जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • निषेधाज्ञा जारी रहँदा पनि २ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार

निषेधाज्ञा जारी रहँदा पनि २ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार

अन्य क्षेत्र ठप्प हुँदा सबै लगानीकर्ता सेयर बजारतिर केन्द्रति हुँद कारोबार रकम दिनदिनै बढेको छ।

बुधबार पनि सेयर बजार २१.१० अंक बढेर बन्द भएको छ। १ हजार ४ सय ४५ विन्दुबाट कारोबार सुचारु भएदेखि बढेको सुचक अन्त्यसम्म बढेर १ हजार ४ सय ६२ अङ्कसम्म पुगेको छ।

पहिलो घण्टामै ५५ करोड २ लाख बढीको सेयर कारोबार भएको थियो । दोस्रो घण्टामा १ अर्व १४ करोडको कारोबार भएको थियो। त्यसैगरी, तेस्रो घण्टामा १ अर्व ८६ करोडको कारोबार भइसकेको थियो भने चौथो घण्टा तथा बन्द हुँदा २ अर्व ६५ करोड ६१ लाखको सेयर कारोबार भएको छ।

पछिल्लो एक घण्टामा ८० करोड रकमको सेयर कारोबार रकम भएको छ।

कारोबार भएको तीन घण्टासम्म बैंकका सेयरभन्दा बीमा र लघुवित्तका सेयरमा लगानीकर्ता बढी आकर्षित थिए। तर अन्तिम एक घण्टामा लगानीकर्ता बैंकका सेयरतर्फ लागेपछि सुचक बढेर १ हजार ४ सय ७१ विन्दुसम्म पुगेको थियो। कारोबार रकम पनि त्यही अवभीमा बढी भएको हो।

कोरोना भाइरसले गर्दा लगानी गर्ने क्षेत्र नभएकाले ठुला ठुला व्यापारीदेखि सामान्य लगानीकर्ता पनि सेयर बजारमा पसेकाले सुचक र कारोबार रकम बढ्दै गएको एक लगानीकर्ताले बताएका छन्।

बैंकहरुले पनि अन्य क्षेत्रको लागि कर्जा दिन नपाएकाले सेयर कर्जा सजिलै दिएका छन्। व्याजदर पनि सस्तो रहेको छ। लगानी गर्ने एउटा मात्र क्षेत्र अहिले सेयर बजार मात्र हो जसले सबैको चासो यही भएकाले बजार बढ्दै गएको हो।

बुधवारको कारोबारमा ११६ कम्पनीको सेयर मुल्य बढेको छ भने ३४ कम्पनीको घटेको छ। १६ कम्पनीको स्थिर रहेको छ। सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ९२ लाखको सेयर कारोबार भएको छ।

7045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका