कामना सेवा विकास बैंक लिमिटेड र साहारा हस्पिटल प्रा. लि पोखरा बीच विशेष छुट पाउने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका सम्पूर्ण खातावाला, कर्मचारी साथै उनिहरुका परिवारका अन्य सदस्यहरुले साहारा हस्पिटल प्रा. लि मा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने छन् ।
सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र साहारा हस्पिटल प्रा. लि को तर्फबाट संचालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका थिए ।