जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आइएमई मोटर्सका गाडी खरिदमा समृद्धि फाइनान्सबाट सहुलियत पूर्ण कर्जा पाइने

आइएमई मोटर्सका गाडी खरिदमा समृद्धि फाइनान्सबाट सहुलियत पूर्ण कर्जा पाइने

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. र समृद्धि फाइनान्सवीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले समृद्धि फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न सम्बन्धी समझौतापत्रमा हस्ताक्षर भएको हो ।

यसै अनुरुप फाइनान्सको नीति अनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा विक्री वितरण गरिएका दोस्त मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि कम्तिमा खरिद मूल्यको ७०५ प्रतिशत सम्मको सहुलियत पूर्ण सवारी कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ ।

अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले समृद्धि फाइनान्सको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन्। प्रधान कार्यलय हेटौडा रहेको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हेटौडा सहित नारायणघाट, काठमाडौंको पुतलीसडक, बुटवल र पोखरमा शाखा कार्यलयहरु रहेका छन् ।

ीऋख् क्भनmभलत अन्तर्गत दोस्त मोडल ९एष्अपगउ, ऋयलतबष्लभच, च्भाचष्नभचबतष्यल ख्बल, एबककभलनभच ख्बल० का सवारी साधनहरु विभिन्न प्रयोजन जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

7170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?