जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नाफा र लाभाशंमा नेपाल लाईफको चमत्कारः बम्पर लाभाशं पारित

नाफा र लाभाशंमा नेपाल लाईफको चमत्कारः बम्पर लाभाशं पारित

भूपेन्द्र आचार्य । करिब २५ लाख नेपाली जनताको बीमा लेख गरेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले तेश्रो त्रैमासिकमा ४६ करोड ७२ लाख नाफा आर्जन गरेको छ । युवा विमा विज्ञ विवेक झा सीइओ रहेको यस कम्पनीले ४८.५० प्रतिशत बम्पर लाभाशं हालै सम्पन्न साधारण सभाबाट पारित गरेको छ ।

करिब ५ अर्ब ५० करोड चुक्ता पुँजी पु¥याउने तरखरमा रहेको कम्पनी नेपालकै नम्बर १ बीमा कम्पनी भएको भन्न चुकाउनु हुँदैन । शाखा संजाल, नाफा, बीमा लेख, चुक्ता पुँजी लगायत सबै सुचकमा अब्बल रहेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई विगत लामो समय देखि हाक्दै आएका युवा सीइओ विवेक झालाई सलाम !
नेपाली शेयर बजारमा १९ जीवन बीमा कम्पनीहरुको शेयर मूल्य हेर्दा नेपाल लाईफकै उच्च देखिन्छ । कारोबार पनि उच्च छ ।
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोगहरुको बीमा गराउने प्रोडक्ट सार्वजनिक गरेसंगै व्यापार उच्च रहेको देखिन्छ । अत्यन्तै राम्रो कर्पोरेट सुशासनमा संचालित यस इन्स्योेरेन्स कम्पनीको बढ्दो लोकप्रियतासंगै नेपालकै नम्बर १ बीमा कम्पनी हुनुमा सीइओ झाको महत्वपूर्ण योगदान रहेको प्रष्टै देखिन्छ । १९ जीवन बीमाको वित्तिय विवरण यस्तो छ ।

जीवन बीमा कम्पनीहरुको सङ्ख्या हालसम्म १९ वटा रहेका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण १९ वटा कम्पनीले नै प्रकाशित गरिसकेका छन् । नौ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुको व्यापार विस्तार भएको स्थिति छ । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेसँगै बीमा कम्पनीहरु पनि चुक्ता पुँजी वृद्धि गर्दै व्यवसाय पनि विस्तार गरेका कारण व्यापार विस्तार भएको देखिन्छ ।

चुक्ता पुँजी तथा खुद मुनाफाको अगाडी
१९ वटा जीवन बीमा कम्पनीमध्ये चुक्ता पुँजीको आधारमा सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीको पुँजी ५ अर्ब ५० करोड रुपैयाँभन्दा माथि पुग्ने भएकोे छ । त्यस्तै ३ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउने नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । १ अर्बभन्दा बढी चुक्ता पुँजी १४ वटा कम्पनीको रहेको छन् ।
सबैभन्दा कम चुक्ता पुँजी भने राष्ट्रिय बीमा संस्थान र गुराँस लाइफ इन्स्योरेन्सको रहेको छ । गुराँस इन्स्योरेन्स कम्पनीको ६४ करोड १५ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानको १८ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

नाफामाको अगाडी
तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको खुद मुनाफा हेर्दा सबैभन्दा उच्च नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स नै रहेको छ । यस कम्पनीले ४६ करोड ७२ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको तुलनामा यस कम्पनीले ७ दशमलव २१ प्रतिशतले नाफा वृद्धि गरेको छ । त्यस्तै ३० करोड ६० लाख रुपैयाँ कमाएर दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ ।
त्यस्तै तेस्रो स्थानमा मेट लाइफ इन्स्योरेन्स रहेको छ । नेप्सेमा सूचीकृत नभएको यस कम्पनीले २० करोड ४६ लाख रुपैैयाँ नाफा गरेको छ । १९ वटा कम्पनीमध्ये सबैभन्दा कम खुद मुनाफा गर्नेमा राष्ट्रिय बीमा संस्थान रहेको छ । यस कम्पनीले १ करोड ६८ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा नाफा बढाउनेमा रिलाबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले १६० दशमलव ३६ प्रतिशतले वृद्धि गरी १५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ९२ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

त्यस्तै एसियन लाइफ इन्स्योरेन्सले ६३ दशमलव ५५ प्रतिशतले नाफा वृद्धि गरी ५ करोड ४४ लाख रुपैयाँ कमाएको छ भने सिटिजन्स लाइफ इन्स्योरेन्सले पनि ६० दशमलव ७१ प्रतिशतले वृद्धि गरी १२ करोड १४ लाख रुपैयाँ कमाएको छ । जीवन बीमाका १९ वटा कम्पनीमध्ये १४ वटा कम्पनीले नाफा बढाएका छन् भने ४ वटा कम्पनीको नाफा घटेको वित्तीय विवरणमा देखिएको छ

प्रिमियम संकलन तथा दाबी भुक्तानीको अगाडी
तेस्रो त्रैमासमा कुल प्रिमियम संकलनमा पनि सबैभन्दा अगाडि नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले ८३ अर्ब ९२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । सबैभन्दा कम महालक्ष्मी इन्स्योरेन्सले ३ करोड ३७ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको छ । केही महिना अघि मात्रै सञ्चालनको अनुमति प्राप्त गरेका कारण यस कम्पनीको व्यवसाय कम देखिएको हो ।

त्यस्तै कुल दाबी भुक्तानीमा पनि सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स नै रहेको छ । जसको कुल दाबी भुक्तानी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

सबैभन्दा कम कुल दाबी भुक्तानी ज्योति लाइफ इन्स्योरेन्सको ३७ लाख रुपैयाँ रहेको छ ।चालू आवको नौ महिनामा लाइफ इन्स्योरेन्समध्ये कुल प्रिमियम संकलन १ खर्ब ४९ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ भएको छ भने दाबी भुक्तानी १४ अर्ब ३ करोड ९ लाख रुपैयाँ गरेको छ ।

जे भएपनि जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देशकै नम्बर १ बीमा कम्पनी भएको देखिन्छ । नयाँ आएको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको भविष्य पनि उज्जवल देखिदै गएको छ । सचेत भया ।

8645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका