जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ योजना

कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ योजना

कुमारी बैंकले ‘टपअप र फोनपे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ !’ नामक नयाँ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले बम्पर उपहारमा आइफोन १६ सहित आकर्षक उपहारहरू जित्ने मौका पाउने बैंकले जनाएको छ। त्यस्तै, हरेक हप्ता १०० जनालाई १०० रुपैयाँ बराबरको मोबाइल रिचार्ज उपहार समेत रहेको छ।

बैंकका अनुसार यसमा सहभागी हुन ग्राहकले निश्चित अवधिभित्र कम्तीमा १०० रुपैयाँ बराबरको मोबाइल टपअप र कम्तीमा ५०० रुपैयाँको फोनपे डिरेक्ट कारोबार गर्नुपर्नेछ। उक्त प्रक्रिया पूरा गरेपछि ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहारका लागि स्वतः योग्य हुनेछन्।

वैशाख १ देखि सुरु भएको यो योजना ३१ बैशाख २०८२ सम्म संचालन हुने बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

ग्राहकलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्ने विश्वासका साथ यस योजना ल्याइएको बैंकले जनाएको छ। यसबाट डिजिटल कारोबारलाई प्रवर्धन गर्दै डिजिटल बैंकिङ सेवालाई अझ सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने बैंकले लक्ष्य राखेको छ।

2700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?