जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • लाभांश पारित गर्न नेशनल लाईफले डाक्यो साधारणसभा

लाभांश पारित गर्न नेशनल लाईफले डाक्यो साधारणसभा

नेशनल लाईफ इन्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३६ औँ बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साउन ७ गते बसेको संचालक समितिको बैठकले साधारणसभा आह्वानको निर्णय गरेको हो । उक्त निर्णय अनुसार साधारणसभा आगामी भाद्र ७ गते गते नेशनल लाईफ भवन लाजिम्पाट काठमांडौमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७९र८०का लागि प्रस्तावित चुक्तापुँजीको कुल १४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४ प्रतिशतबोनस सेयर र कर प्रयोजनार्थ समेत गरी १० प्रतिशत नगद लाभांश रहेको छ।त्यस्तै सभाले गत आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदन, अध्यक्षको बार्षिक प्रतिवेदन, लेखापरिक्षक नियुक्तीको प्रस्ताव समेत पारित गर्नेछ ।कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ साउन २४ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले साउन २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

2300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका