जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • ज्योति विकास बैंकको नाफा २८ प्रतिशतले वृद्धि

ज्योति विकास बैंकको नाफा २८ प्रतिशतले वृद्धि

ज्योति विकास बैंकले तेस्रो त्रैमासमा खुद नाफा २८ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २८ दशमलव ३१ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २२ करोड २४ लाख रुपैयाँ कमाएको थियो ।

३ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी भएको ज्योति विकास बैंकले जगेडाकोषमा ६३ करोड ४१ लाख रुपैयाँ छुटाएको छ ।

ज्योति बैंकले निक्षेपमा २७ अर्ब २० करोड ७५ लाख रुपैयाँ संकलन गरी कर्जामा २३ अर्ब ९० करोड ६४ लाख रुपैेयाँ लगानी गरेको छ । जसले कर्जामा ७६ दशमलव ९२ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ५० दशमलव ९४ प्रतिशतले बढेर ८० करोड ८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३१ दशमलव ८ प्रतिशतले बढेर ४४ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ९२ प्रतिशत, जोखिम युक्त सम्पत्ति १६ दशमलव ४९ प्रतिशत, प्रतिशेयर आम्दानी १२ दशमलव २७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ११ दशमलव ४१ गुणा, प्रतिशेयर नेटवर्थ १२० दशमलव ४६ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ३५ प्रतिशत रहेको छ ।

10210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?