जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • डिशहोमको खुसी वर्ष भरि योजना

डिशहोमको खुसी वर्ष भरि योजना

डिशहोमले नेपालले डिशहोम फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र बार्षिक रिचार्ज गर्दा भारि छुट सहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ ।

अनलाईन मार्फत सजिलै विना कुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र १२ महिनाको लागी रिचार्ज गर्न सकिन्छ । फण्ड ट्रान्सफर सेवा मार्फत एकमुष्ठ रिचार्ज गर्दा ग्राहकहरु लाई महिनै पिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झट वाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

साथमा फण्ड ट्रान्सफर सेवा मार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानी छानी लिन सकिन्छ जुन सुविधा रिचार्ज कार्ड वा अन्य सेवा प्रदायक मार्फत रिचार्ज गर्दा प्राप्त हुने छैन । ३ महिनोको रिचार्जमा १ महिना, ६ महिनाको रिचार्जमा २ महिना र १२ महिनाको रिचार्जमा ४ महिनाको लागी आफुलाई मन परेको कुनै एक एड अन प्याकेज छानी छानी लिन सकिन्छ ।

बार्षिक रिचार्ज गर्दा पहिले ४२०० मा हेरिरहनुभएको बेसिक प्याकेज ३६०० मै हेर्न सकिन्छ । यस्तै मिडियम प्याकेज ४८०० को सट्टा ४२००, वेसिक प्लस ५१०० को सट्टा ४५००, मिडियम प्लस ५७०० को सट्टा ४९९८, सुपर एचडी ६००० को सट्टा ४९९९, प्रिमियम एचडी ७२०० को सट्टा ५७९९ र लाईफस्टाईल एचडी १०८०० को सट्टा ८४०० मै उपलब्ध हुनेछ ।

फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपाल भर रहेका आधिकारीक बिक्रेता, डिलर र सव डिलरकोमा उपलव्ध छ । फण्ड ट्रान्सफर सेवा, अफर अन्तरगतका प्याकेज र एड अन प्याकेजको वारेमा विस्तृत जानकारी डिशहोमको आधिकारीक विक्रेता वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

नेपाल भर सम्पुर्ण महानगरपालिका, नगरपालिका र गाउँपालिकामा बिक्री संजाल, नेपाल भर २४ घण्टा भित्र (भौगोलिक बिकटता हेरी हाम्रा प्राविधिक वा प्रतिनिधि पुग्न लाग्ने समय बाहेक) मर्मत तथा बिक्री पछिको सेवा प्रदान गर्न सक्षम, हप्ताको सातै दिन चौबिसै घण्टा ग्राहक सेवा केन्द्र संचालन, डिशहोमको सेट टप वक्समा लाईफ टाईम वारेन्टी, मोवाइल एप, ग्राहकको सुविधाको लागी ग्राहक सेवा प्रतिनिधिसंग कुरा नगरि डिशहोमको सुविधा लिन सकिने कम्पनीले दावी गरेको छ ।

आईभिआर सेवा, एस एम एस सेवा, आफ्नो आवश्यकता अनुसार छानी छानी लिन मिल्ने विभिन्न ज्म तथ क्म् प्याकेजहरु, नेपालि चलचित्र मात्र प्रशारण हुने प्लस मुभि लगाएत अरु आफ्नै च्यानल समेटिएको प्लस प्याकेज, नयाँ नेपाली चलचित्र आफुले चाहेको समयमा हेर्न सकिने छ ।

5120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका