जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले खोल्यो २ शाखा, सीईओ पाण्डेले गरे उद्घाटन

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले खोल्यो २ शाखा, सीईओ पाण्डेले गरे उद्घाटन

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आज बिहीबारदेखि थप २ शाखा संचालनमा ल्याएको छ । बैंकले ललितपुरमा २ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको हो ।

बैंकले ललितपुर महानगरपालिका–१५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका–२५ मा भैंसेपाटी शाखा संचालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ ।

आज खुलेका नयाँ शाखाहरुको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले उद्घाटन गरेका छन् ।

कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएको थियो ।

बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५७ वटा एटीएम मार्पmत सेवा प्रदान गरिरहेको छ ।

545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका