जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • नेशनल लाइफको तुलसीपुर शाखाले एकैदिन बेच्यो १२५ बीमालेख

नेशनल लाइफको तुलसीपुर शाखाले एकैदिन बेच्यो १२५ बीमालेख

नेशनल लाइफ इनस्योरेन्स कम्पनीको तुलसीपुर शाखा कार्यालयले एकैदिन १०० बढी बीमा पोलिसी बिक्री गर्न सफल भएको छ। कम्पनीको उक्त शाखा कार्यालयले एकैदिन १२५ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएको हो । यसअघि कम्पनीको कलंकी र नेपालगन्ज शाखा कार्यालयले पनि १०० बढी बीमा पोलिसी बिक्री गर्न सफल भएका थिए ।

पछिल्लो समय देशैभरका हरेक व्यापार–व्यवसायमा मन्दीको प्रभाव देखिएको छ । हरेक क्षेत्र सुस्त बनेका छन् । यो आर्थिक परिदृश्यको चपेटमा बीमा क्षेत्र पनि अछुतो रहन सकेको छैन । यस्तो जटिल परिवेशमा पनि नेशनल लाइफ इन्स्योरेन्सको व्यापार विस्तार भने राम्रो तवरले अघि बढिरहेको देखिन्छ । यसको पछिल्लो उदाहरणका रुपमा यो कम्पनीको तुलसीपुर, कलंकी एवं नेपालगन्ज शाखालाई लिन सकिन्छ ।

यसअघि कलंकी शाखाले एकैदिनमा १०१ वटा बीमा पोलिसी बिक्री गरी ७८ लाख रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेको थियो भने नेपालगन्ज शाखाले एकैदिनमा रु १ करोड १५ लाख व्यवसाय गरेको थियो ।

नेशनल लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले भने, ‘देशमा विद्यमान आर्थिक मन्दीको अवस्थामा पनि हामीले कलंकी शाखा, नेपालगन्ज शाखा र तुल्सीपूर शाखाबाट एकै दिन १ सय बढी पोलिसी विक्री गर्न सफल भयौं । यस्तो परिस्थीतिमा सक्रिय अभिकर्ताहरुको संख्यामा वृद्धि गरी ठूल्ठूला बीमाशुल्कभन्दा पनि बीमालेख संख्यामा ध्यानकेन्द्रित हुँदा सफल व्यवसाय हासिल गर्न सकिने रहेछ भन्ने देखिएको छ ।

यसका साथै हाल कायम रहेको आर्थिक मन्दीको अवस्थामा पनि ग्राहकको कम्पनीप्रतिको विश्वास र अभिकर्ता एवं कर्मचारीहरुको अथक मेहनतले उक्त रेकर्ड बनाउन सफल भएको महसुस गरेका छौं । यो बीमा क्षेत्रकै लागि राम्रो कुरा हो र यसका लागि म उक्त शाखाहरुमा आवद्ध ग्राहक, अभिकर्ता र कर्मचारीलाई बधाइ एवं धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

समग्र जीवन बीमा क्षेत्रमा मन्दी आउँदा नेशनल लाइफले जीवन बीमा व्यवसायमा उल्लेख्य प्रगति गरिरहेको छ । कम्पनीको हरेक शाखाले राम्रो व्यवसाय गरिरहेको छ । जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै ब्रान्ड बनाउन सफल नेशनल लाइफले अहिलेसम्मको प्रतिष्ठालाई निरन्तरता दिँदै आइरहेको छ ।

470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका