जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • दशैं टिकाको उत्तम साइत विहान १०ः३५ बजे

दशैं टिकाको उत्तम साइत विहान १०ः३५ बजे

यस वर्षको वडादशैको टीकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको वडादशैको टीकाको साइत सार्वजनिक गरेको हो । समितिले टीकाको साइत असोज २१ गते विहान १०ः३५ बजे उत्तम भएको जानकारी दिएको छ ।

असोज १२ गते आइतबार नवरात्रको प्रारम्भ हुनेछ । घटस्थापनाको साइत १२ गते बिहान १०ः३५ बजे निर्धारण गरिएको छ । १३ गते सोमबार सेनाको झण्डा फेर्ने साइत बिहान १०ः२५ बजे पश्चिम मोहडा गरेर झण्डा फेर्नको लागि उत्तम रहेको समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताए । देवी विसर्जनको साइत विहान ८ः४५ बजे रहेको उनीले थपे ।

१६ गते बिहिबार पचली भैरवको यात्रा र १८ गते शनिबार फुलपातीको समय बिहान ८ः५२ बजे तय गरिएको छ । सोहि दिन तलेजु भवानीको यात्रा पनि सुरु हुने छ । १९ गते आइतबार महाअष्टमी र कालरात्री सुरु हुनेछ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।

8685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?