जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्सको नाफा ७५ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उत्साहजनक प्रगति

आइएमई जनरल इन्स्योरेन्सको नाफा ७५ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उत्साहजनक प्रगति

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५१ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३६ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४२ दशमलव ८९ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

१ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३० करोड २६ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा ४५ करोड ३२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ३० करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७५ दशमलव ६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले १९ करोड ८३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ४० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलानामा कम्पनीको खुद दाबी भुक्तानी २८ दशमलव ७९ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ २४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ६९ रुपैयाँ ८७ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४५.०९ गुणा रहेको छ ।

5475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका