जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाँचुन्जेल जागिर खोनहरुको कथा

आर्थिक विशेष

बाँचुन्जेल जागिर खोनहरुको कथा

बाँचुन्जेल जागिर खोनहरुको कथा

नियमक निकाय नेपाल राष्ट्र बैंकले दिएको निर्देशनलाई चुनौती दिँदै जीवन भरी (बाँचुन्जेल) जागिर खानेहरुको कथा रोचक र रमाईलो पक्कै बन्ला । तर, यसको दुरगामी असर बैंक र वित्तिय संस्थालाई पर्ने पक्ष पनि उत्तिकै सम्वेदनशील हुन्छ । भन्दा फरक नपर्ला ।

राष्ट्र बैंकले संचालकका लागि ७० वर्ष र सीईओका लागि ६५ वर्ष उमेर हद तोकेको थियो । उक्त निर्देशन लागू भएको भए नविल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल र एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ तत्काल पदमुक्त हुने थिए । प्राइम बैंकका सीईओ नारायणदास मानन्धरको जागीर पनि जाने अवस्थामा थियो । तर, प्राइम बैंकका सीइओ मानन्धरले राष्ट्र बैंकको निर्देशन नमानी निर्णय बिरुद्ध सर्वोच्चमा रिट दायर गरे । सर्वोच्च अदालतले तत्कालका लागि उमेर हदको व्यवस्था कार्यान्वयन नगर्न निर्देशन दिएपछि केही समयका लागि उमेर नाघेका बैंकरहरुको जागीर बाँकी नै छ भन्दा फरक पर्दैन ।

सम्शोधन सहितको वाफिया कार्यान्वयनमा आएसँगै उमेरहदको व्यवस्था लागू हुनेछ । मन्त्रीपरिषद्बाट स्वीकृत भइसकेको वाफियामा संचालक र सीईओको उमेरहद सम्बन्धी व्यवस्था रहेको छ । त्यसैले, तत्कालका लागि सर्वोच्चका कारण जोगिएको संचालक र सीईओको जागीर वाफिया कार्यान्वयनमा आएसँगै जाने देखिन्छ ।

सम्शोधन सहितको वाफिया नआउँदै बैंकरहरु उमेर हदसम्बन्धी व्यवस्थाको विरुद्धमा लागेपनि राष्ट्र बैंक आफ्नो अडानमा अडिक देखिएको छ । गभर्नर डा. चिरनजीबि नेपाल विश्वव्यापी मान्यताको आधारमा उमेर हद तोकेको बताउँछन् । वाणिज्य बैंकमा ९४ वर्षको अध्यक्ष र ८० वर्षको सीईओ कुनै पनि देशमा नहुने उनको भनाई छ । बुढो मान्छेले बैंक चलाउन नसक्ने भएकाले उमेर हद तोकेको उनी बताउँछन् ।सरकारी सेवामा ६० बर्ष उमेर हद तोकीएको उल्लेख गर्दै उनले जनताको पैसाको संरक्षण गर्ने बैंक जस्तो ठाउँमा ६५ बर्ष उमेर हद तोकिनु गतल नहुने दाबी गर्भनर डा. नेपालको छ ।

11955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका