जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकको अपिल- ‘ऋण लिँदाका सर्त लागू नभए खबर गर्नू’

राष्ट्र बैंकको अपिल- ‘ऋण लिँदाका सर्त लागू नभए खबर गर्नू’

नेपाल राष्ट्र बैंकले ऋण लिँदाको सर्त लागू नभए खबर गर्न अपिल गरेको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा भएको सम्झौता अनुसार सर्त लागू नभएको भए जानकारी दिन अपिल गरेको हो ।

ऋण लिनु भनेको ‘ऋणी’ र ‘ऋण दिने संस्था’बीचको सम्झौता भएको बताउँदै सो सम्झौता अनुसार ब्याजदर, ऋणको अवधि, भुक्तानी विधि, धितो, ऋण असुली जस्ता विषयमा नियामकीय दायरामा रही आवश्यक सर्त तोकिने राष्ट्र बैंकले जनाएको छ । तर, सम्झौता अनुसार बैंक तथा वित्तीय संस्थामा कुनै पनि कार्य भएको छैन भने गुनासो गर्न राष्ट्र बैंकले अपिल गरेको छ ।

‘ऋण लिँदाका सर्तअनुसार भए गरेको छैन भने ऋण लिएको संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्नुहोस् । उक्त संस्थाबाट गुनासो सुनुवाई नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक इकाइमा गुनासो दर्ता गर्न सक्नुहुनेछ’– राष्ट्र बैंकद्धारा जारी सूचनामा भनिएको छ ।

यस्तो छ सूचनाः

1175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका