जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • न्युरोडको कृषि विकास बैंक घोटाला प्रकरण: टेलर रेग्मीलाई ८ वर्ष कैद सजाय हुने फैसला

न्युरोडको कृषि विकास बैंक घोटाला प्रकरण: टेलर रेग्मीलाई ८ वर्ष कैद सजाय हुने फैसला

कृषि विकास बैंकको न्युरोड शाखामा अनियमितता गरेको प्रकरणमा विषेश अदालतले आरोपितहरुलाई सजाय निर्धारण गरेको छ।

प्रहरीले न्युरोड शाखामा कार्यरत शाखा प्रमुख गोपाल गिरी, कर्जा विभागका प्रमुख महेश्वर मरहठ्ठा, बैंकमा कार्यरत सहायक टेलर दीपिका रेग्मी, रमेश विष्ट र शाखा प्रबन्धक प्रेमहरि ढुंगेलमाथि ४ करोड रुपैयाँ भन्दाबढी हिनामिना गरेको आरोप लागेको थियो।

भष्ट्रचार गरेर रकम हिनामिना गरेको कसुरमा विषेश अदालतले उनीहरुको मुद्दामा भदौ ७ गते नै फैसाल सुनाएको थियो। तर, कसुर भने सोमवार मात्र निर्धारण गरेको हो।

अदालतले टेलर दीपिका रेग्मीलाई भने ८ वर्ष कैद सजाय तोकेको छ। त्यस्तै, रमेश थापालाई ४ वर्ष कैद सजाय सुनाएको हो। अन्यलाई भने सफाइ दिएको छ।

त्यस्तै, रेग्मीलाई ३ करोड ९२ लाख ४४ हजार ७ सय ४७ रुपैयाँ जरिबाना तोकेको छ। रमेशको हकमा भने ३१ लाख ६८ हजार रुपैयाँ जरिबाना तोकेको हो।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले केही समयअगाडि करिब पाँच करोड रुपैयाँ घोटालाको अनुसन्धानका क्रममा बैंकमा कार्यरत सहायक टेलर दीपिका रेग्मी र रमेश थापालाई पक्राउ गरेको थियो।  रेग्मीको मुख्य योजनामा बैंकको रकमलाई पेन्डिङ देखाएर घोटला गरिएको प्रहरी अनुसन्धानले देखाएको थियो।

बैंकिङ कसूर मुद्दामा भने उनीहरुलाई यसअघि नै उच्च अदालत पाटनले फैसला सुनाएको थियो।

1110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका