जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • सानिमा लाइफको जीवन बीमा कोषको आकार ३ अर्ब ७४ करोड

सानिमा लाइफको जीवन बीमा कोषको आकार ३ अर्ब ७४ करोड

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क बोहक अधिकांश सूचक बृद्धि भएको छ ।

१ अर्ब रुपैयाँ चुक्ता भएको कम्पनीको जगेडा कोषमा ३० करोड ३ लाख रुपैयाँ संचिती रहेको छ । जीवन बीमा कोषमा ३ अर्ब ७४ करोड ७ लाख रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार २ अर्ब ४६ करोड ८ लाख रुपैयाँ थियो । गत वर्षको तुलनामा बीमा कोषको आकार बृद्धि भएको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष ४ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५४ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले ५५ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क सामान्य प्रतिशतले घटेको छ ।

यस अवधिमा कम्पनीले १४ करोड ८० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको दाबी भुक्तानी २२८ प्रतिशतले बृद्धि भएको छ ।

हालसम्म कम्पनीले ११ अर्ब २८ रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय १६ रुपैयाँ ९३ पैसा रहेको छ

2145
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका