जोडिनुहोस
सोमवार, बैशाख ८, २०८२
सोमवार, बैशाख ८, २०८२
  • होमपेज
  • एन आई सी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा

एन आई सी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा

एन आई सी एशिया बैंक लि.को बुटवल वडा नं १३, रुपन्देही स्थित बेलबास शाखाको एन आई सी एशिया बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले एक कार्यक्रमबीच उद्घाटन सम्पन्न गरेका छन् । उक्त शाखाको उद्घाटन समारोहमा ढकालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याई रहेको जानकारी गराए ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १४ लाख ५० हजार ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

8985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका