जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • यसरी तुहियो एभरेष्ट र लक्ष्मी बैंकको मर्जर

यसरी तुहियो एभरेष्ट र लक्ष्मी बैंकको मर्जर

भूपेन्द्र आचार्य । ठूला दुई बैंक लक्ष्मी र एभरेष्ट बैंक बीच मर्जर हुने हल्ला १ वर्ष चलाएर डिडिए समेत भएको अवस्थामा तुहिएको छ । भारतीय पञ्जाव नेशनल बैंकको टिमले लक्ष्मी बैंकको २ कित्ता बराबर एमरेष्ट बैंकको १ शेयर हुनुपर्ने अन्तिम निर्णय गरेपछि यी दुबै बैंकको एक हुने सपना तुहिएको खुलेको छ ।

नेपाली लगानीकर्ताहरुको बैंक लक्ष्मी बैंकलाई कौडीको मुल्यमा खान खोजेको भारतीय पञ्जाब नेशनल बैंकको छोरो बैंक एभरेष्ट बैंक अन्तत असफल भएको छ । अपाटमेन्ट, अटोमोबाइल व्यवसाय र घरजग्गामा ५० प्रतिशत भन्दा बढी कर्जा प्रवाह गरेको एभरेष्ट बैंकको वित्तिय अवस्था पछिल्लो समय गिर्दो छ भने लक्ष्मी बैंकको वित्तिय अवस्था अत्यन्तै राम्रो हुँदै गएको देखिन्छ । नेपाल राष्ट्र बैंकले पटक÷पटक सानातिना कारवाही गरेको एभरेष्ट बैंकको केही दिन अगाडी लाभाशं समेत रोक्का भएको थियो ।

नेपाली भूमिमा सधैं दादागिरी गर्दै आएको एभरेष्ट बैंकले गत शुक्रबार पत्रकार सम्मेलन नै गरि अब लक्ष्मी बैंकसंग मर्जर नगर्ने घोषणा मात्रै गरेर मर्जर तुहिएको दाबी समेत गरेको छ ।

एभरेष्ट बैंकका सदाबहार अध्यक्ष विके श्रेष्ठकै शब्द सापटी लिने हो भने राजेन्द्र खेतानकै कारण लक्ष्मी बैंकसँग मर्जर प्रक्रिया रोकिएको हो । एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठले सो खुलासा गरेका हुन् । शुरुमा खेतानले मर्जरका निम्ति पहल गरेको भए पनि पछि उनकै कारण रोकिएको उनीले दोष राजेन्द्र खेतान माथी लगाएर हिँडेका छन् ।

श्रेष्ठले आर्थिक बजारन्यूजडटकमसंग भने स्वाप रेसियोमा खेतानले बार्गेनिङ गरेपछि मर्जर रोकिएको हो । भारतीय कन्सल्सटेन्सीले एभरेष्टको १ बराबर लक्ष्मीको २.७५ कित्ताका निम्ति सिफारिस गरेपनि खेतानले त्यसको बार्गेनिङ गरे । उनले भने लक्ष्मी बैंकसंगको मर्जरको प्रक्रिया तोडेका छौं ।

एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठले जे जस्तो दाबी गरे पनि मर्जर राजेन्द्र खेतानका कारण होइन । एभरेष्ट बैंककै विवादका कारण रोकिएको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

स्रोत भन्दछः– आफू सरहको लक्ष्मी बैंकलाई २.७५ कित्ता शेयर बराबर एभरेष्ट बैंकको १ कित्ता हुनुपर्ने नालायकी प्रस्ताब एभरेष्ट बैंकले राखेपछि मर्ज तुहिएको छ । अब लक्ष्मी र एभरेष्ट बैंकबीच मर्जर नहुने देखिन्छ ।

एभरेष्ट बैंकमा नयाँ सीइओ सोमेश्वर सेठ आएपछि ने कुरामा पनि चर्को कमिशन र दादागिरी बढेपछि उच्च तहका कर्मचारीहरुले बैंक छाडेको एक सञ्चालक समितिका सदस्यले बताए ।

10495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका