जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ३२ कराेड बचत ठगी गर्ने शिवशिखर सहकारी सञ्चालक पक्राउ

३२ कराेड बचत ठगी गर्ने शिवशिखर सहकारी सञ्चालक पक्राउ

शिवशिखर वहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय महेन्द्रनगर, त्रिभुवनबस्ती र बेलौरीका वचतकर्ताहरुले जम्मा गरेको वचत रकम फिर्ता माग्दा नपाएको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कारवाही प्रक्रिया अगाडि बढाएकाे छ ।

शिवशिखर वहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय महेन्द्रनगरका सञ्चालक समिति समेतका पदाधिकारीहरुले हाल सम्म ३१,९७,०३९५५ ( एकतिस कराेड सन्तानन्बे लाख तीन हजार नौ सय पचपन्न ) वचत हिनामिना गरि ठगी गरेको आराेप छ ।

हाल सम्म ३६७१ जनाले शिवशिखर वहुउद्देश्यीय सहकारी संस्थाको शाखाविरूद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुर कार्यालयमा जाहेरी पेश गरेकोमा सो जाहेरी दर्ता गरिएकाे थियाे ।

प्रहरीले अनुसन्धानको क्रममा उक्त सहकारीका पदाधिकारी प्रतिवादी गीता शर्मा, केदार नाथ शर्मा, पुस्कर मल्ल र अमिस राज भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएर अनुसन्धान कार्य भई रहेको जानकारी दिएकाे छ ।

860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका