जोडिनुहोस
शनिबार, जेष्ठ १२, २०८१
शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • मेटलाइफले नेपालमा स्थापना भएको २० वर्ष मनाउँदै

मेटलाइफले नेपालमा स्थापना भएको २० वर्ष मनाउँदै

विश्वकै अग्रणी बीमा कम्पनीहरु मध्ये एक, मेटलाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेदेखि नै मेटलाइफले थुप्रै बीमा सेवा तथा सुविधाहरुको शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देश भरि छरिएका धेरै मानिसहरुलाई लघुबीमा मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

“संसार परिवर्तिनशील छ र निरन्तर परिवर्तन भइरहन्छ । यस परिवर्तनशील संसारमा एउटै स्थिर कुरा भनेकोे नेपालमा बसोबास गर्ने व्यक्ति, परिवार र समुदायलाई थप आत्मविश्वासी भविष्य निर्माण गर्न मद्दत गर्ने मेटलाइफको प्रतिबद्धता रहेको छ ।” मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक  निर्मलकाजी श्रेष्ठले बताए । साथै उनले नपालमा मेटलाइफको २०औं सफल वर्षोत्सव मनाइरहँदा आफ्नो जीवनको हिस्सा बनाउने कम्पनीका ग्राहकहरु प्रति कृतज्ञता व्यक्त गरेका छन् ।

कम्पनीलाई ग्राहकहरु प्रति गुणस्तरीय सेवा तथा उत्कृष्ट अनुभव प्रदान गर्न प्रोत्साहन तथा सक्षम बनाउन सहयोग गर्ने बीमा क्षेत्रका नियामक संस्थाहरु, खटिएका कर्मचारी तथा एजेन्टहरु, तथा अन्य व्यापार साझेदारहरुलाई पनि धन्यवाद व्यक्त गरे । यसरी मेटलाइफले देशको जीवन बीमा क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्दै आफ्ना ग्राहकहरुमाभm अझ उत्कृष्ट सुरक्षा योजनाहरुका साथै प्रविधिमय अनुभवहरुको निरन्तर विकासमा अग्रसर रहिरहने उपाध्यक्ष तथा महाप्रबन्धक श्रेष्ठले बताए ।

विगत २० वर्षमा मेटलाइफ नेपालले २५० करोड रुपैयाँ भन्दा बढीको दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरहरु मार्फत ४०,००० भन्दा बढी पेशाको श्रृजना, २,००० करोड रुपैयाँको जीवन बीमा कोष तथा २७४ करोड रुपैयाँको जगेडा कोषको स्थापना गरि वित्तीय स्थायित्व कायम गरिसकेको छ । हाल मेटलाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकहरुलाई जीवन बीमा सुरक्षण प्रदान गरिरहेको छ । 

मेटलाइफले सँधैं व्यापारमा मात्र नभई आफ्ना ग्राहक, समुदाय र समाज कल्याणमा सकारात्मक प्रभाव पार्नसक्ने प्रयासहरु गर्दै आएको छ भने नेपालको बीमा क्षेत्रमा थुप्र्रै नवीनतम् कार्यहरु मार्फत आफ्नो नेतृत्वको स्थान पनि स्थापित गरेको छ । देशमा बीमा विशेषज्ञताको विकास गर्न सन् २००२ मा कर्मचारी र एजेन्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको जीवन बीमा प्रशिक्षण प्रदान गर्ने पहिलो बीमा कम्पनी हो ।

सन् २००३ मा पहिलो पटक शिक्षा सुरक्षा योजना शुरुवाता गरि बच्चा र अभिभावक दुवैका लागि बीमा सुरक्षा प्रदान गर्ने पहिलो बीमा कम्पनी हो । सन् २००९ मा लघुबीमा लागू गर्ने पहिलो बीमा कम्पनी  २०१५ को भूकम्पको समयमा दावी भुक्तानी गर्ने पहिलो र सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने पहिलो कम्पनी र स्तन र पाठेघर क्यान्सर लगायत महिलाहरुलाई असर गर्ने प्रमुख गम्भिर रोगहरुमा सुरक्षा प्रत्याभूत गर्ने महिलाहरुको लागि विशेष सुरक्षा योजना “लाइफकेयर” शुरुवात गर्ने पहिलो बीमा कम्पनी हो ।

ग्राहकहरुका लागि अनलाइन प्रीमियम भुक्तानी सुविधा प्रदान गर्ने पहिलो बीमा कम्पनी । यस बाहेक मेटलाइफले आफ्ना ग्राहक र साझेदारहरुलाई समग्ररुपमा सहज प्रविधिमैत्री अनुभव प्रदान गर्नका लागि डिजिटल सेल्स प्लेटफर्म (KITE), ग्राहक सेवाका लागि मोबाइल एप र दाबी जानकारीका लागि अनलाइल दाबी सूचना जस्ता पहलहरुको पनि विकास गरेको छ । 

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।  संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरु मध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी बजारहरुमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिय, यूरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ । 

4290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?