जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानीमा बृद्धि

शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानीमा बृद्धि

नेपालको नं. १ इन्स्यारेन्स कम्पनी शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको यहि अवधिको तुलनामा यो ७.८३ प्रतिशतले बढी हो। कम्पनीले गत आर्थिक वर्षको यहि अवधिमा १९ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले ९० करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको यहि अवधिमा यो ३ करोड ९० लाख रुपैयाँले बढी हो । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ८६ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुर्नबीमा कमिशन आयबाट २० करोड ४६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ९ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकारमा सुधार भएको छ। गत वर्ष पुस मसान्तमा १२ करोड ५३ लाख रुपैयाँ रहेको जगेडा कोषको आकार अहिले ३४ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

शिखरले बीमा कोषमा पनि २२ करोड ३४ लाख रुपैयाँले सुधार गरेर ९५ करोड ७१ लाख रुपैयाँ सञ्चित गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको बीमा कोषमा ७३ करोड ३७ लाख रुपैयाँ सञ्चित थियो । इन्स्योरेन्सको महाविपत्ति कोषमा ५ करोड २९ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीले एक लाख ५९ हजार ९०९ वटा बीमा लेखा जारी गरी १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने २६ हजार ३२२ वटा बीमालेख नवीकरण भएका छन् । कम्पनीले कुल ३ हजार ७२१ वटा दाबी वापत ७४ करोड ४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार १७६ वटा दाबी वापत ७३ करोड ४८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी ४० रुपैयाँ एक पैसा, प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ ५१ पैसा, र मुल्य आम्दानी अनुपात २३.२७ गुणा बढी छ ।

7965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका