जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि लघुवित्तले कमायो १२ करोड ६५ लाखभन्दा बढी नाफा

एनएमबि लघुवित्तले कमायो १२ करोड ६५ लाखभन्दा बढी नाफा

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. १२ करोड ६५ लाख ९७ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको यो नाफा १७५ दशमलव ३७ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ५९ लाख ७४ हजार यो नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको सञ्चालन नाफामा उल्लेख्य बृद्धि भएसँगै खुद नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष रू. १ करोड ४९ लाख ७१ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. २० करोड ३ लाख ५ हजार यो नाफा गरेको हो । सम्भावित जोखिममा गत वर्षभन्दा साढे १२ प्रतिशत कम रकम छुट्याएको छ । गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ६ करोड ९१ लाख ७९ हजार छ्ट्याएको कम्पनीले यस वर्ष रू. ६ करोड ४ लाख ९५ हजार छुट्याएको छ । गत वर्षभन्दा ९२ दशमलव २२ प्रतिशत बढी रू. ३३ करोड ९९ लाख १७ हजार खुद ब्याज आम्दानी कम्पनीले यस वर्ष गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५३ करोड ९८ लाख ५ हजार र जगेडा कोष रकम रू. २९ करोड ३३ लाख ३७ हजार छ ।

यस वर्ष गत वर्षभन्दा साढे २७ प्रतिशत बढी रू. १ अर्ब ७८ करोड ८४ लाख ५१ हजार निक्षेप संकलन गरेको कम्पनीले ४७ दशमलव ८९ प्रतिशत बढी रू. ५ अर्ब २५ करोड ९ लाख ४९ हजार कर्जा प्रवाह गरेको छ । गत वर्ष ३ दशमलव ४६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ४७ प्रतिशत कायम भएको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ३१ दशमलव २७ र प्रतिशेयर नेटवर्थ रू. १५४ दशमलव ३४ रहेको छ ।

5965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका