जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • १८ करोडको शेयर नक्कली डिभोर्सको कागजबाट बेचियो

१८ करोडको शेयर नक्कली डिभोर्सको कागजबाट बेचियो

भूपेन्द्र आचार्य
नेपालका बैंक र वित्तिय क्षेत्रमा एक पछि अर्को अचम्म र पत्याउनै नसक्ने घटना घटेका छन् । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले छोरीको नाममा लाखौं किता शेयर नामसारी गरी राष्ट्र बैंकमा छोरीको डिवोर्स भएको पत्र पु¥याएर कारवाहीबाट बचे । यस्तै नाटक मञ्चन गरेका छन् । सीभिल बैंकका अध्यक्ष एबं एमाले पूर्व सभासद् इच्छाराज तामाङले आफू अध्यक्ष रहेको बैंकको शेयर आफ्नो परिवार (श्रीमती)को विक्री गर्न पाइदैन तर तामाङले १७ लाख ५३ हजार कित्ता शेयर बिक्री गर्न श्रीमतीसंग डिवोर्स गरि अशंवण्डाको कारोवार भएको नक्कली कागज पत्र राष्ट्र बैंकमा पेश गरी चमत्कार गरेका छन् ।
राष्ट्र बैंक उच्च स्रोत भन्दछः– तामाङ्गले धुमाउरो पाराबाट आफ्नो श्रीमतीको १७ लाख ५३ हजार कित्ता संस्थपक शेयर १०० रुपैयाका दरले १७ करोड ५३ लाख रुपैयामा कर्मचारी सञ्चय कोषलाई बिक्री गरेका छन् । राष्ट्र बैंकसंग १ प्रतिशत भन्दा बढि शेयर बिक्री गर्दा स्वीकृती मागे संगै सीभील बैंकका अध्यक्ष तामाङले श्रीमती सिर्जना शाक्यसंग छोडपत्र भएको अंश वण्डा गरिएको नक्कली कागज राष्ट्र बैंकलाई बुझाएको खुरेको हो ।

लामो समय भएपनि राष्ट्र बैंकले संस्थापक शेयर बिक्री गर्न स्वीकृती भने दिएको छैन । राष्ट्र बैंकको बोर्ड बैठकमा गर्भनर डा. चिरनजीवी नेपालले स्वीकृती दिनु नहुने बताएपछि तामाङ शक्ति केन्द्र पुगेको एक डिपुटी गर्भनरले बताए । ती डिपुटी गर्भनरले भनेः– एभरेष्ट बैंकका अध्यक्षको सिको सिक्दै सीभिल बैंकका अध्यक्ष तामाङले जुन काम गरे त्यो गलत छ हामी स्वीकृती दिँदैनौ । पछिल्लो समय वाणिज्य बैंकका अध्यक्षहरुले नै आफ्नो परिवार भित्रै शेयर किनबेच गरि बैकिङ्ग नम्सको धज्जी उठाएका छन् ।

बैंक भित्र चर्को विवादका कारण सीभिल बैंकको थप शेयर बिक्रीमा बजारमा असार २२ गतेसम्म गएको छ । तर कसैले किन्ने आँट गरेको देखिदैन । राष्ट्र बैंकको सुपरीवेक्षण विभागले अंशवण्डा मात्र नभई श्रीमान्, श्रीमतीबीच सम्बन्ध विच्छेदको प्रमाण पनि पेश गरेमा स्वीकृत गर्न सकिने जनाउ दिएको थियो ।

यसैलाई टेकी अध्यक्ष तामाङले श्रीमतीसंग नक्कली डिभोर्स गरेको राष्ट्र बैंकको बुझाई छ । यसअघि जनता बैंक नेपालका सञ्चालक गुरु प्रसाद न्यौपानेले श्रीमतीको नाममा सेयर किनबेच गर्दा राष्ट्र बैंकको कारवाहीबाट उन्मुक्ति पाउन श्रीमतीसँग सम्बन्ध विच्छेदको कागजपत्र राष्ट्र बैंकमा पेस गरेका थिए । यी एमाले बैंकरको सिको गर्दै अर्को एमाले बैंकर तामाङले पनि यस्तै नाटक गर्दै आएको देखिन्छ ।

कानुनी व्यवस्थालाई चुनौती दिँदै ठूला व्यवसायीहरुले सेयर किनबेच गर्ने क्रममा श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न थालेका छन् । तर यस्तो सम्बन्ध विच्छेद कानुनी छिद्र प्रयोग गरी व्यवसाय लाभ गर्न मात्र भएको र वास्तविक रुपमा उनीहरुबीच सम्बन्ध विच्छेद नभएको उनीकै बैंकका उच्च कर्मचारीले नाम नलेख्ने शर्तमा बताए ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा ‘‘परिवार’ भन्नाले सञ्चालकको श्रीमती, छोरा, बुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा, पालन पोषण गर्नु पर्ने दाजु, भाउजु, भाइ, बुहारी, दिदी, बहिनी सम्झनुपर्छ’ भनिएको छ ।
तर त्यसको प्रतिबन्धात्मक वाक्यमा ‘अंशवण्डा गरी मानो छुट्टाई, आ–आफ्नो पेशा व्यवसाय गरि बसेका परिवारको सदस्यलाई जनाउने छैन’ भनी लेखिएको छ । उक्त कानुन बनाउँदा इच्छाराज तामाङ संविधानसभा सदस्य थिए । उनी नै कानुनलाई चुनौती दिँदै हिडेका छन् । यो कस्तो बैकिङ हो । गर्भनर साब ?

तत्कालीन अवस्थामा बाफिया संशोधनले संविधानसभा सदस्य बैंकको सञ्चालक वा अध्यक्ष बन्न नपाउने व्यवस्था गरेपछि तामाङले बैंक सञ्चालक समितिमा श्रीमती सिर्जना शाक्यलाई पठाएर आफूले राजीनामा दिएका थिए । सभासद्को कार्यकाल सकिएपछि तामाङ पुनः बैंकको अध्यक्ष भएको छन् । जहिले पनि नाटक गर्दै आएका तामाङलाई कसले कारवाही गर्ने गर्भनर साब ? सचेत भया ।

7805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?