जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रेले उपचारमा सघाउन एमबिएल केयर क्रेडिट सुविधा ल्यायो

माछापुच्छ्रेले उपचारमा सघाउन एमबिएल केयर क्रेडिट सुविधा ल्यायो

माछापुच्छ्रे बैंकले आम नागरिकको उपचारमा सघाउन एमबिएल केयर क्रेडिट सुविधा ल्याएको छ। बैंकका अनुसार यो सुविधा अन्तर्गत आफ्नो र आफ्ना परिवारको उपचारमा लाग्ने खर्च यो सुविधामार्फत लिन सकिनेछ।

उपचारमा लिएको रकम किस्ताबन्दीमा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ। यो सुविधा अन्तर्गत बैंकले १० लाख रुपैयाँसम्म रकम दिनेछ। बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएका ग्राहकले यो सुविधा लिन पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

क्रेडिट कार्ड नभएका ग्राहकले वेबसाइटमार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ।

7820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका