जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • टीभीएसको स्वामित्वको कम्पनी नोर्टनले इलेक्ट्रिक बाइक उत्पादन गर्ने

टीभीएसको स्वामित्वको कम्पनी नोर्टनले इलेक्ट्रिक बाइक उत्पादन गर्ने

टीभीएसको स्वामित्वमा रहेको नोर्टनले इलेक्ट्रिक मोटरसाइकल विकास परियोजनाको घोषणा गरेको छ। यसका लागि युनिभर्सिटी अफ वारविक पनि अनबोर्डमा छ। यसले उक्त इभी मोटरसाइकलमा लाग्ने ब्याट्री टेक्नोलोजी निर्माण गर्नेछ।

नोर्टन पछिल्लो निर्माता हो जसले विद्युतीय दुई पाङ्ग्रे सवारी साधनहरू उत्पादन गर्ने योजना ल्याएको छ। टीभीएसकै स्वामित्वमा रहेको ब्रिटिस मार्कले ३० महिनाको परियोजनामा विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन बजारमा ल्याउने लक्ष्य राखेको जनाएको छ।

‘प्रोजेक्ट शून्य कार्बन उत्सर्जन नोर्टन’ ले उत्कृष्ट कार्यसम्पादन र ह्यान्डलिङ विशेषताहरूको आधारमा दायरा धेरै भएको विद्युतीय दुई पाङ्ग्रे सवारी साधन निर्माण गर्ने लक्ष्य राखेको छ।

नोर्टनका सीईओ डा. रोबर्ट हेन्चेलले यो परियोजनाले इभी कम्पोनेन्टको आपूर्तिमा बेलायतलाई मुख्य रुपमा राख्ने लक्ष्य राखेको छ। यो परियोजना बेलायत सरकारको एडभान्स्ड प्रोपल्सन सेन्टर १९ युनिटद्वारा सह-लगानी छ।

कम्पनीद्वारा भविष्यवाणी गरिएको ३० महिनाको टाइमलाइनको मतलब यो उत्पादन सम्भवतः २०२४ को अन्तमा बजारमा सार्वजनिक गरिनेछ।

6090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका