जोडिनुहोस
शुक्रबार, जेष्ठ ११, २०८१
शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • अब वर्ल्डरेमिटबाट खल्ती खातामा पैसा प्राप्त गर्दा २०० बोनस पाइने

अब वर्ल्डरेमिटबाट खल्ती खातामा पैसा प्राप्त गर्दा २०० बोनस पाइने

खल्ती डिजिटल वालेटले वर्ल्डरेमिटबाट पैसा पठाउँदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत पठाईएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले २०० रुपैयाँ बोनस तुरुन्तै पाउनेछन् ।

वर्ल्डरेमिटसँगको यस सहकार्यले चौबिसै घण्टा ७० भन्दा बढी राष्ट्रहरुबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको खल्तीकारेमिट्यान्स विभाग प्रमुख सौरभ राज पाण्डेले बताए ।

वर्ल्डरेमिटबाट खल्तीमा पैसा पठाउनको लागि भने वर्ल्डरेमिट एप लग इन गरी ‘सेन्ड मनि’ मा ट्याप गर्ने गन्तव्यमा ‘नेपाल’ रोजी पठाउन चाहेको कुल रकम दाखिला गर्ने अनि अन्त्यमा मोबाइल मनि ट्रान्सफरभित्र खल्ती मोबाइल वालेट छानी पाउने व्यक्तिको सम्पुर्ण विवरण भरी पठाउन सकिन्छ ।

 

4870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका