जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • उद्योगी व्यवसायीलाई कर छुट, ब्याज मिनाहदेखि सस्तोमै ऋण दिने प्रधानमन्त्रीको घोषणा

उद्योगी व्यवसायीलाई कर छुट, ब्याज मिनाहदेखि सस्तोमै ऋण दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई कर छुटदेखि सस्तोमै ऋण दिने घोषणा गरेका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन । औद्योगिक व्यवसायीक क्षेत्रमा सरकारले कर सहुलियत, शुल्क मिनाहा, सहुलियत ऋणको व्यवस्था, विद्युतको क्षेत्रमा छुट दिने घोषणा प्रधानमन्त्री ओलीले गरेका छन् ।

‘कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक/व्यावसायिक क्षेत्रका लागि राहत सुविधाको व्यवस्था सरकारले गर्नेछ । यस्ता सुविधामा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युत लगायतका क्षेत्रमा दिइने छुटहरु पर्नेछन् । निजी क्षेत्र सबल नहुँदा अर्थतन्त्र सबल हुन सक्दैन भन्ने यथार्थलाई सरकारले राम्रोसँग बुझेको छ । शिथिल बन्न पुगेको अर्थव्यवस्थालाई दुरुस्त गर्न आवश्यक आर्थिक पुनरुत्थानसम्बन्धी विस्तृत प्रस्ताव अर्थ मन्त्रालयले छुट्टै जारी गर्नेछ ।’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीले अब आवश्यक उद्योग संचालन हुने र राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन राख्ने बताए । यो अवधिमा पनि धरहरा, रानीपोखरी, माथिल्लो तामाकोशी लगायतको काम भइरहेको बताए । यसले लकडाउनको अवधिमा पनि विकास निर्माणको काम गर्न सकिने उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले जुन जुन जिल्लाका श्रमिक रहेका छन उनीहरुलाई समुदायमा नमिसिने गरेर कोरोना परिक्षण गरेर उद्योग व्यवसाय सञ्चालन हुने क्षेत्रमा ल्याउने बताए ।

ओलीले सम्बन्धित उद्यमीले आफ्नो उद्योगमा काम गर्ने उद्योगीले तोकेको मापदण्ड पुरा गरे वा नगरेको आफै मूल्याङकन गर्ने पनि बताए ।

आवश्यक भौतिक पूर्वाधारको आयात निर्यातमा ल्याउन छुट दिने भन्दै प्रधानमन्त्रीले श्रम गर्नेलाई राहत दिने र श्रम गर्न सक्नेलाई रोजगारी दिने सरकारको नीति भएको जानकारी दिए ।

विदेशमा रोजगारी गुमेर धेरै नेपाली नेपालमा फर्केको र मुलुकमा रहेका रोजगारी अवसर विदेशबाट फर्किएका र नेपालमा भएकालाई व्यवस्था गर्ने प्रधानमन्त्रीको घोषणा छ ।

7695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका