जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • चिन्तामणि आजदेखि कामु गभर्नर

चिन्तामणि आजदेखि कामु गभर्नर

चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरको जिम्मेवारी पाएका छन् । मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले अर्को व्यवस्था नभएसम्मका लागि शिवाकोटीलाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएका हुन् । २०७१ साल चैत ५ गते गभर्नरको नियुक्ति पाएका चिरञ्जीबि नेपालको कार्यकाल मंगलबार सकिएपछि शिवाकोटीलाई सो जिम्मेवारी दिइएको हो । यसअघि गभर्नरको कार्यकाल नसिकँदै नयाँ नियुक्ति हुने गथ्र्यो ।

यस पटक राष्ट्र प्रमुख नै विरामी परेपछि गभर्नर नियुक्ति हुन सकेको थिएन । नयाँ गभर्नरको नियुक्ति हुन नसकेपछि शिवाकोटीलाई नयाँ व्यवस्था नहन्जेलसम्म कामु गभर्नर तोकिएको हो । गभर्नर विदेश जाँदा, बिदामा बस्दा वा अन्य कारणले विदामा बस्दा समेत कायम मुकायम गभर्नरको जिम्मेवारी अर्थमन्त्रीको निर्णयमा वरिष्ठ डेपुटी गभर्नरलाई तोक्ने प्रचलन थियो ।

यही अनुसार शिवाकोटीले गभर्नर नेपाल विदेश जाँदा करिब २५ पटकसम्म यस्तो जिम्मेवारी पाइसकेका छन् । गभर्नरको अवकाशपछिको यो जिम्मेवारीको प्रकृति सोही किसिमको हुने भए पनि यो जिम्मेवारीलाई यसअघिको जिम्मेवारी भन्दा केही विशेष मानिन्छ ।

यो जिम्मेवारी प्राप्त गर्नेले पूर्णकालीन रुपमा नियुक्त हुने गभर्नरले जत्तिकै काम गर्न पाउँछन् कि पाउँदैनन् भन्ने सम्बन्धमा हालसम्म कुनै पनि कानूनी व्यवस्था छैन । यसमा निर्णयको आवश्यकता र स्वविवेक प्रधान हुने जानकारहरु बताउँछन् । यसअघि कृष्णबहादुर मानन्धरले कामु गभर्नर भएकै अवस्थामा नोटमा हस्ताक्षर समेत गरेका थिए ।

6695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका