जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले पाँचौ पटक जित्यो वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार 

मुक्तिनाथ विकास बैंकले पाँचौ पटक जित्यो वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान  (एनएफआरएस) प्रणालीअन्तर्गत प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७९र८० का लागि मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ।

यो पुरस्कार बाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ , २०७८/०७९ र २०७९/०८० गरि लगातार पाँचौं पटक पुरस्कृत भएको हो ।आइक्यानले ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड’ विभिन्न पाँच विधामा प्रस्तुत गरेको थियो।

विधाहरुमा १.निजी बैंकिङ्ग क्षेत्र २. वित्तीय सेवा क्षेत्र (अन्य सम्पूर्ण वित्त कार्य गर्ने कम्पनीहरु) ३. उत्पादन क्षेत्र ४. शक्ति र ऊर्जा क्षेत्र ५. सेवा क्षेत्र छन् । विकास बैंक तथा अन्य वित्तीय कार्य गर्ने कम्पनीहरु मध्येबाट उक्त कम्पनीले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको छ ।

गत शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत  प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

2300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका