जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सैनिक कल्याणकारी कोष र प्रभु बैंकविच सम्झौता

सैनिक कल्याणकारी कोष र प्रभु बैंकविच सम्झौता

सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंक लिमिटेडका विच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिककर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । सैनिक कल्याणकारी कोष जंगी अड्डाका तर्पmबाट उपरथी ताराध्वज पाण्डे र प्रभु बैंक लि. कातर्पmबाट प्रमुखकार्यकारी अधिकृत अशोक शेरचनले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सैनिक कल्याणकारी कोष र प्रभु बैंक विचआज सम्पन्न सम्झौता बमोजिम नेपाल सैनिक जंगी अड्डाद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोषको सिफारिसमा बहालवाला तथा अवकास प्राप्त सकल दर्जाका सैनिकहरुका छोरा छोरीहरुलाई स्वदेश तथा विदेशमा प्राविधिक विषय अन्तर्गत जस्तै चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचनाप्रविधि, कृषि र पशु विज्ञान तथावन विज्ञान संकायमा स्नातक वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्नका लागि प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ ।

यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा अधिकतम् रु. २५ लाख सम्मको हुनेछ । यो शैक्षिककर्जा सुविधाप्रभु बैंक लि.को बबरमहल स्थित मुख्य शाखा कार्यालयबाट अथवा कर्जा सुविधा लिन चाहने विद्यार्थीलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट झण्झट रहित तबरले प्राथमिकताका साथ उपलब्ध हुनेछ ।

10790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका