लागेपछि सुचक बढेर १ हजार ४ सय ७१ विन्दुसम्म पुगेको थियो। कारोबार रकम पनि त्यही अवभीमा बढी भएको हो।

कोरोना भाइरसले गर्दा लगानी गर्ने क्षेत्र नभएकाले ठुला ठुला व्यापारीदेखि सामान्य लगानीकर्ता पनि सेयर बजारमा पसेकाले सुचक र कारोबार रकम बढ्दै गएको एक लगानीकर्ताले बताएका छन्।

बैंकहरुले पनि अन्य क्षेत्रको लागि कर्जा दिन नपाएकाले सेयर कर्जा सजिलै दिएका छन्। व्याजदर पनि सस्तो रहेको छ। लगानी गर्ने एउटा मात्र क्षेत्र अहिले सेयर बजार मात्र हो जसले सबैको चासो यही भएकाले बजार बढ्दै गएको हो।

बुधवारको कारोबारमा ११६ कम्पनीको सेयर मुल्य बढेको छ भने ३४ कम्पनीको घटेको छ। १६ कम्पनीको स्थिर रहेको छ। सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ९२ लाखको सेयर कारोबार भएको छ।

सानिमा बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

 धनगढीमा थप एक जना बैंकका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धनगढीको सानिमा बैंकमा कार्यरत ३१ बर्षीय कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
डडेल्धुराको प्रयोगशालामा गरिएकोपरीक्षणमा धनगढीको सानिमा बैंकका कर्मचारीको संक्रमण पुष्ठि भएको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिनुभयो ।
संक्रमित कर्मचारीको घर कञ्चनपुर हो भने उनी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मै डेरा गरी बस्दै आएका थिए । यसअघि ग्लोवल आइएमई बैंकमा कार्यरत एक जना कर्मचारीमा पनि कोरोना देखिएको थियो ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकको हकप्रद अस्वीकृत

तिनाउ मिसन डेभलमेन्ट बैंकको प्रस्तावित हकप्रद पनि अस्वीकृत भएको छ । बैंकले ३:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले हकप्रद  अस्वीकृत गरेको हो ।

बैंकको १३ औ साधारणसभाले १२ प्रतिशत लाभांश र ३:१ को अनुपातमा हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले हकप्रद अस्वीकृत गरेसंगे बैंकको जाई पुँजी र चुक्ता पुँजी १ अर्ब ८१ करोड ३१ लाख काम भएको छ । बैंकले लाभांश र हकप्रद गरी चुक्ता पुँजी र जारि पुँजी  २ अर्ब ४१ करोड ७५ लाख कायम गर्नको प्रबन्धपत्रमा संशोधन गर्न स्वीकृति माग गरेको थियो ।

राष्ट्र बैंकले यस अघि शाइन रेसुङ्गा डेभलपमेन्टको हकप्रद पनि अस्वीकृत गरेको थियो ।

साल्ट ट्रेडिङले ल्याएको रासायनिक मल वीरगंज भित्रियो

साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको युरिया मल वीरगंज भन्सारमा भित्रिएको छ। मंगलबार  वीरगंज भन्सारमा २५ सय टन युरिया मल भित्रिएको कर्पोरेशनका सूचना अधिकृत कुमार राजभण्डारीले बताए।

उनका अनुसार मल भन्सार यार्डमा आइसकेको छ। बुधबार भन्सार जाँचपास भएर उपत्यका भित्रिने र बिहीबारदेखि किसानले पाउने गरि काम अघि बढाइएको राजभण्डारीले बताए।

धान खेतीमा मल हाल्ने समयमा नआएपछि सरकारको तीब्र आलोचना भइरहेको छ। उनले २५ सय टन रासायनिक मलले केही भए पनि किसानलाई राहत हुने जिकिर गरे।

एनएमबि बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज भदौ १० गते देखि लागु हुने गरि कर्जा र निक्षेप दुवै तर्फको ब्याजदर सार्वजनिक गरेको हो ।

जस अनुसार बैंकले निक्षेपतर्फ ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै मुद्दती निक्षेपतर्फ बैंकले ७.२५ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । त्यस्तै बैंकले कर्जातर्फ बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म थपेर कर्जा प्रदान गर्ने जनाएको छ । बैंकले १०.७५ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्षको लागि र ८.९९ प्रतिशतको स्थिर ब्याजदरमा २ वर्षको लागि घर कर्जा प्रदान गर्ने जनाएको छ ।

काठमाडौं उपत्यकामा तिन हजार बेडको आइसोलेसन केन्द्र बनाउने

बागमती प्रदेस सरकारले काठमाडौं उपत्यकामा तिन हजार आइसोलेसन बेड तयार गर्ने भएको छ।नेपाल सरकारका स्वास्थ्य मन्त्रि भानुभक्त ढकाल सहितको उपस्थितिमा काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफल पश्चात सो निर्णय गरिएको हो।

बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल सहितको उपस्थितिमा भएको छलफलले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आवस्यक सुविधा र स्थानको छनौट गरेर आइसोलेसन बेड स्थापना गर्न तत्काल काम शुरु गर्ने निर्णय गरेको हो।

सो छलफल पश्चात काठमाडौं उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका विभिन्न क्षेत्रमा उचित स्थान छनौट गरि कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं सांसद अध्यक्ष कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज सांसद जीवनराम श्रेष्ठ र बागमती प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीलाई जिम्मेवारी दिइएको थियो।

उक्त छलफलमा बागमती प्रदेस सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रमा आवस्यक पर्ने स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्ति उपलव्ध गराउन संघीय सरकारका स्वास्थ्य मन्त्रि भानुभक्त ढकाललाई आग्रह गर्दै मुख्यमन्त्री पौडेलले क्षेमता र सुविधा विस्तारका लागि स्थानीय तहमा संचालित स्वास्थ्य केन्द्रलाई सहयोग गरिएको जानकारी दिएका थिए।

बागमती प्रदेसका अन्य जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्रको व्यवस्थापन भए पनि काठमाडौं उपत्यकामा त्यसमा कठिनाइ देखिए संगै बागमती प्रदेस सरकारले तिनै तहका सरकारहरु संगको सहकार्यमा संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि आयोजना गरिएको सो छलफलमा स्वास्थ्य मन्त्रालय र त्रिभुवन विश्वबिद्यालयले आवस्यक सम्पूर्ण सहयोग उपलव्ध गराउने प्रतिवादत्ता ब्यक्त गरेका थिए।

छलफलमा आफ्ना धारणा राख्दै त्रिभुवन विश्व बिद्यालयका उपकुलपति डा.धर्मकान्त बास्कोटाले बागमती प्रदेस सरकारले स्थापना गर्ने आइसोलेसन केन्द्रका लागि त्रिभुवन विश्वबिद्यालयका भवन तथा स्थान उपलव्ध गराउने बताएका थिए भने काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले एकीकृत स्थानमा केन्द्र निर्माणमा जोड दिदै उपत्यका नगरपालिका फोरम बाट पूर्ण सहयोग हुने प्रतिवदत्ता ब्यक्त गरेका थिए।

लकडाउनमा प्रदेस सभा निर्वाचन क्षेत्रमा अनुगमन तथा सहयोगका लागि प्रदेस सभा सदस्यको नेतृत्वमा अनुगमन समिति निर्माण गर्ने निर्णय गरेको बागमती प्रदेस सरकारले काठमाडौं उपत्यकामा संक्रमणको अवस्था निकै बढेको अवस्थामा रोकथाम र नियन्त्रणका लागि देखाएको तदारुकता र सक्रियतामा सहयोग रहने बताउदै छलफलका अन्य वक्ताहरुले संक्रमण पहिचान र परिक्षण स्थानीय तह ,आइसोलेसन केन्द्र स्थापना तथा संचालन प्रदेस सरकार र सघन उपचार सहित आवस्यक प्राविधिक सहयोग संघीय सरकारले गर्नेगरी संयन्त्र निर्माण गर्नका लागि सुझाव दिएका थिए।

सो छलफल कार्यक्रममा नेपाल सरकारका स्वास्थ्यमन्त्रि भानुभक्त ढकाल , नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ९ का प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठ ,नेकपा काठमाडौं अध्यक्ष तथा काठमाडौं क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ , त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य ,बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला , नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण व्यंजनकार, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा ,स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्की ,स्वास्थ्य व्यवसायी परिषदका रजिस्टार पुष्प खनाल ,काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल लगायतको उपस्थिति रहेको थियो।

नेपाल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

नेपाल इन्स्योरेन्स कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत तथा नायव महा -प्रबन्धक नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको आज बसेको बैंठकको निर्णयअनुसार रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल तथा नायव महा प्रबन्धकमा निरज बस्नेत नियुक्त भएका हुन् ।

कम्पनीले साउन १२ र २२ गते प्रकाशित १५ दिने सुचना बमोजिम दरखास्त गर्न आएका उम्मेदवारहरुमध्ये आवश्यक योग्यता तथा कार्यअनुभवको आधारमा योग्य भई छनोट भएका उम्मेदवारहरुको यही भदौ ७ र ८ गते लिइएको व्यवसायिक कार्य योजना प्रस्तुती तथा अन्तवार्ताामा उच्चतम अंक प्राप्त गरी रिक्त रहेको उक्त दुई पदमा पोखरेल तथा बस्नेतलाई नियक्त गरेको कम्पनीले जनाएको छ ।