जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सानिमा रिलायान्स लाइफद्वारा मृत्यु दाबी भुक्तानी

सानिमा रिलायान्स लाइफद्वारा मृत्यु दाबी भुक्तानी

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले आफ्नो बीमित कृष्णपुर न.पा ०७ कंचनपुर बस्ने सव.मूलचन्द्र रानाकी श्रीमती फुलमती रानालाई मृत्यु दाबी भुक्तानी बाफत चार लाख २१ हजार हस्तान्तरण गरेको छ ।

स्वर्गीय मूलचन्द्र रानाले २०७५ पौष महिनामा सानिमा रिलायान्स लाइफ इन्स्योरेन्स लिमिटेड धनगढीबाट बीमाङ्क दुई लाख को बीमा गरेका थिए । कालगतिले मृत्त्यु भएका रानालाई सानिमा रिलायन्स लाइफको आकर्षक पोलिसीले गर्दा बीमाङ्क रकम दोब्बर भुक्तानी गरेको हो ।

नेपालमा भएका अन्य योजना भन्दा भिन्न सुविधा भएको यस योजनाले दुर्घटनामा तीन गुणा जोखिम कभर गर्दछ । गत चैत्र २८ गते मृत्यु भएका रानालाई आज घरमा गएर बीमा दावी भुक्तानी गरेको हो । ज

नमानसमा जीवन बीमाबाट समयमा दावी भक्तानी पाउदैन भन्ने भ्रमलाई चिर्न घरमै गई भुक्तानी गरेको सानिमा रिलायान्स लाइफ इन्स्योरेन्स लिमिटेड प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले जानकारी गराए ।

कार्यक्रममा उक्त रकम वापतको चेक कृष्णपुर न.पा ०७ कलुवापुरका हरि किसन रानालाई चेक हस्तारन्तरण गरेको कम्पनीले जनाएको छ ।। कार्यक्रममा स्थानिया जनप्रतिनिधि सहित सानिमा रिलायान्स लाइफका क्षेत्रीय शाखा प्रमुख हेमन्त बहादुर सिंह एजेन्सी म्यानेजर गंगा राम राना, विक्रम कार्की, योगेन्द्र बहादुर वलायर को उपस्थिति रहेको थियो ।

2730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका