जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंकको अनलाइन बैकिङ सेवा अपग्रेड

माछापुच्छ्रे बैंकको अनलाइन बैकिङ सेवा अपग्रेड

माछापुच्छ्रे बैंकले अनलाइन बैकिङ सेवालाई अपग्रेड गरेको छ। बैंकले अब नो लाइन बैकिङ नाराका साथ अनलाइन बैकिङ अपग्रेड गरेको हो।

बैंकका व्यवसायिक तथा व्यक्तिगत दुवै ग्राहकले घर वा कार्यालयमा बसेर अधिकतम बैंकिङ सेवा सरल रूपमा पाउने विज्ञप्तिमा उल्लेख छ। बैंकका अनुसार अन्तर बैंक रकमान्तर, कनेक्ट आइपिएस र स्टेटमेन्ट हेर्न पाउने सुविधा छ।

TaTaRiddisiddi Cement
यो सेवामार्फत व्यवसायिक तथा कर्पोरेट हाउसले तलबको व्यवस्थापन गर्न पनि पाउनेछन्। बैंकका अनुसार अन्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेको खातामा रकमान्तर, क्रेडिट कार्डको बिल पेमेन्ट, वालेटका माध्यमबाट पैसा लोड र मोबाइल टपअप गर्न मिल्नेछ। बैंकका अनुसार बारम्बार तिर्नुपर्ने रकमलाई सेड्युल गरेर तिर्न सकिनेछ।

8575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका