जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • जीवन बीमामा करछुट सुविधा २५ हजारबाट ५० हजार बनाउन प्रस्ताव

जीवन बीमामा करछुट सुविधा २५ हजारबाट ५० हजार बनाउन प्रस्ताव

जीवन बीमाको कर छुट २५ हजारबाट ५० हजार पुर्याउन बीमा समितिले प्रस्ताव गरेको छ । यही जेठ १५ गते आर्थिक विधेयकको रुपमा सार्वजनिक हुने बजेटमा प्राकृतिक व्यक्तिको आयमा कर छुट सुविधा हाल कायम रहेको २५ हजारबाट दोब्बर बनाउन अर्थ मन्त्रालयलाई सुझाव दिएको छ ।

बीमाप्रति सर्वसाधारणको आकर्षण बढेसँगै बीमाको पहुँचमा चमत्कारिक रुपमा बृद्धि गर्न सफल भएको सन्दर्भमा आगामी आर्थिक वर्षदेखि आयकर तिर्दा जीवन बीमाको शुल्क बापत भुक्तानी भएको रहेछ भने बार्षिक ५० हजार रुपैयाँसम्मको आयमा कर छुटको सुविधा दिन नियमनकारी निकाय बीमा समितिले सिफारिस गरेको हो । जीवन बीमा कम्पनीहर देशको विकास र समृद्धिका लागि पुँजि निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यस्तो सुविधाले आयकरमा सामान्य गिरावट आएपनि दीर्घकालिन रुपमा सफल हुने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले बताए ।

जीवन बीमालाई सरकारले बचतकै महत्पूर्ण अंशको रुपमा लिँदै प्रोत्साहन गर्न आयकर छुट दिन आर्थिक समृद्धिमा योगदान पुग्ने विश्लेषण सहित यस्तो प्रस्ताव गरेको बीमा समितिले जनाएको छ

12175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?