जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • जेन्जी आन्दोलनमा बैंकको एटीएम फुटाउने पक्राउ

जेन्जी आन्दोलनमा बैंकको एटीएम फुटाउने पक्राउ

जेनजी प्रदर्शनमा एटिएम फूटाएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका घर भई भक्तपुरको थिमी नगरपालिका ७ बस्ने २९ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त थिमीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको एटिएम तोडफोड गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । भदौ २४ मा प्रहरी वृत्त थिमीमा आगजनी भएपछि एटिएम तोडफोड भएको थियो ।

1150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका