जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • इन्भेष्टमेन्ट बैंकले पायो ४ अर्बको ऋणपत्र निष्काशन अनुमति, ब्याज कति ?

इन्भेष्टमेन्ट बैंकले पायो ४ अर्बको ऋणपत्र निष्काशन अनुमति, ब्याज कति ?

नेपाल इन्भेष्टमेन्ट बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई मङ्सिर १८ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।

यस संगै अब बैंकले  ८.५ प्रतिशत ब्याजदर भएको ७ बर्षे अवधिको  ४ अर्ब रुपैयाँ बराबरको नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४ नामक ऋणपत्र निष्काशन गर्ने छ ।  बैंकले बिक्रि गर्न लागेको ४ अर्बको ऋणपत्र मध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि छुट्याएको छ भने बाँकी २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरमा निष्कासन गर्नेछ।

ऋणपत्र निष्काशनको लागि बिक्रि प्रबन्धकमा आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

9205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका