जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • तीन दिन सिद्धार्थ बैंकको बैंकिङ्ग सेवा बन्द हुँदै, अगाडी नै अत्यावश्यक काम सक्न आग्रह

तीन दिन सिद्धार्थ बैंकको बैंकिङ्ग सेवा बन्द हुँदै, अगाडी नै अत्यावश्यक काम सक्न आग्रह

तीन दिन सिद्धार्थ बैंक लिमिटेडको बैंकिङ्ग सेवा तथा कारोबार प्रभावित हुने भएको छ । बैंकले  हाल प्रयोग गरी रहेको प्राथमिक बैंकिङ्ग प्रणाली (Core Banking System) लाई परिवर्तन गरी थप सुविधा सहितको Finacle Core Banking System प्रयोगमा ल्याउने क्रममा ३ दिनको लागि बैंकिङ्ग सेवाहरु पूर्ण रुपमा बन्द रहने जनाएको हो।

बैंकका अनुसार २०७९/०५/१७ गते शुक्रबार सन्ध्याकालिन (Evening) काउन्टरहरु, २०७९/०५/१८ गते शनिबार बिदा (Holiday) काउन्टरहरु, र २०७९/०५/१९ गते आइतबार सम्पूर्ण बैंकिङ्ग कारोबारहरु बन्द रहने छन् । त्यस्तै २०७९/०५/१७ गते शुक्रबार बेलुका ६ बजे पश्चात् इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, ATM, Card (Credit/Prepaid Card बाहेक), रेमिट्यान्स लगायत अन्य सम्पूर्ण बैंकिङ्ग कारोबारहरु बन्द हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार Core Banking System परिवर्तन पश्चात् ग्राहकहरुले हाल कायम रहेको खाता नम्बरबाटै साविक बमोजिम कारोबार गर्न सक्ने छन्। उक्त दिनहरुमा गर्नुपर्ने अत्यावश्यक बैंकिङ्ग कारोबार उल्लेखित मिति अगावै गरी सहयोग गरिदिन समेत बैंकले आग्रह गरेको छ।

थप जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१-५९७००२० वा इमेल [email protected] मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।

1310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका