जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • साल्ट ट्रेडिङले भ्यानबाट टोल टोलमा इन्डक्सन चुलो र स्यानिटाइजर बेच्दै

साल्ट ट्रेडिङले भ्यानबाट टोल टोलमा इन्डक्सन चुलो र स्यानिटाइजर बेच्दै

खाद्य कम्पनीको स्टक सकिएपछि बजारको माग धान्न साल्ट ट्रेडिङ कर्पोरेशनले इन्डक्सन चुलो बेच्न थालेको छ ।
सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशनले लक डाउनको समयमा उपभोक्ताको माग अनुसार दैनिक उपभोग्य सामानका साथै इन्डक्सन चुलो समेत बिक्री गरिरहेको जनाएको छ ।

सुरुका दिनमा उपत्यकाभित्र बिक्री गरिरहेको खाद्यन यतिबेला उपत्यका बाहिर पनि बिक्री भइरहेको छ ।

कोरोना भाइरसका कारण गत महिना बजारमा ग्यास अभाव हुदा उपभोक्ताहरु इन्डक्सन चुलो प्रति आकर्षित बनेका थिए। खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग भएको चुलो सबै बिक्री भएपछि पनि उपभोक्ताबाट लगातार माग आइरहेको थियो।

लक डाउनको समय भएका कारण बजार बन्द भएपछि साल्ट ट्रेडिङले माग बढी भएको ठाउँमा लगेर बितरण गर्न लागेको साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पकंज जोशीले बताए ।

हाल साल्ट ट्रेडिङले दैनिक रुपमा आउटलेट र घुम्ती सेवाबाट खाद्यान्न, इन्डक्शन, स्यानिटाइजर र ग्यास बिक्री गरिरहेको छ । हाल बिक्री गर्न लागेको इन्डक्शन चुलो यसअघि खाद्य कम्पनीले बिक्री गरेको भन्दा सस्तो रहेको सहायक महाप्रबन्धक जोशीले जानकारी दिए । इन्डक्सन चुलोको २६ सय ५० रुपैयाँमा बिक्री गरिरहेको उनले बताए। इन्डक्सन चुलोका लागि आवश्यक प्रेसर कुकर, कराही र सस प्यान समेतको सेट पनि बिक्रीमा राखिएको छ।

साल्ट ट्रेडिङले २ सय ५० रुपैयाँमा १ सय ५० एमएलको स्यानिटाइजर बिक्री गरिरहेको छ । ‘यतिबेला यहीँ उत्पादन भएको स्यानिटाइजर बिक्री गरिरहेका छौं । केहि दिनमा विदेशबाट समेत आयात गर्ने योजना छ।’- उनले भने। कोरोना भाइरसको सक्रमण बढ्न थालेपछि स्यानिटाइजरको माग आउन थालेको पाइएको छ।

पछिल्लो समय साल्ट ट्रेडिङमार्फत हुने बिक्री बढेको छ । साल्ट ट्रेडिङले लक डाउनको अवधिभर खाद्यान्नमा १० प्रतिशत छुट दिएर बिक्री गरिरहेको छ । ३ वटा भ्यानबाट घुम्ती सेवा मार्फत बिक्री गर्दै आएको छ । लक डाउनका कारण खाद्यनको अर्डर बढ्न थालेको छ ।

मोबाइल भ्यानप्रति उपभोक्ताहरु सकारात्मक भएको साल्ट ट्रेडिङका बजार प्रवन्धक प्रज्वल प्रधानले बताए । उनका अनुसार एउटा भ्यानबाट दैनिक १ लाख सम्मको कारोबार हुने गरेको छ।

आउटलेट र घुम्तीसेवाबाट दैनिक १२ लाख भन्दा बढीको व्यापार हुने गरेको पनि प्रधानले जानकारी दिए । ‘यतिबेला राहतको लागि र खाना बनाएर खुवाउनका लागि संघ, क्लव तथा समुहबाट खाद्यन किन्न आउने गरेको छन् । धेरै परिमाणमा लैजाने हुनाले उनीहरुको लागि छुटै मुल्य तोकिएको छ ।’- उनले भने।

6725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका