जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

गभर्नर डा.चिरंजीवि नेपालले जाँदा जाँदै के भने ?

अर्थमन्त्रीले दिएका कतिपय ठाडो निर्देशन पनि मानेन् डा. चिरंजीवि नेपालले । नेपाल राष्ट्र बैंकलाई स्वयत्ततामै राख्ने उनको अडान चट्टान जस्तै अडियो । २० ७२ को मौद्रिक नीति ल्याउँदा बैंकको पुँजीबृद्धि चार गुणाले बढाउने निर्णयको धेरैले विरोध गरे ।

जतिवेला बाणिज्य बैंकहरुको चुक्ता पुँजी २ अर्बबाट ८ अर्ब बनाउनुपर्ने थियो । तर त्यतिबेला चर्को विरोध गरेका बैंकहरुले अन्तत ८ अर्ब मात्रै होइन चुक्ता पुँजी १९ अर्ब सम्म बनाए । गभर्नर डा. नेपालले वित्तीय पहुँच बृद्धिमा पनि अर्को सफलता पाए ४० प्रतिशत रहेको वित्तीय पहुँच अहिले ६१ प्रतिशत पुगेको छ । उनको अर्को सफलता हो विग्रीएका र संकटग्रस्थ रहेका वित्तीय संस्थाहरु मर्जरबाट सफलतातिर अघि बढ्नु । जाँदा जाँदै के भने गभर्नर नेपालले :

गभर्नर नेपालको अन्तिम सम्बोधन पूर्णपाठ

भिडबाट ग्राहकलाई बचाउन भारतको आईसीआईसी बैंकले घरमै ५०० वटा सेवा उपलब्ध

भारत लगायतको अर्थव्यवस्था कोरोना भाइरसले नष्ट गरिरहेको छ।  यस भाइरससंग डिल गर्नको लागि लागिरहेका छन। भीड कम गर्न विभिन्न तरिकाहरूबाट प्रयत्न भइरहेको छन। यस्तैमा भारतको आईसीआईसी बैंकले आफ्ना ग्राहकलाई भिडबाट बचाउनका लागि घरमै सेवा उपलब्ध गराएको छ ।

भारतको प्रसिद्ध आईसीआईसीआई बैंकले एक ठूलो निर्णय गरेको छ। बैंकले आफ्ना ग्राहकहरुलाई घरमा ५०० सुविधा प्रदान गर्ने घोषणा गरेको छ। बैंकको नयाँ सेवाको नाम आईसीआईसी इस्ट्यान्ट  हो। यो सुविधाको थालनी भएपछि बैंक सम्बन्धी सबै कामहरू शाखामा नगइ लिन पाउने भएको छ। बैंकले दिएको जानकारीका अनुसार नयाँ प्लेटफर्म मार्फत ५०० वटा महत्वपूर्ण बैंकिग सुविधा उपलब्ध गराइएको छ। यो सेवाहरु, इन्टरनेट बैंकिग र मोबाइल बैंकिग प्लेटफार्महरु मा उपलब्ध छ।

यो नयाँ सुविधामार्फत बचत र चालू खाताहरू डिजिटल रूपमा खोल्न सकिन्छ। यस बाहेक,  तत्काल ऋण, तत्काल क्रेडिट कार्ड, तत्काल होम लोन, तत्काल अटो ऋण, तत्काल ओभरड्राफ्ट, तत्काल व्यापार ऋणको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ।

बैंकका ग्राहकलाई भिडभाडमा जान नपरोस भनेर  बैंकले शाखामा जान आवश्यक छैन। त्यस्तै,  डिजिटल पैसा लेनदेन, यूपीआई, भारत बिल भुक्तान प्रणालीको लागि प्रयोग गरि भिडमा जानबाट बैंकले सहज गरेको छ ।

साथै, बीमा सम्बन्धित सेवाहरू पनि डिजिटल मोड मार्फत उपलब्ध छन्। यो मात्र होइन, एफडी, आरडी, एसआईपी, पीपीएफ, एनपीएस, म्युचुअल फन्ड लगानी र अन्य सुविधाहरू पनि उपलब्ध छन्।

२५ जनाभन्दा बढी भेला हुन सरकारको प्रतिबन्ध

कोरोना भाइरस नियन्त्रणका हरेक उपाय अवलम्बन गर्न क्रियाशील बनेको सरकारले धेरै मानिस जम्मा हुने क्षेत्र लक डाउन गर्ने निर्णय गरेको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणले भयावह रुप लिइसकेको छैन । तर, उच्च जोखिममा रहेका कारण दर्शाउँदै सरकारबाट गठित उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड(१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको आठौं बैठकले सिनेमा हल बन्दको निर्णय गरेको छ । योसँगै राजधानीमा करोडौं लगानीमा खुलेका अत्याधुनिक सिनेमा हाल अप्रीलसम्म बन्द हुनेछन् ।

सो समितिले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी गराएका छन् ।

यस्तै, सो बैठकले अत्यावश्यक काममा बाहेक आवतजावत र हिँडडुल नगर्न सर्वसाधारणमा अपील गरेको छ ।

सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा जानै परे पनि २५ जना भन्दा बढी मानिसहरु भेला हुन सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

यस्तै, सो बैठकले भरसक सार्वजनिक सवारी साधनमा यात्रा नगर्न, गरिहाल्नु परे पनि भीड बढी भएको सवारी साधनमा नचढ्न आग्रह गरेको छ भने यातायात व्यवसायीलार्य बढी भीड हुने गरी यात्रु नओसार्न आग्रह गरेको छ ।

बैठकले मानिसहरुको बढी जमघट हुने सार्वजनिक महत्वका स्थलहरुमा स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) ले दैनिक रुपमा निश्चित समयको अन्तरालमा सरसफाई गर्ने व्यवस्था मिलाउन भनेको छ भने बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी, कालो बजारी, मिसावट गर्ने, गराउनेलाई तत्काल प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।

यस्तै, दैनिक उपभोग्य वस्तुको कुनै अभाव नहुने भन्दै सरकारले अनावश्यक रुपमा अतिरिक्त सामान सञ्चय नगर्न समेत सर्वसाधारणमा आह्वान गरेको छ ।

यस्तै, सरकारले आवगमनमा लगाएको प्रतिबन्धको कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकहरुको भिसा अवधि नियमित गर्न निर्धारित भिसा अवधिभित्र आवेदन गरेमा प्रचलित कानून बमोजिम भिसा नियमित गर्ने निर्णय गरेको छ ।

युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च २०२० मध्य रातिदेखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने भएको छ।

कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एड्भाइजरी जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा वा वायुसेवा कम्पनीले आफै उडान रद्द गरेको अवस्थामा हवाइ टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने र हवाइ टिकट रद्द गर्दा पुरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिने निर्णय समेत गरिएको छ ।

बैठकले २०७६ चैत ६ गतेदेखि संचालन हुन गइरहेको एसइइ परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्न निर्देशन दिएको छ । तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय भएक छ।

होटेल, रेष्टुरेन्ट तथा सपिङ्ग महलका संचालकहरुलाई हात सफा गर्ने (स्यानिटाइजर) लगायत सफाइका सामग्रीहरुको प्रबन्ध गरी टेबल, कुर्सी, बार(रेलिङ्ग र शौचालय आदि स्थानहरुमा नियमित रुपमा सफा गर्न लगाउने निर्णय गरेको छ।

साथै तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी उक्त स्थानहरुमा प्रवेश गर्ने व्यक्तिहरुको स्वास्थ्य जाँच गर्न भनेको छ।

 

सानोभर्‍याङबाट १० लाख थान मास्क बरामद

प्रहरीले १० लाख थान मास्कसहित काठमाडौंको सानोभर्‍याङबाट एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले १० लाख थान मास्कसहित गोरखाका विनोद न्यौपानेलाई पक्राउ गरेको हो ।

यसअघि महाशाखाले मंगलबार मात्रै बढी मूल्यमा बेच्न खोजिएको १६ कार्टुन स्यानिटाइजर बरामद गरेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले इन्द्रचोकको सुरज आर्केटमा छापा हानेर स्यानिटाइजरसहित रुपेश रौनियारलाई पक्राउ गरेको थियो ।

निर्धक्क भएर लगानी गर्नुहोस्, हल्लाको पछाडि नलाग्नुहोस्

बजारमा कोरोना भाइरसको हल्लाले अस्वभाविकरुपमा निरन्तर ओरालो लागेको कारण लगानीकर्ताहरुलाई बजारप्रति विश्वासको वातावरण जगाउन निर्धक्क भएर लगानी नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । नेप्से परिसूचकमा निरन्तर देखिएको गिरावटलाई कोरोनासँग दाँजेर बजारलाई थप धरासायी बनाउने षड्यन्त्रविरुद्ध बोर्डले दोस्रो बजारमा हल्लाका पछाडि नलागी निर्धक्क लगानी गर्न आग्रह गरेको हो ।

बोर्डले बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा केही दिनयता धितोपत्र दोस्रो बजारको कारोबार सम्बन्धमा आएका समाचार तथा बजारको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले दोस्रो बजार प्राकृतिक रुपमा चल्न दिनुपर्छ भन्ने मान्यता राख्दै बजारको अवस्थालाई निकै गम्भीर भई सूक्ष्म रुपले अध्ययन गरिरहेको उल्लेख गरेको छ।

पछिल्लो समय बजारलाई कोरोना भाइरससँग जोडेर बजारप्रति नकारात्मक हल्लाहरु फैलाउने कार्य भइरहेकोप्रति इंगित गर्दै बोर्डले नेपालमा कोरोनाको प्रकोप नदेखिएको र सरकारले रोकथामका लागि पूर्वसावधानीका साथ विभिन्न चालिरहेको स्पष्ट पारेको छ।

यसैबीच बजार विकासका लागि बोर्डले सुधारका विभिन्न कार्यहरु अगाडि बढाइरहेको र देशको समष्टिगत आर्थिक अवस्था तथा समग्र सूचीकृत कम्पनीहरुको वित्तीय अवस्थासमेत सन्तोषजनक रहेको दाबी गरेको छ। यस किसिमको सामान्य अवस्था रहँदारहँदै हतोत्साहित भई हतारहतारमा धितोपत्र बिक्रीसम्बन्धी निर्णय लिनुपर्ने अवस्था नरहेको बोर्डले लगानीकर्ताहरुलाई सचेत गराएको छ।

धितोपत्र खरिदबिक्रीमा लगानी गर्दा लगानीकर्ताले कम्पनीका बारे विस्तृत रुपमा सुझबुझ तवरले लगानीसम्बन्धी निर्णय लिन पनि बोर्डले अनुरोध गरेको छ। बोर्डले देश र समग्र अर्थतन्त्र सामान्य रहेकाले हतार हतार सेयर बेच्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको हो ।

नेपाल बैंकको खराब कर्जा डरलाग्दो

आफूलाई पूर्व एमाले कार्यकर्ता भन्न रुचाउने नेपाल बैंकका सीइओ कृष्ण अधिकारीको नालायकीपनले नेपालको सबैभन्दा पूरानो सरकारी बैंक नेपाल बैंक लिमिटेड डुब्न लागेको छ भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो ।

बैंकका अध्यक्ष वासुदेव अधिकारीको सोझोपनलाई फाइदा लिँदै सीइओ अधिकारीले बैंकमा लुट मच्चाएका छन् । भन्दा अब फरक पर्दैन । सुन्दा पनि अचम्म लाग्ने काम बैंकका सीइओबाटै हुन्छ भन्दा पत्याउन गाह्रो होला । तर, यो पनि सत्य हो ।

नेपाल बैंक सरकारी स्वामित्वको बैंक हो । यस बैंकमा लाखौ लाख ग्राहकहरुको पैसा छ । पचासौ वर्षदेखि लकर छन् । त्यस भित्र के छ ? कसैलाई थाहा छैन । कतिजना त लकरको सेवा लिने मरिसके । अहिले सत्ता र शक्तिको फूर्ति दिँदै सीइओ अधिकारीले बैंकका लकर खोल्न राष्ट्र बैंक र सम्बन्धीत मन्त्रालयमा सहमतीका लागि पत्राचार गरेको अर्थमन्त्रालय स्रोतको दाबी छ । रातारात जनताको लकर फुटाउने र लुट मच्चाउने सीइओ एवं एमाले कार्यकर्ता अधिकारीको कथा मिठो छ । तत्कालीन एमालेका एक नेतालाई करिब ५ करोड बुझाएर नेपाल बैंक जस्तो पूरानो बैंकको सीइओ बन्न सफल अधिकारीले बैंक भित्र भाँडभैलो मच्चाएको भेटिएको छ ।

बैंकका एक सञ्चालकले भनेः– आफ्नालाई कर्जा प्रवाह देखि कम्यूनिष्टका अनलाईन र पत्रपत्रिकामा एजेन्सी मार्फत कमिशन लिई नेपाली जनताको रगत र पसिनाको पैसा माथी सीइओ अधिकारीले लुट मच्चाएको भेटिएको छ । यति सम्मकी सञ्चारमाध्यममा विज्ञापन गर्दा समेत एक विज्ञापन एजेन्सी मार्फत कमिशन लिने गरेको खुलेको छ ।

अब बैंकको वित्तिय विवरण भित्रको खराब कर्जाको कुरा गरौं । आजभन्दा १५/२० वर्ष अगाडी बैंक राष्ट्र बैंकले हस्तक्षेप गरी सुधार गरेपछि काँचुली फेरीएको बैंक हो । नेपाल बैंक विदेशबाट बैंकर ल्याएर सुधार गरेको बैंकमा अहिले करिब ३ प्रतिशत खराब कर्जा देखिएको छ । बैंक स्रोत भन्दछः– सीइओ अधिकारीले कर्जा उठाउन भन्दा पनि सेलिब्रेटी बन्दै सञ्चारमाध्यामा फोटो छपाउने होडवाजीमा लागेका छन् । मोटो जनताको पैसा खर्च गरेर विभिन्न पत्रपत्रिका अनलाईन र सरकारी सञ्चारमाध्याम राससमा अन्र्तवार्ता लिएर बैंक राम्रो भएको धक्कु लगाउते हिँडेको देखिन्छ । तर, बैंकको खराब कर्जा करिब ३ प्रतिशत देखिन्छ ।

नेपाल राष्ट्र बैंकले १ प्रतिशत भन्दा बढि खराब कर्जा भएको बैंकमा हस्तक्षेप गर्न सक्दछ । त्यसकार ठूला डिपोजिटकर्ता र शेयरधनीहरुको प्रतिफल नेपाल बैंकमा सुरक्षित देखिदैन । लगानीकर्ताहरुको र डिपोजिटकर्ताहरुको पैसा डुब्ने प्रस्टै देखिन्छ ।

पंक्तिकारले यसबारेमा राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणी सिवाकोटीलाई प्रश्न गर्दा उनीले भनेः– सबै तीन वटै सरकारी लगानी भएका बैंकमा खराब कर्जा उच्च नै छ । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमा हामीले घटाउन निर्देशन नै जारी गरेको अवस्था हो । राष्ट्रिय वाणिज्य बैंक राम्रो भयो तर अरु २ वटा बैंकको सुधार भएको देखिदैन । उनीले थपेः– हामी सुश्मरुपमा अध्ययन गदैछौं नि ।

सीइओ छन् नै अयोग्य व्यक्ति । सीइओ भएपछि नेपाल बैंक अब सुध्रिने देखिदैन । अधिकारी जस्ता अपरिपक्क व्यक्तिलाई सीइओ बनाएको भन्दै ठूला लगानीकर्ता र डिपोजिटकर्ताले चित्त दुखाएका मात्रै छैनन् । डिपोजिट फिर्ता लैजाने भएका छन् ।

नेपाल बैंकका अध्यक्ष्ँ बासुदेव अधिकारीलाई प्रश्न गर्दा उनीले भनेः– बैंक बनाउने कामको मुख्य जिम्मेवारी सीइओको हो । हामीले निर्देशन दिने र हेरविचार गर्ने हो नि ।

उनीकै भनाई सापटी लिने हो भने बैंक बनाउने सीइओ सेलिब्रेटी बन्दै पत्रिकामा फाटो छपाउने अन्र्तवार्ता दिने होइन । बैंक भित्र बसेर पोलिसी बनाउने र बैंकलाई उच्च खराब कर्जाको जोखिमबाट बचाउने हो कि कसो गर्भनर डा. चिरनजीवी नेपालज्यू ? सचेत भया ।

चिन्तामणि आजदेखि कामु गभर्नर

चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरको जिम्मेवारी पाएका छन् । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को व्यवस्था नभएसम्मका लागि शिवाकोटीलाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएका हुन् । २०७१ साल चैत ५ गते गभर्नरको नियुक्ति पाएका चिरञ्जीबि नेपालको कार्यकाल मंगलबार सकिएपछि शिवाकोटीलाई सो जिम्मेवारी दिइएको हो । यसअघि गभर्नरको कार्यकाल नसिकँदै नयाँ नियुक्ति हुने गथ्र्यो ।

यस पटक राष्ट्र प्रमुख नै विरामी परेपछि गभर्नर नियुक्ति हुन सकेको थिएन । नयाँ गभर्नरको नियुक्ति हुन नसकेपछि शिवाकोटीलाई नयाँ व्यवस्था नहन्जेलसम्म कामु गभर्नर तोकिएको हो । गभर्नर विदेश जाँदा, बिदामा बस्दा वा अन्य कारणले विदामा बस्दा समेत कायम मुकायम गभर्नरको जिम्मेवारी अर्थमन्त्रीको निर्णयमा वरिष्ठ डेपुटी गभर्नरलाई तोक्ने प्रचलन थियो ।

यही अनुसार शिवाकोटीले गभर्नर नेपाल विदेश जाँदा करिब २५ पटकसम्म यस्तो जिम्मेवारी पाइसकेका छन् । गभर्नरको अवकाशपछिको यो जिम्मेवारीको प्रकृति सोही किसिमको हुने भए पनि यो जिम्मेवारीलाई यसअघिको जिम्मेवारी भन्दा केही विशेष मानिन्छ ।

यो जिम्मेवारी प्राप्त गर्नेले पूर्णकालीन रुपमा नियुक्त हुने गभर्नरले जत्तिकै काम गर्न पाउँछन् कि पाउँदैनन् भन्ने सम्बन्धमा हालसम्म कुनै पनि कानूनी व्यवस्था छैन । यसमा निर्णयको आवश्यकता र स्वविवेक प्रधान हुने जानकारहरु बताउँछन् । यसअघि कृष्णबहादुर मानन्धरले कामु गभर्नर भएकै अवस्थामा नोटमा हस्ताक्षर समेत गरेका थिए ।

प्राइम बैंकको डिपुटी सीइओमा अमृत चरण श्रेष्ठ

केहि दिन अगाडी प्राइम कर्मशियल बैंक र प्राइम बैंक भन्दा बढि शाखा सञ्जाल भएको कैलाश विकास बैंकबीच मर्जर भएको थियो ।
प्राइभ बैंकले कर्मचरी मिलान गर्न अझ बाँकी रहेको भएपनि कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठलाई दोस्रो स्थान डिपुटी प्रमुख कार्यकारी अधिकृत बनाउने सहमती भएको प्राइम बैंकका एक सञ्चालकले आर्थिक बजारन्यूज डटकमसंग टेलिफोनमा बताए ।

प्राइम बैंक र कैलास विकास बैंकबीच मर्जर पछि कैलास बैंकका कर्मचारीलाई पनि प्राइम बैंकसंग लैजाने नीति लिएको देखिन्छ । यस्तै कैलास विकास बैंकका डिपुटी सीइओ तारा मानन्धर प्राइम बैंकको डिजिएम भएर कैलास विकास बैंकमा काम गर्ने भएको ती सञ्चालकले दाबी गरे ।

अहिले पदको छिनोफानो नभएका कारण कैलाश कैंकका सीइओ श्रेष्ठ र डिपुटी सीइओ मानन्धर कैलास बैंकको तत्कालीन केन्द्रीय कार्यालयको भवनमा नै प्राइम बैंकको काम गरिरहेका भेटिएको छ ।

नविल बैैंकमा लामो समय काम गरेका अमृत चरण श्रेष्ठ एनसीसी बैंकका सीइओ बनेका थिए । त्यस लगत्तै उनी कैलाश बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) भएर काम गरेका दक्ष र अनुभवी बैंकर मानिन्छन् ।

सिटिजन्स बैंकले गर्यो भृकुटी माध्यमिक विद्यालयलाई एक लाख सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोहन्याल शाखाद्धारा मोहन्याल गाउँपालिका वडा नं. ४ खिमडी स्थित श्री भृकुटी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरुको पठनपाठनमा मदत हुने हिसाबले एक लाख आर्थिक सहयोग प्रदान गरेको हो ।

बिद्यार्थीको सर्वागिंण  बिकासमा शिक्षाले ठूलोे भुमिका खेल्ने भएकोले गर्दा सो कुरालार्ई ध्यानमा राखी यस बैंकले यो सहयोग गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ । भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्निउपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधि मैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ । अन्तराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगदफिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

सेञ्चुरी बैंकका ग्राहकले सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा १० प्रतिशत छुट पाउने

सेञ्चुरी कमर्सियल बैंक र सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरिएको हो ।

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुले सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका प्रबन्धक कार्डस र ट्रान्जेक्सन बैकिङ्ग युनेस पुरी र सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक सेल्स एण्ड मार्केटिङ्ग प्रोप्राइटर प्रभाकर खड्काले हस्ताक्षर गरेका हुन् ।

आईएमएस ग्रुपको मास्क अर्को सातादेखि बजारमा, ५ रुपैयाँ मै पाईने

आईएमएस ग्रुपले आगामी सातादेखि बजारमा नयाँ मास्क ल्याउने भएको छ । मोबाइल बजारमा ख्याती कमाएको सामसुङ मोबाइल बिक्रेता आईएमएस ग्रुपले आगामी सातादेखि बजारमा नयाँ उत्पादन ‘माक्स’ ल्याउन लागेको हो । आगामी साताको पहिलो दिन आइतबारदेखि नै बजारमा माक्स ल्याउने तयारी गरिएको गु्रपका अध्यक्ष दिपक मलहोत्राले जानकारी दिए ।

कोराना भाइरसका कारण बजारमा माक्स हाहाकार भएपछि उनले माक्स उत्पादन गर्न लागेका हुन् ।  ‘सम्भवतः आइतबारदेखिनै आईएमएस ग्रुपको माक्स बजारमा आउँछ,’ उनले भने ‘आज मंगलबार माक्स बनाउने मेशिन भैरहवा भन्सारबाट छुट्छ ।’ ‘आपतकालीन यो अवस्थामा सामाजिक उत्तरदायित्व पुरा गर्न र माक्स नपाएर अतालिएका उपभोक्तालाई राहत दिन मैले मास्क उत्पादन गर्न लागेको हुँ,’ उनले भने ।

मलहोत्राले मेशिन आईपुगेपछि दुई दिन जडान गर्न लाग्ने र त्यसपछि उत्पादन शुरु हुने बताए  । ढिलामा पनि बुधबार बेलुकासम्म काठमाडौं मेशिन आइपुग्छ,’ उनी भन्छन् ‘दुई दिन जडान गर्न लाग्छ र तेस्रो दिनदेखि उत्पादन शुरु हुन्छ ।’ साउट इण्डियाबाट मेशिन मगाएको हुँ,’ यी मेशिनबाट दैनिक ७० हजार माक्स उत्पादन हुन्छ ।’ माक्सका लागि आवश्यक कच्चा पदार्थ नेपालमै भएको र त्यसको व्यवस्था मिलाइसकेको पनि बताए ।

माक्समा राख्ने इलाष्टिक र भित्रको फिल्टर पेपर नेपाली बजारमा छैन । तर, त्यसको पनि व्यवस्था गु्रपले मिलाइसकेको छ । ‘यो टेण्डर होइन म आफैले चासो देखाएर गर्न लागेको हुँ । मात्र सरकारले मेशिन कारखानासम्म ल्याउन सकजीकरण गरिदिए हुन्छ । भन्सार महसुल र मूल्य अभिवृद्धि कर सरकारलाई तिर्छु । मात्र मैले सरकारबाट भन्सारमा मेशिन नरोकिएयोस भन्ने चाहेको छु,’ उनले भने । ललिपुरको लुभुमा रहेको गोथेरा क्लोेथिङ प्राइभेट लिमिटेड(गार्मेन्ट) ले उक्त माक्स उत्पादन गर्ने छ  ।

‘अहिलेको माक्स क्राइसिसलाई व्यवस्थापन गर्न मात्र लागेका हुँ,’ उनले भने ‘ यो मेशिनबाट ब्याग समेत सिलाउन मिल्ने भएकोले पछि उक्त मेशिन सोही गार्मेन्टलाई कम मूल्यमा दिन्छु ।’ यो मैले व्यवसायिक प्रयोजनले नभइ विशुद्ध सामाजिक भावनाले गर्न लागेको हुँ । एउटा माक्स उत्पादन गर्न कष्ट अफ प्रडक्सन नै ७ रुपैयाँ पर्छ । मैले उपभोक्तालाई ५  रुपैयाँमा माक्स उपलब्ध गराउँदै छु । औषधि व्यवसायी संघले माक्स बिक्री गर्न मागेको छ । उनीहरूलाई भने उनले प्रति माक्स ७ रुपैयाँ (उत्पादन मूल्य) मा उपलब्ध गराउने छन् ।

उपभोक्तालाई ५ रुपैयाँमा माक्स कसरी उपलब्ध गराउने त भन्दा उनको जवाफ सरल छ –‘मेरो नेपालभर ३१ वटा मोबाइल शोरुम छन् । त्यहि शोरुमबाट म आम उपभोक्तालाई दैनिक २० वटाको दरले माक्स उपलब्ध गराउँछु ।’  ‘माक्स किन्नको लागि सेलपेबाट पैसा भुक्तानी गर्नुपर्छ । सेलपे  एपमै म माक्स भनेर राख्छु र सेलपेबाटै भुक्तानी गराउँछु ।’

मेरो उद्देश्य भनेको उपभोक्तालाई सस्तोमा माक्स उपलब्ध गराउने हो । आधा सामान म ७ तै  रुपैयाँमा बेच्छु र आधा  उपभोक्तालाई उत्पादन लागतभन्दा दुई रुपैयाँ कममा दिन्छु  ।  कष्ट अफ प्रडक्शनभन्दा पनि कम मूल्यमा राहत स्वरुप दिन लागेको माक्स भएकोले यसमा कालोबजारी नहोस् भन्ने चाहना मलहोत्राको हो ।

के हो सेलपे ?

सेल टेलकमले बनाएको सेलपे एक एप हो । सेलपे डिजिटल पैसा भुक्तानी गर्ने एक प्रणाली हो । यो वालेट होइन सिधै बैंक खाताबाट चलाउने हो । २७ वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकमा सेलपे सिष्टम सञ्चालनमा छ । सेलपे सिष्टम लागू नभएका बैंकमा खाता भएका ग्राहकले सेलपे एप चलाउन पाउँदैनन् । अहिले सेलपे डाउनलोड गर्ने ३५ हजार छन् भने केवाईसी भेरिफाइ भएका भने करिब १५ हजार छन् ।

प्रत्येक नेपालीको एउटा न एउटा बैंक तथा वित्तीय खाता छ भन्ने मान्यता राख्दै सेलपे मार्फत माक्स किन्न म उपभोक्तालाई आग्रह गर्छु,’ उनले भने । सामसुङ शोरुममा रहेका कर्मचारीले नै सेलपे समेत चलाउन सिकाउने मलहोत्राले बताए । गत साता चेम्बर अफ कर्मशमा भएको छलफलमा मलहोत्राको संयोजनमा माक्स समस्या समाधान गर्ने गरी भनिएको थियो ।

मेगा बैंकबाट धरानमा महिला उद्यमीलाई प्रशिक्षण

मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ ।

साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरुलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जाका बारेमा प्रशिक्षण कार्यक्रम गरेको हो ।

सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत बैंकले आयोजना गरेको कार्यक्रममा महिला उद्यमीहरुलाई बचत, बैंकिङ कर्जा, व्यवसायिक सफलतामा बैंकको महत्वका साथै मेगा बैंकले प्रदान गर्दै आएका विभिन्न सेवा सुविधाका बारेमा माइक्रो बैंकिङ विभागका प्रमुख पुण्य खनिया, मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले लगायतले प्रशिक्षण दिनुभएको थियो ।

यसैगरी, मेगा बैंकले विशेष प्राथमिकता दिएको ब्याज अनुदान महिला उद्यमशिल कर्जाका बारेमा महिला उद्यमीहरुले निकै चासो लिएका थिए । महिला उद्यमीहरुलाई अत्यन्तै आकर्षक रहेको यस कर्जामा सेवा शुल्क मिनाहा गरिएको छ भने ६ प्रतिशत ब्याज अनुदानको व्यवस्था गरिएको छ । यसैगरी, आधार दरमा थप २ प्रतिशतमात्रै व्याजदर तिरे पुग्ने हुँदा महिला उद्यमीहरु यस कर्जाप्रति आकर्षित भएका मेगा बैंकका माइक्रो बैंकिङ प्रमुख खनियाले बताउनुभयो ।