जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • हामी बीमा हैन विश्वास बिक्री गछौं

हामी बीमा हैन विश्वास बिक्री गछौं

नेपालमा बीमाको सुरुवात भएको सात दशक भन्दा लामो समय भइसकेको छ । बीमाको सुरुवात भएको लामो समय भइसक्दा पनि बीमाको पहुुँच खासै विस्तार हुन सकेको छैन् । अधिकांश मानिसलाई बीमाको बारेमा जानकारी नै छैन भने केही मानीहरुले पनि बीमालाई खासै रुचाएको देखिदैन । नेपनलमा बीमा गर्नेको संख्या न्यून मात्रै रहेको छ । बीमा गर्नेहरुमा पनि स्वेच्छाले बीमा गर्न भन्दा पनि फोर्सफुल बीमा गर्नेको संख्या अधिक रहेको छ र यसै सन्दर्भमा नेपालको १९ औं कान्छो बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका रमेश कुमार भट्टराई भन्छन् ‘हामी बीमा हैन विश्वास बेच्छौ’ । उनै भट्टराईसँग नेपालको समग्र बीमा क्षेत्रको अवस्थाको बारेमा गरिएको कुराकानीः सम्पादक ।

नेपालको बीमा यात्राले ७ दशक पुरा गरि सक्दा पनि सिमित वर्ग बाहेक माथि उठ्न सकेको छैन । अझै पनि अन्य मुलुहरुको तुलनामा बीमाको पहुँच र विस्तार हुन नसक्नुका कारण के के देख्नु भयो ?
एउटा लामो समय सम्म बीमाको पहुँच बढ्न नसकेको भने पक्कै पनि हो । नेपालमा बीमाको अवधारणा रुपमा २००४ सालमा नेपाल बैंकको भगिनी संस्थाको रुपमा नेपाल इन्स्योरेन्सको स्थापना सँगै भएको हो । नेपालमा विगतको दिनहरुमा वीमाको पहुँच र आकर्षण बढ्न नसक्नुको कारण भनेको नेपालीहरुको आर्थिक अवस्था कमजोर हुनु नै हो । अधिकतम नेपालीहरुको जीवन निवार्ह गरेर वचत गर्न सक्ने अवस्था थिएन ।

अर्को कारण भनेको जनचेतनाको अभाव नै हो । विगतमा नेपालमा बीमा कम्पनीहरुको संख्या पनि कम रहेका थिए । जसले गर्दा बीमालाई गाउँ गाउँमा लैजानु पर्छ भनेर कसैले पनि चासो दिएनन् । २०६४ सालमा नयाँ ४ वटा जीवन बीमा कम्पनीको स्थापना पछि मात्र बीमाको विस्तार गाउँ गाउँमा हुन सुरु भयो । जब पछिल्लो समय १० वटा बीमा कम्पनी आए त्यस पश्चात् बीमाले एउटा अभियानको रुप लियो । जुन कुरा ७० वर्ष सम्म सात प्रतिशत रहेको बीमाको पहुँच पछिल्लो दुई वर्षमा १७ प्रतिशत पुगेको छ । यसलाई हेर्दा अहिले बीमाको विस्तार भएको देखाउँछ ।

० बीमा गर्दा अभिकर्ताहरुले बुझाएर भन्दा संख्या बढाउने हिसाबले मात्र गराउँछन् भन्ने सुनिन्छ । बीमा बारे अभिकर्तालाई नै ज्ञानको कमि भएर हो ?
जीवन बीमा भनेको अभिकर्तामा निर्भर रहने क्षेत्र हो । कानुनले पनि जीवन बीमाको पोलिशि अभिकर्ता मार्फत बिक्री गर्न भनेको छ । चाहे त्यो संस्थागत होस् अथवा व्यक्तिगत । बीमा कम्पनीले सिधै जीवन बीमा पोलिशि बिक्री गर्न पाउँदैनन् । हरेक मानिसको अवस्था अध्ययन गरेर आर्थिक अवस्था अनुसारको पोलिशि बिक्री गर्ने अभिकर्ताले नै हो । अहिलेको बीमा ऐनने एसएलसी पास गरेपछि बीमा अभिकर्ता हुन पाउने व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाले अधिकांश ठाउँमा बीमा अभिकर्ता एसएलसी पास गरेका मात्र छन् जसलाई बीमाको त्यति ज्ञान रहेको छैन । यो अवस्थामा बीमा कम्पनीहरुले अभिकर्तालाई आवश्यकता अनुसारको तालिम तथा बीमाको ज्ञान उपलब्ध गराउन नसकेको अवस्था रहेको छ । अधिकांश अभिकर्ताले बीमाको पोलिशीहरुको बारेमा बुझाउँन नसक्दा मेरो लागि भए पनि बीमा गरिदिनु भन्ने गरेको र फोर्स बीमाको अवस्था आएको हो । बीमाको जनचेतना बढेसँगै अन्य विकशित मुलुकमा जस्तै आवश्यकता महसुस हुन थाल्दछ, त्यस पश्चात बीमा अभियानको रुपमा अघि बढ्छ, अहिले त्यसको सुरुवात भएको छ ।

० त्यसो भए शिक्षित अभिकर्ताको कमीले नेपालमा बीमा पहुँच बढ्न सकेन भन्न सकिन्छ ?
यो पनि एउटा कारण हो तर बीमा कम्पनीहरुले पनि विभिन्न चरणमा तालिम दिनु पर्ने हुन्छ त्यो दिन सकेका छैनन् जुन बीमा कम्पनीको कमजोरी हो । बीमा कम्पनीहरु व्यापार वृद्धिमा मात्र लागे अभिकर्तालाई शिक्षित बनाउन तर्फ ध्यान पुर्याउन सकेनन् । पछिल्लो समय ९ वटा जीवन बीमा कम्पनीहरु आएसँगै भएको अस्वस्थ प्रतिस्पर्धाले गर्दा जुन गुणस्तरीय अभिकर्ता उत्पादन हुनुपर्ने हो त्यसमा अहिले पनि अभाव देखिरहेको छ ।

जसो तसो अभिकर्ता बनाएर गाउँमा पठाउने र उनीहरुलाई बीमा विक्रि गरे बापतको कमीसन पाउँनुहुन्छ भन्ने मात्र बीमा कम्पनीहरुमा देखिएको छ । टार्गेट पेश गरेर आफ्नो लाभका योजनाहरु ल्याउने र अभिकर्तालाई प्रेसरमा काम गराउने भइरहेको छ । अनि अभिकर्ताले ग्राहकको अवस्था भन्दा माथिको र अभिकर्तालाई नै थाहा नभएको बीमा पोलिसिहरु जवरजस्ती बिक्री भएको अवस्था बजारमा देख्न सकिन्छ ।

० आम सर्वसाधारणले जीवन बीमा गर्नै पर्ने कारण के छन् त ? बीमा गर्दाका फाइदाहरु के के हुन्छन् ?
भविष्यमा आम मानिसको जिवनमा हुने सम्भावित दुर्घटनाबाट हुने आर्थिक क्षतिलाई कभर गर्नको लागि बीमा गर्ने हो । विकशित मुलुकहरुमा सुरक्षाको पाटोलाई प्रमुख स्थान दिइन्छ । नेपालीहरुको सुरक्षा प्राथमिकतामा छैन । नेपालीमा थोरै पैसा ाट कसरी धेरै रिर्टन लिन सकिन्छ । आफुसँग भएको पैसालाई कसरी परिचालन गनर्,े कति व्याज र कति रिर्टन आउँछ भन्ने ज्यादा चासो रहेको देखिन्छ ।

अहिले आम नेपाली शेयर बजार प्रति चासो भएको कारण पनि यही हो । जीवन बीमा भनेको बिमित र बीमा कम्पनी विचको दिर्घकालीन सम्झौता हो । बीमा गर्दा आर्थिक क्षतिबाट बच्न सकिन्छ भने आफुसँग भएको पैसाको दिर्घकालिन बचत पनि हो । बिमित जिवितै भएको अवस्थामा सोचेअनुसारको बचतको रुपमा पैसा पाउँछ र आफ्नो खाँचो टार्न सक्छ भने दुर्घटना भएमा बीमाको दावी प्राप्त गरेर सुरक्षित रहन्छ । त्यसैले महालक्ष्मी लाईफ “आज पनि भोलि पनि, बचत पनि सुरक्षा पनि” भन्ने नारालाई मिसन बनाएर अगाडी बढाएको छ । जसमा आज भने वर्तमानलाई पनि केयर गर्ने र भोलि भनेको भविष्यमा दुर्घटना भएमा सुरक्षा प्रदान गर्ने हो । वर्तमान र भविष्यलाई सुरक्षित गर्दै बचतलाई प्रोत्साहन गर्ने मिसन हो । जुन हरेक बीमा कम्पनीको उद्देश्य हो ।

० महालक्ष्मी लाईफलाई २ वर्ष भित्रमा नयाँ खुलेका बीमा कपनीहरुमध्ये उत्कृष्ट र ५ वर्षमा नेपालकै उत्कृष्ट जीवन बीमा कम्पनी बनाउँछु भन्नु भएको छ । सर्वसाधारणले महालक्ष्मीलाई विश्वास गर्ने आधारहरु के छन् ?
कुनै पनि कम्पनीको जिम्मेवारी लिएपछि त्यसलाई सफल बनाउन निश्चित लक्ष्य आवश्यक पर्दछ । अहिले बजारमा पनि महालक्ष्मीलाई हामीले किन विश्वास गर्ने भन्ने प्रश्न आउने गरेको छ । महालक्ष्मीलाई विश्वास गर्ने आधार भनेको यसका लगानीकर्ताहरु बलीयो रहनु हो ।

वाणिज्य बैंक र विकास बैंक गरि पाँच वटा ठुला लगानीकर्ता रहेका छन् । अन्य लगानीकर्ताहरुमा इन्जिनियर, वकिल, पुर्व सिईओहरु र नोपल धितोपत्र बोर्डका पुर्व अध्यक्षहरु लगायतका प्रोफेसनल मान्छेहरुको टीम छ । त्यस्तै उच्च व्यवस्थापन पनि राम्रो हुन जरुरी छ । हाम्रोमा उच्च व्यवस्थापन टीम राम्रो छ । म आफैंले टीमको नेतृत्व गरिरहेको छु । मसँग दुई वटा जीवन बीमा कम्पनी एउटा विकास बैंक र फाइनान्स कम्पनीकोे सफल नेतृत्व गरिसकेको अनुभव छ । त्यही अनुभवले पनि भोली महालक्ष्मीलाई राम्रो कम्पनीको रुपमा अगाडी लैजान सक्ने विस्वास छ ।

अर्को भनेको बीमा पोलीसी हो । अन्य बीमा कम्पनी पनि बजार विस्तारमा लागेका छन् तर नयाँ आम सर्वसाधारणलाई उपयूक्त र चाहेको पोलीसी ल्याउन सकेका छैनन् । एउटा कम्पनीले ल्याएको पोलीसीको कपी गरेर त्यसलाई नाम चेन्ज गरि बिक्री गरिरहेका छन् । उस्तै किसिमका पोलीसीमा मानिसको आकर्षण हुँदैन केही नयाँ दिन सक्नु पर्छ । त्यही नयाँ कुरा अन्र्तगत महालक्ष्मीले लगानी फिर्ता बीमा योजना र महालक्ष्मी डबल बीमा योजना ल्याएको छ । जसले बजारमा राम्रो रेस्पोन्स पाइरहेको छ । हिजोको दिनमा बजारमा प्रतिस्पर्धा नहुँदा महँगो पोलीसीहरु बिक्री भइरहेका थिए तर अहिले १९ वटा कम्पनीको प्रतिस्पर्धा छ । अन्य कम्पनीले नै बच्ने जस्तो सावधिक बीमा योजना महालक्ष्मीले सबैभन्दा सस्तो बेचिरहेको छ । बजारमा भएको प्रतिस्पर्धाले सस्तो र राम्रो पोलिसी ल्याउनुपर्ने बाध्यता बीमा कम्पनीहरुलाई रहेको छ । त्यसको सुरुवात महालक्ष्मीले गरेको हो ।

अर्को भनेको दक्ष अभिकर्ता उत्पादन र बीमा शिक्षा हो । महालक्ष्मीले सञ्चालनको छोटो अवधिमा ४० वटा जिल्लामा अभिकर्ता तालिम तथा बीमा शिक्षा कार्यक्रम सम्पन्न गरिसकेको छ । महालक्ष्मीको योजना भनेको पब्लिक अवार्नेस गर्ने, अभिकर्ता उत्पादनलाई निरन्तरता दिने, पोलीसीहरु नयाँ ल्याउने र म्यानेजमेन्ट राम्रो बनाएर गुणस्तरीय सेवा दिने तथा निकट भविष्यमा नै प्रविधिमैत्री इन्स्योरेन्स सेवा प्रदान गर्ने योजना छ । जसमा ब्रान्च लेस बीमा सेवाको कन्सेप्ट रहेको छ र यसमा हामी जाँदै छौं । बीमा प्रविधिमैत्री भएन भने मास लेवलमा काम गर्ने अवस्था छैन । यी विभिन्न योजनाले गर्दा हामी ५ बर्षमा नेपालको उत्कृष्ट बीमा कम्पनी बन्ने छौं ।

० हामीले बीमा हैन विश्वास बेच्ने भन्नु भएको छ ? अहिले पनि नेपालमा र्फोसफुल्ली बीमा गराइरहेको अवस्थामा यो कसरी सम्भव छ ?
अहिले पनि सर्वसाधारणले स्वेच्छा तथा आफ्नो विवेकले बीमा किन्दैनन् । अभिकर्ताले आफ्नो हितको लागि तथा आफुले पाउने कमिसनको लागि र्फोसफुल्ली बीमा गराइरहेका छन् । अहिले १८ वटै कम्पनीले पनि त्यही सिनारियोमा काम गरिरहेकोले बीमा अगाडी बढ्न सकेको छैन । भोल्यूममा बीमा बढेको छ तर इच्छाले बीमा गर्नेको संख्या न्यून मात्र छ । त्यसलाई विस्थापित गर्नको लागि महालक्ष्मीले पहिले अवार्नेस कार्यक्रम गर्दैछ । त्यपछि अभिकर्ता तालिम गरेर योग्य बनाउनुको साथै नयाँ पोलीसी तयार पारेर मात्र बजारमा जाने हाम्रो योजना हो ।

जसले गर्दा आम मानिसको विश्वास जित्न सकियोस । संचालनमा आएको दुई महिना नपुग्दै एक किसिमको विश्वास जितिसकेको छौं । महालक्ष्मी विकास बैंकले हिजोको दिनमा सफल रुपमा स्थापित भइसकेको र उक्त विकास बैंक पनि यसमा संलग्न भएको हुँदा महालक्ष्मी नामले नै आम मानिसको विश्वास जितिसकेको छ । महालक्ष्मीको बलियो आधार भनेको नै विश्वास सिर्जना गर्नु हो । विश्वास लिनको लागि केही समय लाग्छ । त्यही विश्वासको लागि त हामीले जिल्ला जिल्ला गएर कार्यक्रम संचालन गरिरहेका छौं । सुरुमा हामीले व्यापार भन्दा पनि विश्वास आर्जन गरेर त्यही विश्वासलाई ब्रान्डको रुपमा लैजाने योेजना हो । अहिले पनि महालक्ष्मीको सेवा र पोलीसी प्रति आम मानिस उत्साहित छन् । संचालनमा आएको सम्पुर्ण शाखामा मानिसको भिड लागिरहेको छ ।

० बीमा कम्पनीहरुले पोलीसी बनाउँदा लक्षित समुहरुलाई भन्दा पनि कम्पनीको प्रमोसन र नाफालाई मात्र हेरेर बनाइरहेका छन् । आम मानिसको आर्थिक अवस्था हेरर किन पोलीसी बनाइदैंन ?
आम मानिसको क्षमता र चाहना अनुसारको बीमा पोलीसीहरु हिजोको दिनमा नबनेकै हो । अहिले महालक्ष्मी लाइफले उक्त कुरालाई ख्याल गरेर तीन वटा पोलीसीहरु ल्याएको छ । रेगुलर र अलि धेरै प्रिमियम बुझाउन सक्नेलाई डबल बीमा योजना ल्याएको छ । आर्थिक अवस्था कमजोर भएको र वर्षमा १ पटक मात्र प्रिमियम तिर्न सक्नेलाई लक्षित गरेर लगानी फिर्ता बीमा योजना ल्याएको छ ।

हिजोको दिनमा प्रतिस्पर्धा नहुँदा बीमा कम्पनीहरुले महंगो बीमा पोलीसीहरु ल्याएका थिए । त्यसलाई मध्यनजर गरेर महालक्ष्मी लाइफले अन्य १८ वटा जीवन बीमा कम्पनी भन्दा सस्तो दरमा सावधिक बीमा योजना ल्याएको छ । नेपालमा बीमा पोलीसीहरु बनाउने कोही पनि छैनन् । सबै बीमा पोलीसीहरु भारतिय एक्चुरी बीमाङकीहरुले बनाउँछन् । बीमा पोलीसी बनाउँदा हेर्ने भनेको कम्पनीको सम्भावित आम्दानी, सम्भावित खर्च र देशको डेप्ट रेसियो हो । तर त्यसमा पोलीसीलाई सस्तो महगो बनाउने आधारहरु पनि हुन्छन् ।

तर महालक्ष्मीले कम मार्जिन राखेर भए पनि सस्तो दरमा पोलीसी बिक्री गर्नु पर्छ भनेर सस्तो पोलीसी ल्याउने प्रयास गरिरहेको छ । २ महिनाको अवधीमा तीन वटा नयाँ पोलीसी ल्याएको छ । यस पोलीसीसँग प्रतिस्पर्धा गर्न अन्य बीमा कम्पनीले पनि नयाँ पोलीसी ल्याउन सक्ने विश्वास हाम्रो छ । (बैकिङ्ग खबर डटकमको साथ र सहयोगमा)

11485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका