जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

अर्थमन्त्रीले गरे आर्थिक सर्वेक्षण सार्वजनिक

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन्। संघीय संसदमा उनले चालु वर्षको ८ महिनाको आर्थिक अवस्था, नीति कार्यान्वयन र विकासका बारेमा जानकारी गराएका छन्।

आगामी वर्षको बजेट सार्वजनिक गर्नुअघि अर्थमन्त्रीले संसदलाई चालु वर्षको अवस्थाका बारेमा जानकारी दिनु पर्छ। त्यसै अनुसार खतिवडाले फागुनसम्मको आर्थिक क्रियाकलापको बारेमा जानकारी गराएका छन्।

खतिवडाले फागुनसम्म सबै राम्रै भए पनि त्यसयता कोभिड-१९ का कारण अवस्था असहज भएको जानकारी सदनलाई गराएका थिए। कोभिड-१९ का कारण आर्थिक वृद्धि खुम्चिएको पनि जानकारी दिए। यसपाली प्रति ब्यक्ति आय १०८५ पुगेको उनले बताए।

कुल लगानी ३.४ प्रतिशतले घटेको छ। १८.७ प्रतिशत रहेको निरपेक्ष गरिबी यसपाली १६.६७ प्रतिशत रहने उनले अनुमान पनि सार्वजनिक गरेका छन्। उनले ब्यापार घाटामा सुधार भएर शोधनान्तर बचतमा रहेको बताए।

मूल्यवृद्धि दर एकल अंकमा सीमित गर्न सफल भएको बताइरहँदा उनले गत वर्षको भन्दा यसपाली महँगो बढेको पनि जानकारी दिए। सरकारी खर्च १२ प्रतिशतले बढेको उनले सुनाए।

खतिवडाले सुरुमा प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण सार्वजनिक गरेका थिए। त्यसलगत्तै राष्ट्रिय सभामा पनि प्रस्तुत गरेका छन्।

बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल

बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ ।

बूढानीलकण्ठ –३ मा बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्र बन्द गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बताए । सो क्षेत्रमा मानिसको आवतजावत रोकिनाका साथै पसल, व्यवसाय र अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।

संक्रमितलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलशनमा राखिएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार सङ्क्रमित युवकले बन्दाबन्दी समयमा आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर समस्यामा परेका व्यक्तिलाई अस्पतालसम्म पु¥याउने काम गर्दै आएका थिए ।

Advertisement

नगरपालिकामा कोरोना संक्रमित हुने दुई जना पुगेका छन् । यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ –१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्दै आएकी १८ वर्षीया एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

साना तथा घरेलु उद्योग – लकडाउन भित्र जिवन मरणको दोसांधमा

अष्ट्रेलियाको सिड्नीमा मेरा मित्र विनोद प्रसाद मैनाली बस्छन । उनको सिड्नीमा नै एडिज किचेन कम्पार्इस नामको रेष्टुरेन्ट छ । छोटो अवधिमा राम्रो व्यवसाय गरे । कोभिड -१९ को आतंक पछि अष्ट्रेलिया सरकारले लडाउन घोषणा गर्दै सबै उद्योग व्यवसाय बन्द गर्‍यो। मैनालिको रेष्टुरेन्ट पनि बन्द भयो । राहत स्वरुप स्टेट सरकारले १० हजार डलर, केन्द्र सरकारले २० हजार डलर देखि १ लाख डलर सम्म नगद राहत दिने घोषणा गर्‍यो । बेरोजगार कर्मचारीलाई सरकारले १५ दिनको १ हजार देखि १५०० डलर सम्म निर्वाह भत्ता दिने भयो र घरभाडा सहमतिमा छुट दिन अनुरोध गर्‍यो । लकडाउन पछि व्यवसाय चलाउनको लागि बैंकिङ,कर छुट र अन्य सुविधा त अझै कति कति । व्यवसाय बन्द भए पनि उनी त्यति दुखि देखिएनन ।लकडाउन पछि नयाँ व्यवसायको संभावना हेरेर थप योजना बनाउँदै गरेको जानकारी दिए ।

काठमाण्डौमा बैङ्क , बीमा र व्यवसायिक अनुभव भएका दश बाह्र जना मिलेर पचास लाख लगाएर नयाँ सोच अनुसार हेरचार डट कम २ वर्ष देखि सुरेश सापकोटा जी ले चलाइरहेका थिए । पचास हजार घरभाडा ,प्रत्यक्ष तेह्र र अप्रत्यक्ष पन्ध्र कर्मचारीको तलब भत्ता चार लाख र अन्य खर्च पचास हजार समेत मासिक पाँच लाख खर्च थियो । युटिलिटी सर्भिसको लागि कर्पोरेट सोच अनुसार तुरुन्त सेवा दिने स्टार्ट अप सेवा उद्योग क्रमशः काठमाण्डौमा जम्दै गइरहेको थियो ।

लकडाउन अगाडी मासिक ७/८ लाख आम्दानी भइरहेको थियो । तिस लाख खुद नोक्सान र दश लाख बजारमा उठाउन बाँकी भए पनि यो वर्ष देखि कम्पनीलाई नाफामा लैजाने गरी काम भइरहेको थियो । दुर्भाग्य भनौं लकडाउन संगै ब्यवसाय पूर्णत बन्द भयो । खर्च यथावत आम्दानी जीरो भयो । स्टार्टअप काम, सानो पूँजी र मासिक आम्दानीले खर्च धानिरहेको थियो । कम्पनी बन्द हुँदा राहतको नाममा सुको नपाए पछि लकडाउन खुले पछि कसरी चलाउने, पूनः कहाँबाट पूँजी जोहो गर्ने चिन्ताजनक अवस्थामा सापकोटाजी पुगेका छन ।

माथिको साना तथा घरेलु उद्योगको वर्तमानको दुइ यथार्थ चित्रण हो । अष्ट्रेलियामा सरकार सहयोगि बन्यो व्यवसायी विनोद मैनाली थप केही गर्ने उत्साहमा छन । नेपालमा सरकारको कुनै सहयोग नपाएको अवस्थामा उद्योग व्यवसाय बन्द गर्ने सोचमा छन । हेरचार डट कम का लगानी कर्ता कहि न कही संलग्न रहेकोले ५० लाख डुब्दा पनी बाच्न सक्छन तर तेही ठाउँमा आफ्नै स्वंपूँजी वा बैक कर्जामा लिएर हेरचार डट कम चलाएको अन्य व्यक्ति हुँदो हो त सडकमा आउने अवस्था हुन्थ्यो । बांच्नको लागि वा जीवन निर्वाहको लागि सरकार सहयोगी नबनेको अवस्थामा सडकमा भिख माग्ने वा विद्रोही बन्ने बाहेक उ संग विकल्प हुँदैनथ्यो ।

नेपालमा २०७६ चैत्र ११ मा लकडाउन गरे पछि देश भरी सम्पुर्ण उद्योग व्यवसाय प्रायः बन्द अवस्थामा छन् । लकडाउन भएको ६० दिन नाघि सक्दा पनि केही टुङ्गो छैन । संक्रमितको संख्या दिनहुँ सयौको संख्यामा बढ्न लागेको र खुला बोर्डर भएका र लाखौ नेपाली भारतबाट दैनीक रुपमा आए संगै भविश्य अझै भयावह हुने आंकलन गरिंदैछ । यस्तोमा अन्य क्षेत्र संगै घरेलु तथा साना उद्योगको अवस्था झनै दयनिय बन्दै छ ।
घरेलु तथा साना उद्योग व्यवसायलाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ ।

देशको उत्पादकत्व तथा राष्ट्रिय आय बृद्धिमा यसले महत्वपुर्ण भूमिका खेलेको हुन्छ । सिमित साधन स्रोतले घर कम्पाउन्डमा गरिने घरेलु उद्योग तथा रु. एक करोड सम्मको पूँजीमा गरिने साना उद्योग व्यवसायले रोजगारी बृद्धिमा ठुलै भर दिएका हुन्छन । नेपालमा पछिल्लो तथ्यांङ्क अनुसार चार लाख अठार हजार जति घरेलु तथा साना उद्योग रहेका छन । यीनमा करिव ४ खर्व १२ अर्व जति लगानी लागेको छ । ५ लाख घर परिवार यसमा संलग्न रहेको अनुमान छ भने यी उद्योग व्यवसायले करिव अठार लाख लाई रोजगारी दिएको देखिन्छ । कुल ग्राहस्थ उत्पादनमा पनि यीनको योगदान महत्वपुर्ण रहेको छ ।

यति खेर लकडाउनको सबै भन्दा ठुलो मारमा घरेलु तथा साना व्यवसायी परेका छन । स्वपूँजी वा बैक ऋणबाट संचालित लाखौको संख्याको यी उद्योग व्यवसाय पुर्ण बन्द छन । मासिक कारोबारबाट सिमित आम्दानी गरी दशौं लाखलाई रोजगारी दिने उद्योग ठप्प हुँदा यीनको लगानी डुवि सकेको छ । उत्पादन तथा विक्रि नहुँदा नगद प्रवाह हुन सकेन, बजारको बाँकी उठ्ने कुरै भएन अनि यी सबै सडकमा आइसकेका छन । रोजगारी र अर्थतन्त्रको मेरुदण्ड भएको घरेलु तथा साना उद्योगलाई महामारीको प्रभावबाट बचाउन यीनलाई सरकारले पूनर्जीवन दिनु जरुरी छ । यसको लागि अष्ट्रेलिया, भारत , अमेरिका, व्रिटेन,जापान लगायतले साना व्यवसायीलाई नगद राहत घोषणा गरे सरह तथा नोवल पुरस्कार विजेता अभिजित बेनर्जिले भने जस्तो अर्थतन्त्र उकास्न नगद राहत दिनै पर्छ । यस तर्फ तत्काल सोच्नुको साथै निम्न कदमहरु चाल्नु आवश्यक देखिन्छ ।

घरेलु तथा साना उद्योगको लकडाउनको समस्या
१. लकडाउनमा लामो समय उद्योग व्यवसाय बन्द हुँदा चालु पूँजी सकिसकेकोले पूनर्जीवन वा पूनर्संचालनको लागि पूजीको अभाव सबै भन्दा ठुलो समस्या देखिन्छ ।
२. कोरोना भाइरसको संक्रमणको त्रास र महामारीको संकटको बेला परिवार संग बस्ने चाहनाले कामदार वा दक्ष जनशक्ति उद्योग क्षेत्र छाडेर आफ्नो थात थलो नेपाल वा नेपाल बाहिर गइसकेका छन । दक्ष जनशक्तिको अभाव पनी ठुलै समस्या देखिन्छ ।
३. निर्यातजन्य उद्योग वा आन्तरिक खपतको उत्पादनको लागि वाहिर भारत लगायतको मूलुकबाट आउने कच्च पदार्थको निर्यात र आपूर्तिको समस्या पनि ठुलै देखिन्छ ।
४. उत्पादित वस्तुको विक्रि वितरणको पहिलेको नेटवर्क भताभूंग भै सकेको छ । कतिपय मध्यस्थकर्ताहरु छैनन् पनि । त्यसैले कसै गरि वस्तु र सेवा उत्पादन गरे पनि विक्रि वितरणको सुनिश्चितता छैन ।
घरेलु तथा साना उद्योगहरुको पूनर्जीवनको लागि उपायहरु
१. देश भरी चार लाख अस्सी हजारको संख्यामा रहेका घरेलु तथा साना व्यवसायीहरु ठुलो पिडामा छन । दशौंलाख बेरोजगार भएका छन । यिनलाई पूनरस्थापना र पूनर्जीवन दिन तत्काल नगद राहत (स्टिमुलस पैकेज) उपलब्ध गराउनु पर्छ । यसको लागि निजहरुले २०७६ चैत्र सम्म ९ महिना तिरेको भ्याट बराबरको रकम उपलब्ध गराउन सकिन्छ । भ्याटलाई आधार मान्दा दुरुपयोग र वेइमानी हुने संभावना रहन्न ।
२. बैक र वित्त कम्पनीहरुबाट तत्काल सरल तरिकाले ५ प्रतिशत व्याज दरमा थप पूजी उपलब्ध गराउनु पर्ने देखिन्छ । नेपाल राष्ट्र बैकले २ प्रतिशत व्याज दरमा पूनरकर्जा दिइ ३ प्रतिशत मार्जिन राखेर बैक वित्त कम्पनीले दिन गाह्रो हुँदैन । कति कर्जा दिने सन्दर्भमा भ्याटको मासिक विक्रि खाता हेरी ६ महिना बराबरको रकम चालु पूजी कर्जा दिँदा ओभर फार्इनान्स वा जो पायो तेसले कर्जा पाउँदैन । सही उद्यमीले पाउने ग्यारेन्टी हुन्छ ।
३. घरेलु तथा साना उद्योगबाट उत्पादीत वस्तु अन्य मूलुकबाट आयातित प्रकृतिको वस्तु भन्दा निश्चित रुपमा महंगो पर्छ । यिनलाई प्रोत्साहन र निरन्तरता दिन यस्ता उद्योगको उत्पादन १० देखि १५ प्रतिशत महंगो भए पनि सरकारी कार्यालय र स्थानीय निकायले खरिद गर्नै पर्ने व्यवस्था गर्ने ।
४. सस्तो ब्याजदरमा चालु पूजी कर्जा दिइ सकेपछि व्यवसाय संचालन त हुन्छ। तर तुरुन्त नगद प्रवाह हुन गाह्रो हुन्छ । त्यसैले पुरानो बैंक कर्जा छ भने बाँकी साँवा ब्याज जोडेर पुनरतालिकिकरण गर्ने र दुबै कर्जाको ब्याज तिर्न ६ महिनाको ग्रेस पिरियड र सांवा किस्ता तिर्न १ वर्षको ग्रेस पिरियड दिँदा राहत हुने देखिन्छ ।
५. घरेलु तथा साना उद्योगको लागि बाहिरबाट आउने र आवश्यक कच्चा पदार्थको सहज उपलब्ध गराउने तथा उत्पादित माल निश्चित गुणस्तर र मूल्य निर्धारण गरी खरिद गर्ने व्यवस्था को लागि घरेलु तथा शिल्प भण्डार केन्द्रको कार्यालय प्रत्येक स्थानिय निकायमा संचालन गर्ने यो संचालनको लागि एक पटक सरकारले लगानी गर्ने अथवा स्थानीय निकाय र स्थानीय व्यवसायीको पब्लिक प्राईभेट साझेदारीमा खोल्न लगाउने ।
६. घरेलु तथा साना उद्योगको लागि आवश्यक जनशक्ति उत्पादन तथा तालिमको लागि सरकारी र गैर सरकारी क्षेत्रका दर्जनौ संस्थाहरु करोडौ बजेट लिएर क्रियाशिल छन । तिनको बजेट उद्देश्य मूलक तरिकाले सदुपयोग गर्ने । बजेट सिध्याउन झारो टार्ने गरि दिइने सिपमूलक तालिमलाई नियन्त्रण गर्ने र केन्द्रिकृत गरी योजनाबद्ध तरिकाले उद्देश्यमूलक तालिम दिँदा थोरै बजेटमा धेरै काम गर्न सकिन्छ ।
७. कोरोना संक्रमणको त्रासले र विभिन्न बेरोजगार भएका कारण दक्ष जनशक्ति देश फर्कि सकेका छन वा फर्किने क्रममा छन । तिनको सिप अनुसार लगत राख्न सकिएमा उद्योग व्यवसायको दक्ष जनशक्तिको आवश्यकता पूर्ती गर्न पनि सकिने र रोजगारी अभिवृद्धि पनि हुने देखिन्छ ।
८. सरकारले नयाँ स्टार्टअप कम्पनीलाई ५ लाख देखि ५० लाख सम्म अनुदान दिने गरि नियमावली र ५ अर्वको बजेट विनियोजन गरी सक्यो र एक महिने प्रस्ताव आह्वान पनि गरि सक्यो । प्रस्ताव स्विकृतिको लागि योजना आयोगको सदस्यको अध्यक्षतामा सरकारी संयन्त्र पनि बनाई सक्यो । अव प्रश्न उठ्छ लकडाउनको कारण ५ लाख व्यवसायलाई बचाउने की दुइ चार सय नयाँ उद्योग व्यवसाय चाहे स्टार्टअप नै किन नहोस खोल्ने ? सहजै भन्न सकिन्छ अहिले संचालित उद्योगलाई बचाउने हो । नयाँ काम व्यवसाय गर्ने बेला होईन । त्यसैले यो ५ अर्ब बजेट आफ्ना कार्यकर्ता पोस्न तिर लाग्नु भन्दा पुरानो व्यवसाय बचाउन तिर लगाउँदा राहत र उपलब्धीमूलक हुन्छ ।
९. सरकारले उद्योग व्यवसाय, कृषि, व्यवसायीक तालिम जस्ता कुनै काम गर्दा पनि सरकारी कर्मचारीको संलग्नतामा मात्र समिति निर्माण गर्दछ । व्यवसाय वृद्धिको लागि व्यवसायीक सोच र अनुभव नभएका कर्मचारीबाट कार्यान्वयन हुनै सक्दैन । यो लेखक विरगंजमा महालक्ष्मी फाइनान्सको कर्यकारी प्रमुख हुँदा हेल्भेटास नेपाल संग मिलेर गरेको रोजगार मूलक सानो व्यवसाय र विरगंज नगरपालिका संग मिलेर गरेको गरिवी निवारण सम्बन्धी कार्यक्रम शत प्रतिशत सफल भएको थियो । त्यसैले कर्जा लगानी सम्बन्धि संयन्त्रमा स्थानीय निकाय, व्यवसायी र बैंक प्रतिनिधि राख्दा प्रभावकारी हुन्छ ।
१०. तिलोत्तमा नगरपालिकाले कोरोनाको कारण रोजगारी गुमाएका १८ देखि ५० वर्ष सम्मको व्यक्तिलाई बीना धितो ४ लाख सम्मको कर्जा , तरकारी, फलफुल, पुष्प व्यवसाय,च्याउ,जडिबुटी, पशुपन्छी ,माछापालन, नगदे बाली सम्बन्धी घरेलु उद्योगलाई पुरूषको लागि ४.५ प्रतिशत र महिलाको लागि ३.५ प्रतिशत व्याजमा ५ बर्षे कर्जा बैंक मार्फत दिने योजना ल्याएको छ । यस्को लागि २ करोड नेपाल बैकमा जम्मा नि गरि सक्यो । वालिङ नगरपालिकाले आफ्नो ग्यारेन्टिमा तरकारी र पशुपालनको लागि ५० हजार देखि ५ लाख सम्म विउ पूँजी दिने योजना ल्याएको छ । साच्चै भन्ने हो भने घरेलु तथा साना उद्योगलाई बचाउन तथा नयाँ व्यवसाय संचालन गर्न स्थानीय निकायलाई परिचालन गर्दा बढी प्रभावकारी हुने देखिन्छ । यो प्रकृयालाई हरेक स्थानिय निकायमा अभियानको रुपमा लैजानु पर्छ ।
११. स्थानीय साधन स्रोतमा आधारित घरेलु तथा साना उद्योग व्यवसायको लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६०० भन्दा बढी स्थानीय निकायमा २ अर्ब ३० करोड पठाउने भएको छ । यो रकमको वितरण तिलोत्तमा र वालिङ नगरपालिका जस्तै स्थानिय निकायको जमानिमा बैंक मार्फत परिचालन गर्ने व्यवस्था गर्नु पर्छ ।
१२. सरकारले घरेलु तथा साना उद्योग र अन्य उद्योगलाई पनि प्रोत्साहन गर्न प्रत्येक स्थानिय निकायमा औद्योगिक ग्रामको निर्माण गरी विजुली,पानी र स्थानिय कर छुटको सुविधा दिने तथा प्रत्येक प्रदेशमा निर्यात प्रबर्द्धन गृहको संचालन गरेमा स्थानिय निकायमा उत्पादित निर्यात योग्य फलफुल, अर्गानिक तरकारी, हस्तकला सामाग्री, जडिबुटी लगायतले अन्तरिक तथा बिदेशी बजारको सुविधा पाउने संभावना रहन्छ।
१३. सरकारले देशको हावापानी, माटो र जनशक्ति अनुसार स्थानीय निकायलाई पकेट क्षेत्र घोषणा गरी त्यहाँ उत्पादन हुने वस्तु किटान गर्नु पर्छ र सोही बमोजिम आवश्यक सुविधा दिनु पर्छ । प्रदेश स्तरमा स्थानिय निकायहरू विच प्रतिस्पर्धा गराई रोजगारी बृद्धि र उत्पादन बृद्धि गर्ने, स्थानिय निकाय प्रमुखलाई प्रदेश स्तरमा पुरस्कृत गर्ने र ति निकायलार्इ बजेट बृद्धिको कार्यक्रम बनाउँदा तिनलार्इ प्राथमिकता दिंदा राम्रो उपलब्धी दिने संभावना रहन्छ।
१४. लकडाउन अवधिमा प्रायः सबै आर्थिक क्रियाकलाप ठप्प नै भएकोले घरेलु तथा साना उद्योगको नामको सबै किसिमको बीमाको अवधि तिन महिना थप गर्ने, विद्युत महशुल छुट दिने र चैत्र देखी आषाढ सम्म कारोबार शुन्यताको अवस्थालई हेरी आय कर लाग्ने भएमा २५ प्रतिशतमा १० प्रतिशत छुट दिइ १५ प्रतिशत मात्र लाग्ने सुविधा प्रदान गर्ने ।

यसरी देश भरि रहेका पाँच लाखको हाराहारीको घरेलु तथा साना उद्योगलाई पूनरजिवन दिन उपरोक्त अनुसार तत्काल ठोस र प्रभावकारी कार्यक्रम संचालन गर्न जरुरी छ । लकडाउनले यीनको पूँजी टुटि सकेको छ । सडकमा आइसकेका छन । जीवन निर्वाह गर्न पनि गाह्रो छ । यीनले राज्यबाट राहत र सहयोग पाएनन भने आत्महत्या गर्ने स्थितिको श्रृजना हुने देखिन्छ । स्वपूँजी र बैंक वित्त कम्पनिको सानो कर्जामा संचालित व्यवसायले १८ लाख भन्दा बढीलाई रोजगारी दिएको छ । यदी यी व्यवसाय नचली बेरोजगार भएमा कि त मर्ने होइन भने विद्रोही बन्ने विकल्प मात्र बाँकी छ । हिजो यस्तै रोजगारी नपाएका गरिव निमूखा जनतालाई साथ लिएर १० वर्ष सम्म माओवादीले विद्रोह गरेको विर्सनु हुँदैन । माओबादी बाट छुट्टीएका केही नेताहरु यस्तै प्रतिकुल अवस्थाको पर्खाइमा रहेको स्थितिलाई गंभिरता पूर्वक लिनु पर्दछ । रमेशकुमार भट्टराई, सिईओ, महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लि)

उद्योगी व्यवसायीलाई कर छुट, ब्याज मिनाहदेखि सस्तोमै ऋण दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई कर छुटदेखि सस्तोमै ऋण दिने घोषणा गरेका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन । औद्योगिक व्यवसायीक क्षेत्रमा सरकारले कर सहुलियत, शुल्क मिनाहा, सहुलियत ऋणको व्यवस्था, विद्युतको क्षेत्रमा छुट दिने घोषणा प्रधानमन्त्री ओलीले गरेका छन् ।

‘कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक/व्यावसायिक क्षेत्रका लागि राहत सुविधाको व्यवस्था सरकारले गर्नेछ । यस्ता सुविधामा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युत लगायतका क्षेत्रमा दिइने छुटहरु पर्नेछन् । निजी क्षेत्र सबल नहुँदा अर्थतन्त्र सबल हुन सक्दैन भन्ने यथार्थलाई सरकारले राम्रोसँग बुझेको छ । शिथिल बन्न पुगेको अर्थव्यवस्थालाई दुरुस्त गर्न आवश्यक आर्थिक पुनरुत्थानसम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले छुट्टै जारी गर्नेछ ।’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीले अब आवश्यक उद्योग संचालन हुने र राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन राख्ने बताए । यो अवधिमा पनि धरहरा, रानीपोखरी, माथिल्लो तामाकोशी लगायतको काम भइरहेको बताए । यसले लकडाउनको अवधिमा पनि विकास निर्माणको काम गर्न सकिने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले जुन जुन जिल्लाका श्रमिक रहेका छन उनीहरुलाई समुदायमा नमिसिने गरेर कोरोना परिक्षण गरेर उद्योग व्यवसाय सञ्चालन हुने क्षेत्रमा ल्याउने बताए ।

ओलीले सम्बन्धित उद्यमीले आफ्नो उद्योगमा काम गर्ने उद्योगीले तोकेको मापदण्ड पुरा गरे वा नगरेको आफै मूल्याङकन गर्ने पनि बताए ।

आवश्यक भौतिक पूर्वाधारको आयात निर्यातमा ल्याउन छुट दिने भन्दै प्रधानमन्त्रीले श्रम गर्नेलाई राहत दिने र श्रम गर्न सक्नेलाई रोजगारी दिने सरकारको नीति भएको जानकारी दिए ।

विदेशमा रोजगारी गुमेर धेरै नेपाली नेपालमा फर्केको र मुलुकमा रहेका रोजगारी अवसर विदेशबाट फर्किएका र नेपालमा भएकालाई व्यवस्था गर्ने प्रधानमन्त्रीको घोषणा छ ।

अब हङकङबाट पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा

हङकङको ख्यातिप्राप्त केएमई रेमिट्यान्स लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सmर बिच रेमिटान्स का¬¬रोबार सुरु भएको छ । हङकङमा रहनुभएका नेपालीहरुले केएमई रेमिट्यान्स को सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने , नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमई रेमिट्यान्स लिमिटेडको तर्फबाट निर्देशक कबिता गुरुङ्गले हस्ताक्षर गर्नभएको छ ।

एक औपचारिक समारोहका बिच हङकङबाट नेपाल पठाउने पहिलो बिप्रेषण कारोबार नेपालको लागि हङकङका महाबाणिज्य दूत श्री कमल प्रसाद भट्टराई ज्यु द्वारा उदघाटन गरी रेमिटान्स कारोबार सुरु गरिएको छ । साथै नेपाल बिप्रेषण पठाउदा १ हप्ता को लागि निशुल्क पठाउने ब्यबस्था गरिएको छ र यो ब्यबस्था ३१ मे २०२० सम्म लागु हुनेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

माछापुच्छ्रे बैंकको अनलाइन बैकिङ सेवा अपग्रेड

माछापुच्छ्रे बैंकले अनलाइन बैकिङ सेवालाई अपग्रेड गरेको छ। बैंकले अब नो लाइन बैकिङ नाराका साथ अनलाइन बैकिङ अपग्रेड गरेको हो।

बैंकका व्यवसायिक तथा व्यक्तिगत दुवै ग्राहकले घर वा कार्यालयमा बसेर अधिकतम बैंकिङ सेवा सरल रूपमा पाउने विज्ञप्तिमा उल्लेख छ। बैंकका अनुसार अन्तर बैंक रकमान्तर, कनेक्ट आइपिएस र स्टेटमेन्ट हेर्न पाउने सुविधा छ।

TaTaRiddisiddi Cement
यो सेवामार्फत व्यवसायिक तथा कर्पोरेट हाउसले तलबको व्यवस्थापन गर्न पनि पाउनेछन्। बैंकका अनुसार अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेको खातामा रकमान्तर, क्रेडिट कार्डको बिल पेमेन्ट, वालेटका माध्यमबाट पैसा लोड र मोबाइल टपअप गर्न मिल्नेछ। बैंकका अनुसार बारम्बार तिर्नुपर्ने रकमलाई सेड्युल गरेर तिर्न सकिनेछ।

यो ऐतिहासीक निर्णय लाई स्वागत गर्नु पर्छ, के.पी. ओलीले पुनः जनताको विश्वास जित्ने कामको शुरुवात गरेका छन र हिम्मत गरेका छन

नेपाल सरकार को बैठक ले अतिक्रमणमा परेको हाम्रो भुमि कालापानी,लिपुलेख,लिम्पियाधुरा सहितको नयाँ नक्सा पारित गरेको भन्ने समाचारहरु प्रकाशीत भएसंगै यसको चर्चा खुबै भईरहेको छ। कालापानीलाई समेत भारतले आफ्नो नक्शामा राखेर नक्शा प्रकाशीत गर्दा समेत प्रतिवाद गर्न नसकेको सरकारको यो निर्णय सह्रानिय छ। यो ऐतिहासीक निर्णय लाई स्वागत गर्नु पर्छ, के.पी. ओलीले पुनः जनताको विश्वास जित्ने कामको शुरुवात गरेका छन र हिम्मत गरेका छन।

तर यसमै रमाएर हर्ष बढाई शुरु नगर्ने की? तलका तथ्यलाई समेत मनन गरौ र हामीले शुरुवात गर्यो तर गन्तव्य बांकी नै छ भन्ने हेक्का पनी राखौं। कोरोना र सरकारका कमीकमजोरीबाट ध्यान मोड्ने टुस्सको रुपमा मात्रै प्रयोग नहोस।

1.नेपालले पहिले आफ्नो नक्शामा समेत छुटेको भुभाग समेटेर नक्शा प्रकाशित गर्ने निर्णय गरेको छ भने भारतले यो विवादित भुभाग मात्र होईन कालापानीलाई समेट समेटेर भारतको नक्शा प्रकाशित गरिसकेको छ।
2. नक्शा प्रकाशन पछिका कुटनैतिक पहल बांकी नै छन। भारतसंग यस सम्बन्धमा वार्ता गरेर हामीले प्रकाशित गरेको नक्शा अनुसारको भुभागमा नेपाली शुरक्षा दल तैनाथ गर्न बांकी नै छ।

नक्शामा राखिएका भुभागमा नेपाली स्वामित्व कायम गर्न हरेक पहल सरकारले शुरु गरोस्। नागरिकहरुको साथ रहन्छ। यो गर्व गर्न लाएक काममा अरुले भाग अंश नखोजे हुन्छ। के.पी. वली जतिको जिद्दि र दृढ प्रधानमन्त्रीले मात्रै यो काम गर्ने आंट गर्न सक्छ। कुरा त बर्षो देखि उठेकै हुन। आन्दोलन र मार्च पास बर्षो देखि भएकै हुन तर कसैसंग हिक्मत थिएन।

अघी बढ, हाम्रो साथ छ। यो बाहेक अरु अतिक्रमित भुभागहरु पनी एकै साथ संलग्न गरी सिमा सुरक्षालाई मजबुत बनाउं। हामीलाई कागजमा होईन माटोमा स्वामित्व हेर्नु छ।

साल्ट ट्रेडिङले भ्यानबाट टोल टोलमा इन्डक्सन चुलो र स्यानिटाइजर बेच्दै

खाद्य कम्पनीको स्टक सकिएपछि बजारको माग धान्न साल्ट ट्रेडिङ कर्पोरेशनले इन्डक्सन चुलो बेच्न थालेको छ ।
सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशनले लक डाउनको समयमा उपभोक्ताको माग अनुसार दैनिक उपभोग्य सामानका साथै इन्डक्सन चुलो समेत बिक्री गरिरहेको जनाएको छ ।

सुरुका दिनमा उपत्यकाभित्र बिक्री गरिरहेको खाद्यन यतिबेला उपत्यका बाहिर पनि बिक्री भइरहेको छ ।

कोरोना भाइरसका कारण गत महिना बजारमा ग्यास अभाव हुदा उपभोक्ताहरु इन्डक्सन चुलो प्रति आकर्षित बनेका थिए। खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग भएको चुलो सबै बिक्री भएपछि पनि उपभोक्ताबाट लगातार माग आइरहेको थियो।

लक डाउनको समय भएका कारण बजार बन्द भएपछि साल्ट ट्रेडिङले माग बढी भएको ठाउँमा लगेर बितरण गर्न लागेको साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पकंज जोशीले बताए ।

हाल साल्ट ट्रेडिङले दैनिक रुपमा आउटलेट र घुम्ती सेवाबाट खाद्यान्न, इन्डक्शन, स्यानिटाइजर र ग्यास बिक्री गरिरहेको छ । हाल बिक्री गर्न लागेको इन्डक्शन चुलो यसअघि खाद्य कम्पनीले बिक्री गरेको भन्दा सस्तो रहेको सहायक महाप्रबन्धक जोशीले जानकारी दिए । इन्डक्सन चुलोको २६ सय ५० रुपैयाँमा बिक्री गरिरहेको उनले बताए। इन्डक्सन चुलोका लागि आवश्यक प्रेसर कुकर, कराही र सस प्यान समेतको सेट पनि बिक्रीमा राखिएको छ।

साल्ट ट्रेडिङले २ सय ५० रुपैयाँमा १ सय ५० एमएलको स्यानिटाइजर बिक्री गरिरहेको छ । ‘यतिबेला यहीँ उत्पादन भएको स्यानिटाइजर बिक्री गरिरहेका छौं । केहि दिनमा विदेशबाट समेत आयात गर्ने योजना छ।’- उनले भने। कोरोना भाइरसको सक्रमण बढ्न थालेपछि स्यानिटाइजरको माग आउन थालेको पाइएको छ।

पछिल्लो समय साल्ट ट्रेडिङमार्फत हुने बिक्री बढेको छ । साल्ट ट्रेडिङले लक डाउनको अवधिभर खाद्यान्नमा १० प्रतिशत छुट दिएर बिक्री गरिरहेको छ । ३ वटा भ्यानबाट घुम्ती सेवा मार्फत बिक्री गर्दै आएको छ । लक डाउनका कारण खाद्यनको अर्डर बढ्न थालेको छ ।

मोबाइल भ्यानप्रति उपभोक्ताहरु सकारात्मक भएको साल्ट ट्रेडिङका बजार प्रवन्धक प्रज्वल प्रधानले बताए । उनका अनुसार एउटा भ्यानबाट दैनिक १ लाख सम्मको कारोबार हुने गरेको छ।

आउटलेट र घुम्तीसेवाबाट दैनिक १२ लाख भन्दा बढीको व्यापार हुने गरेको पनि प्रधानले जानकारी दिए । ‘यतिबेला राहतको लागि र खाना बनाएर खुवाउनका लागि संघ, क्लव तथा समुहबाट खाद्यन किन्न आउने गरेको छन् । धेरै परिमाणमा लैजाने हुनाले उनीहरुको लागि छुटै मुल्य तोकिएको छ ।’- उनले भने।

भ्रममा नपर्नुस्, राजाका तस्वीर भएका नोट चल्छन्

राष्ट्र बैंकले आइतबार सफा नोट नीति संशोधन सम्वन्धमा दिएको निर्देशनलाई लिएर कतिपयले गलत व्याख्या गरिदिए।

अब राजाका तस्वीर अंकित नोटहरु नचल्ने भनी केही अनलाइनले समाचार बनाइदिए। त्यही विषयलाई लिएर राष्ट्र बैंकले सोमबार थप प्रष्ट पार्दै अर्को विज्ञप्ति निकाल्यो।

कोभिड १९ का कारण नोट छपाई र ढुवानीमा हुन गएको असहजतालाई मध्यनजर गर्दै प्रयोगमा ल्याउन सकिने अवस्थाका नोटलाई पुनः बजारमा लैजाने उद्देश्यले सफा नोट व्यवस्थासम्वन्धमा बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको राष्ट्र बैंकले प्रष्ट पारेको छ।

साथै राजाका तस्वीरयुक्त नोटका सम्वन्धमा कुनै नयाँ व्यवस्था नगरिएको राष्ट्र बैंकले जनाएको छ।

राजाको तस्वीर अंकित नोटहरु नचल्ने भन्ने हल्ला गलत भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए। यद्यपी त्यस्ता नोटहरु राष्ट्र बैंकले केही वर्षदेखि नै खिच्दै आएको छ।

बैंकहरुमा संकलन भएका त्यस्ता नोटहरु राष्ट्र बैंकले खिचेपछि पुनः बजार पठाउन छोडेको १० वर्षभन्दा बढी भैसक्यो।

अहिले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन नयाँ होइन। बैंकहरुले राजाका तस्वीर अंकित नोट सर्वसाधारणबाट लिन्छन्, तर त्यस्ता नोट सर्वसाधारणलाई दिँदैनन्। यो व्यवस्था बैंकहरुले केही वर्ष पहिलेदेखि नै गर्दै आएको प्रवक्ता भट्टले जानकारी दिए।

‘राजाको तस्वीर अंकित नोटका सम्वन्धमा गरिएकाे व्यवस्था नयाँ होइन, मात्र बैंकबाट रिलिज हुँदैनन्, जुन पहिलेदेखि नै हुँदै आएकाे हाे’ भट्टले भने।

यदी सर्वसाधारणसँग यस्ता नोट छन् भने बैंकहरुमार्फत पहिले पनि सटही गर्न पाउँथे, भोलि पनि पाउँछन् तर बैंकहरुबाट यस्ता नोट माग्न सक्दैनन्।

कतिपयले यस्ता नोट संग्रह गरेर राखेका हुन सक्छन्, तर बजारमा प्रचलनमा हराइसकेको छ। प्रचलनबाट राजा अंकित तस्वीरका नोटहरु हटाउँदै जाने लक्ष्य लिइएको राष्ट्र बैंकले जनाएको छ।

‘अहिलेको नयाँ व्यवस्था भनेको नोटमा तीन किसिमका स्लिप प्रयोग गरेर व्यवस्थापन गर्नु भन्ने मात्रै हो’ उनले भने। यसअघिसम्म सेतो र रातो स्लिप मात्रै प्रयोग हुँदै आएको थियो।

सफा नोटलाई सेतो र पुनः प्रयोग गर्न नमिल्ने नोटलाई बैंकहरुले रातो स्लिपले बेरेर छुट्याउने गर्दथे। अब भने हरियो स्लिपको पनि प्रयोग हुने भएको छ। नयाँ नोटका लागि हरियो स्लिपले बेरेर व्यवस्थापन गर्नुपर्नेछ।

पुनः प्रयोग गर्न मिल्ने मध्यमस्तरका नोटलाई सेतो स्लिपले बेरेर छुट्याउनुपर्नेछ। रातो स्लिपमा राजाका तस्वीर अंकित नोटहरु पनि पर्दछन्। रातो स्लिपका नोटहरु बैंक तथा वित्तीय संस्थाले नोट कोषमार्फत सटही गरेर नयाँ नोट लिन सक्छन्।

पुनः प्रचलनमा ल्याउन नमिल्नेगरी फोहोर भएको, झुत्रिएको, च्यातिएको, भिजेको र धेरै पुराना नोट बैंकहरुले राष्ट्र बैंक वा नोट कोषमा बुझाएर नयाँ नोट लिन सक्छन्।

त्यस्ता पुराना नोट र राजाका तस्वीर अंकित नोटहरु राष्ट्र बैंकले जलन गरेर नष्ट गर्दै आएको छ, तिनको साटो नयाँ नोट बजारमा जान्छन्।

डिजिटल नेपालको एजेन्डा सरकार र राजनीतिक नेतृत्वको प्राथमिकतामा रहनुपर्नेमा विज्ञहरूको जोड

सरकारले दुई वर्षअघि डिजिटल नेपाल बनाउने अभियान स्वरूप यसको फ्रेमवर्क सार्वजनिक ग¥यो । ८ मुख्य डोमेन र ८० वटा इनिसिएटिभ्स सहितको फ्रेमवर्क गतवर्षको कार्तिक ८ गते मन्त्रिपरिषद्को बैठकले पारित ग¥यो । फ्रेमवर्कको कार्यान्वयनमा भइरहेको ढिलाइबारे सचेत गराउँदै विज्ञहरूले सरकार र राजनीतिक उच्च तहबाट प्राथमिकतामा राखेर कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।
शनिवार डिजिटल संवाद कार्यक्रममा बोल्दै विज्ञ मनोहर भट्टराईले डिजिटल नेपाल फ्रेमवर्क एउटा लिभिङ डकुमेन्टको रूपमा रहेको तर यसको लक्ष्य र उद्देश्य अनुरूप काम गर्न सरकारी प्रतिबद्धतासँगै राजनीतिक एजेन्डाको रूपमा प्राथमिकतामा राखिनुपर्ने बताए । लकडाउनले डिजिटल अवसर खुला गरेको सन्दर्भलाई नियाल्दै सरकारले संघीय, प्रादेशिक तथा स्थानीय निकायमा पनि डिजिटल नेपालको कार्यान्वयनमा ध्यान दिनुपर्ने भट्टराईको जोड थियो । उनले भने, ‘डिजिटल नेपालका पिलरहरू बलियो बनाउँदै स्थानीय तहसम्म कार्यान्वयन गर्न नेशनल सिआइओको आवश्यकता छ ।’

सरकारले पछिल्लो समय प्रविधिलाई प्राथमिकतामा राख्दै समृद्ध मुलुक बनाउन डिजिटल नेपाल फ्रेमवर्क ल्याएको पूर्व सहसचिव वीरेन्द्र मिश्रले बताए । सरकार फ्रेमवर्कको कार्यान्वयनमा अघि बढेको भन्दै उनले अबको बजेट तथा नीति तथा कार्यक्रम यसतर्फ अघि बढ्न सहज बनाउने बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वमा डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन गरिने कुरा उल्लेख गरिएको छ । सरकारले पहिलो चरणमा ८ वडा डोमेन अन्तर्गत डिजिटल नेपाल फाउण्डेसनको काम भइरहेको जनाएको छ ।

नेपालमा डिजिटल नेपाल फ्रेमवर्क बाहेक पनि दर्जनांै पोलिसीहरू निर्माण भएका छन् । अहिले नेपालमा आइसिटी पोलिसी २०१५, ब्रोडब्याण्ड पोलिसी २०१५ सञ्चालनमा छन् । यसैगरी विद्युतीय कारोबार ऐन २०६३ समेत प्रचलनमा छ भने सरकारले सूचना प्रविधि विधेयक ल्याउने तयारी गरेको छ । नेपालमा पोलिसीको अभाव नभए पनि कार्यान्वयनमा समस्या भएको दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । अरूभन्दा इन्टरनेट तथा दूरसञ्चार क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताउँदै उनले काम गर्दा विभिन्न सरकारी निकायबीच समन्वय जरुरी रहेको बताए ।

डिजिटल नेपालको लागि फाउण्डेसन तयार पार्ने कामको लागि दूरसञ्चार प्राधिकरणले प्राथमिकताको साथ काम गरिरहेको बताउँदै खनालले कोरोना सकिएको ६ महीनाभित्र ब्रोडब्याण्ड विस्तारले तीव्रता पाउने बताए । नेपालमा धेरै योजना तथा पोलिसीहरू आए पनि कार्यान्वयन फितलो हँुदा हामीले प्रगति गर्न नसकेको जनाउँदै इन्टरप्राइज आर्किटेक्ट विवेक राणाले ग्रामीण क्षेत्रमा साधारण मानिसको जीवनशैली परिवर्तन गर्नेगरी काम गर्नुपर्ने बताए । ई–गभर्नेन्सको रूपमा नेपालमा एप्लिकेशन मात्र प्रयोग भएको तर त्यसको स्ट्यान्डराइज पनि नगरिएको बताए । पोलिसी बनाउँदा सबै क्षेत्रका मानिसहरुको सुझाव र प्रतिक्रिया लिएर अघि बढ्नुपर्ने बताउँदै राणाले सरकारले एक्सेसिबल गुड गभर्र्नेन्समा जोड दिनुपर्ने बताए ।
सरकारले इन्नोभेसनलाई प्रवद्र्धन गर्न नसकेको बताउँदै डिजिटल नेपालको कार्यान्वयनसँगै इन्नोभेसनलाई अघि बढाउन जेनरल टेक्नोलोजीका सुनैना पाण्डेले सरकारलाई आग्रह गरिन् । सेक्युरिटीका विषयलाई समेत हल्का रूपमा लिइएको बताउँदै पाण्डेले सरकारी काम वान विन्डो सिस्टमबाट हुनुपर्नेमा जोड दिइन् । सरकारले डिजिटल सेवालाई प्राथमिकतामा नराखेको गुनासो गर्दै भनिन्, ‘एकीकृत रूपमा काम गर्न आइसिटी काउन्सिल आवश्यक छ ।’

पूर्वमन्त्री गणेश शाहले कार्यक्रममा बोल्दै पोलिसी निर्माणदेखि कार्यान्वयनसम्म आउँदा सरकार धेरै ठाउँमा चुकिरहेको बताउँदै अब कोरोनाको संकटबाट पाठ सिक्दै अघि बढ्नुपर्ने बताए । डिजिटल डिभाइड कम गर्दै कार्यान्वयन पक्षमा सबै क्षेत्रलाई समेटेर समन्वयकारी भूमिकामा अघि बढ्नुपर्नेमा शाहको जोड थियो । कार्यक्रममा कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष दिपेन्द्र रोकायाले नीति बनाएर मात्र नहुने तर त्यसको कार्यान्वयनमा दक्ष जनशक्ति तयार गर्दै अघि बढ्नुपर्ने महसुस गरेको बताए ।

डिजिटल संवादमा विभिन्न प्रदेश सरकारका प्रतिनिधिसँगै १ सय ५० बढीको सहभागिता रहेको थियो । अष्ट्रेलिया सरकारसँग काम गरिरहेका सुदिप कार्कीले डिजिटल ट्रान्सफर्मेशन एजेन्सी बनाएर काम गर्न सुझाव दिए । प्रदेश ५ का प्रतिनिधि सुदिप अर्यालले डिजिटल नेपाल फ्रेमवर्कलाई दिगो विकासको लक्ष्यसँग जोडेर लैजानुपर्ने बताए । कार्यक्रममा आइटी विभागका पूर्व डिजी कपिलदेव श्रेष्ठ, क्यान महासंघका पूर्व अध्यक्ष विप्लवमान सिंह, आइटी उद्यमी लक्ष्मण श्रेष्ठ, आशुतोषमणि दीक्षित लगायतले आफ्नो विचार राखेका थिए ।

सरकारले ८ महिनाअघि मन्त्रिपरिषद्बाट पारित गरेको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन गर्नेगरी यस वर्ष सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ । ५ वर्षमा देशलाई डिजिटल नेपालको रूपमा प्रस्तुत गर्नेगरी फ्रेमवर्क ल्याएको हो । फ्रेमवर्कमा कतिपय कुराहरू अस्पष्ट रहेको र तयारीमा धेरैलाई समावेश नगरिएको भन्दै आलोचना हुने गरेको छ । सरकारले महत्वपूर्ण योजनाको रूपमा ल्याएको डिजिटल नेपालको कार्यान्वयन अघिल्ला योजनाहरूजस्तो फितलो नहोस् भन्ने पक्षमा सबै चनाखो रहनुपर्ने देखिन्छ । फ्रेमवर्र्कमा रहेका ८ डोमेनहरूमा कृषि, स्वास्थ्य, शिक्षा, अर्बान इन्फ्रास्ट्रक्चर, ऊर्जा, टुरिजम, फाइनान्स र डिजिटल फाउन्डेसन रहेका छन् । यस अन्तर्गत विभिन्न ८० वटा अभियानहरू सञ्चालन गरिने फ्रेमवर्कमा उल्लेख गरिएको छ ।

कोरोना भाईरसका बीच दुई दर्जन कर्मचारी निस्काशन गर्ने यी महारथीहरुलाई चिनौः सिद्धार्थ इन्स्योरेन्सको दादागिरीले हद नाग्यो, बीमा समितिका अध्यक्षज्यू ?

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसले लाखौ लाख मान्छेको ज्यान लिएको छ भने कोरोना भाईरसका कारणले नेपालमा पनि ३ जनाले ज्यान गुमाएका छन् । भने छ सय भन्दा बढि यस रोगसंग लडिरहेका छन् । यो विपत र विषम अवस्थाको मौका छोपी माडवाडी समुदायको लगानी रहेको सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २ दर्जन कर्मचारीलाई कामबाट हटाएको खुलेको छ ।

नेपालका माडवाडी समुदायका अर्बपतिहरु रतनलाल कोडिया, अध्यक्ष पवन कुमार अग्रवाल, राहुल अग्रवाल लगायतले गरेको सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २ दर्जन कर्मचारीको रोजीरोटी खोसेको हो ।

कोरोना भाईरसको महामाी बीच २ दर्जन करार र अस्थायी कर्मचारीहरुलाई हटाउन भूमिका खेलेको सिद्धार्थ इन्स्योरेन्सका सीइओ विरेन्द्र बैद्यवार क्षेत्री आफैमा विवादास्पद सीइओ हुन् ।

केही दिन अगाडी संचालक समितिको निर्देशनमा सीइओ क्षेत्रीले विना कारण कुनै स्पष्टिकरण समेत नसोधी लकडाउनमा घर पुगेका ६ जना अस्थायी र १६ जना करारमा काम गरेका कर्मचारीलाई इमेल मार्फत पत्र पठाउँदै निस्काशन गरेको एक कर्मचारीले आर्थिक बजार न्यूज डटकमसंग टेलिफोनमा बताए ।

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले खर्च घटाउन निर्देशन दिए लगत्तै भटाभट कर्मचारी हटाउने पहिलो बीमा कम्पनी हो सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड भन्दा अब फरक पर्दैन ।

यस्तो विपत र विषमको अप्ठ्यारो अवस्थामा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लगायत दर्जनौ कम्पनीहरुले कर्मचारी हटाईएको छ नि भनी गरेको प्रश्नमा बीमा समितिका अध्यक्ष चिरनजीवी चापागाईले भनेः– हामीले खर्च घटाउनु होला चाहि भनेकै हो तर, कर्मचारीलाई यस्तो विपतका बेला हटाउनु भनेको छैन नि ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी त एउटा पात्र मात्रै हो । दर्जनौ बीमा कम्पनीले सयौ करारमा भर्ना लिएका कर्मचारी भटाभट हटाउन थाले पछि अब बीमा समितिले तत्कालै यस्तो कार्य बन्द गर्न निर्देशन नै जारी गर्नु पर्ने आवाज उठेको छ । नत्र भोली कर्मचारीहरुले विद्रोह गर्न सक्ने अवस्था नआउला भन्न सकिदैन ।

पीडा सबैमा छ । तर, गरिबीकै कारण करारमा काम गरेका सयौ कर्मचारीको चुलो बन्द गरिने काम यस्तो बेला ागर्ने सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सीइओ क्षेत्रीलाई कसले कारवाही गर्ने ? यिनै कर्मचारीले गरेका बीमा लेखबाट ६÷७ लाख तलब र हजारौ हजार बोनस खाने सीइओ क्षेत्रीले रातारात कर्मचारी हटाएर के सन्देश दिन खोजेका हुन् ।

यस्तो पीडादायी र विषम अवस्थामा कर्मचारीको चुलो बन्द गरिनु कत्ति उचित होला । बीमा समितिका अध्यक्षज्यू समय र परिस्थिति अनुसार चल्न निर्देशन अब चाहि ढिलो भयो कि अध्यक्षज्यू ? सचेत भया ।

जीवन बीमामा करछुट सुविधा २५ हजारबाट ५० हजार बनाउन प्रस्ताव

जीवन बीमाको कर छुट २५ हजारबाट ५० हजार पुर्याउन बीमा समितिले प्रस्ताव गरेको छ । यही जेठ १५ गते आर्थिक विधेयकको रुपमा सार्वजनिक हुने बजेटमा प्राकृतिक व्यक्तिको आयमा कर छुट सुविधा हाल कायम रहेको २५ हजारबाट दोब्बर बनाउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ ।

बीमाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै बीमाको पहुँचमा चमत्कारिक रुपमा बृद्धि गर्न सफल भएको सन्दर्भमा आगामी आर्थिक वर्षदेखि आयकर तिर्दा जीवन बीमाको शुल्क बापत भुक्तानी भएको रहेछ भने बार्षिक ५० हजार रुपैयाँसम्मको आयमा कर छुटको सुविधा दिन नियमनकारी निकाय बीमा समितिले सिफारिस गरेको हो । जीवन बीमा कम्पनीहर देशको विकास र समृद्धिका लागि पुँजि निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस्तो सुविधाले आयकरमा सामान्य गिरावट आएपनि दीर्घकालिन रुपमा सफल हुने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले बताए ।

जीवन बीमालाई सरकारले बचतकै महत्पूर्ण अंशको रुपमा लिँदै प्रोत्साहन गर्न आयकर छुट दिन आर्थिक समृद्धिमा योगदान पुग्ने विश्लेषण सहित यस्तो प्रस्ताव गरेको बीमा समितिले जनाएको छ