जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल बैंकले कोरोना कोषमा जम्मा गर्यो ३ करोड ४६ लाख रुपैयाँ

नेपाल बैंकले कोरोना कोषमा जम्मा गर्यो ३ करोड ४६ लाख रुपैयाँ

नेपाल बैंकले सरकारको कोरोना कोषमा ३ करोड ४६ लाख रुपैयाँ जम्मा गरेको छ। बैंकले गत आर्थिक बर्षका लागि छुट्याएको संस्थागत सामाजिक उत्तरदायित्वको रकम खर्च नभपछि कोषमा जम्मा गरेको हो।

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा गत आर्थिक वर्षमा खर्च हुन नसकेको रकम कोषमा जम्मा गर्न सक्ने व्यवस्था गरेको थियो।

बैंकका सञ्चालक समिति अध्यक्ष वासुदेब अधिकारीले रकम अर्थमन्त्री युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन्।

सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा हालसम्म २ अर्ब ४३ करोडभन्दा धेरै रकम जम्मा भैसकेको छ।

9725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका