जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकले वितरण गर्याे यस वर्षको १४.२५ प्रतिशत बोनस शेयर

सिद्धार्थ बैंकले वितरण गर्याे यस वर्षको १४.२५ प्रतिशत बोनस शेयर

सिद्धार्थ बैंक लिमिटेडले १४ दशमलव २५ प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । बैंकले गत पुस ३० गते सम्पन्न २०औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा कारोबार योग्य बनाएपश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । 

फागुन १५ गते दोस्रो बजारमा सूचीकृत गरिएको उक्त बोनस शेयर सोही दिनदेखि हितग्राही खातामा जम्मा गरिएको जानकारी बैंकले दिएको छ । बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १८ गते एक दिन बुक क्लोज गरेको थियो । 

बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको बोनस शेयर पाएका हुन । पुस १८ गते अघिका तीन दिन भने धितोपत्र दोस्रो बजारमा कारोबार भएको थिएन । 

बैंकले यस वर्ष बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश समेत दिएकाले शेयरधनीहरुले बोनस शेयर वापतको कर रकम तिर्नुपर्नेछैन । बैंकको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

3960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?